ईश्वरवृत्ति

                                                           छात्रवृत्तिको लागि हाम्रो आजीवन प्रयास



🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌾

हामीले सेवारत शिक्षक रहँदासम्म छात्रवृत्तिकाे लागि श्री डिलेश्वरी मा.वि पुर्चाैडी-१ बैतडीलाई वार्षिक ३०३० नगद उपलब्ध गराउने छाैँ भने  निवृत्त भएकाे दिन विद्यालयमा रू १००००० रकमकाे ईश्वरवृत्ति अक्षयकोष स्थापना गर्ने हाम्रो  रहर छ । 

💐प्रेरणा र प्रक्रिया


प्रकृया🌹

वर्षभरि मन्दिरमा जाँदा फुल भगवानलाई चढाउने र भेटि घरमै दानपात्रमा राख्ने र वर्षदिनमा दानपात्र खाेलेर डिलेश्वरी मा वि, पु.न.पा-१ बैतडीका साहारावीहिन १ जना र उत्कृष्ट १ जनालाई जनही रू १५१५ का दरले छात्रवृत्ति उपलब्ध गराउने ।


प्रेरणा🌹

🌷साेहि विद्यालयमा पढ्दा गरिवीका कारण, राम्रो क्षमताकाे विद्यार्थी भएर नि कयौंपटक परीक्षा शुल्क तिर्न नसकेर र कापी, कलमसमेत किन्न नसकेर विद्यालय छाेड्न समेत विवस हुनु परेकाे र जेनतेन पढेकाे बाल्यकालकाे तिताे यथार्थ । 

🌷 पारिवारिक चरम गरिवीका कारण एस.एल.सी मा प्रथम श्रेणीमा उत्तीर्ण भएर नि कक्षा-११ मा पढ्न प्रेरणाभन्दा हताेत्साही गर्दै काम गर्न भारत जाऊ, पढेर के गर्छाै भनेर विद्यालय छाेड्न प्रेरित गर्ने प्रिय आफन्तजन । जसले मलाई जसरी नि पढेर केही गरेर देखाउन ऊर्जा थपिरह्याे ।

🌷हामी सम्पन्न भएर याे काम थालेकाे नि हाेइन । हामी आज पनि बाटोमै छाैँ र सत्कर्म गरिरहेकाछाैँ किन कि अथक मिहिनेत, दृढ इच्छाशक्ति र भगवानकाे आशीर्वादले आज दुई छाक सजिलै चुलाे बलिरहेकाे छ । मरेर केही पनि लैजानु छैन । हामी बाच्नुकाे अर्थ मिठाे खानु र राम्रो लाउनु मात्र हाेइन । हाम्रो परिवार, समाज र राष्ट्रले हामीबाट केही पाओस र अरुले नि केही सकारात्मक सिकून । हरि ॐ🌷


ईश्वर वृत्ति २०८१


🌹🌹🌹🌹

ईश्वर वृत्ति २०८१ प्राप्त गर्ने डिलेश्वरी नमुना मा.वि पुर्चाैँडी,१- हाट, बैतडीका विद्यार्थी द्वय कक्षा ११ कि छात्रा करिश्मा भण्डारी र कक्षा १० का छात्र निराजन जाेशीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यकाे कामना । छात्रवृत्ति वितरणका लागि हाम्रो परिवारकी जेठी भाउजू विष्णुमती जाेशी उपस्थित हुनुभयाे । हरि ॐ !

🌹🌹🌹🌱🌹🌹🌹🌹🌹

मैले ७ वर्ष अध्ययन र २ वर्ष स्वयंसेवक शिक्षकका रूपमा सेवा समेत गरेकाे मेराे जन्मभुमि बैतडीको सबैभन्दा पुरानाे तथा हजारौं दक्ष जनशक्ति उत्पादन गरेकाे पुज्य पाठशाला श्री डिलेश्वरी नमुना मा.वि पुर्चौडी हाट, बैतडीकाे आज ७७ औँ वार्षिकाेत्सव । यस पावन अवसरमा विद्यालयकाे उत्तराेत्तर प्रगतिकाे कामना व्यक्त गर्दछु । 

विद्यालयलाई आजकाे अवस्थामा ल्याइपुर्याउने सबैलाई हार्दिक बधाई साथै राणा शासनकाे विषम परिस्थितिमा पनि राणाहरुसित समन्वय गरेर वि.सं. २००४ सालमा काठमाडौंबाट निकै टाढा रहेकाे बैतडी जस्ताे सुदुरपश्चिमकाे जिल्लामा विद्यालय स्थापना गर्ने पुज्य व्यक्तित्व स्वं. डम्मर बहादुर बमप्रति श्रद्धासुमन व्यक्त गर्दछु । विद्यालयकाे सधैं उन्नति हाेस् ।







                                               निराजन जोशी (कक्षा १०)

 

                       
                                                                    करिश्मा भण्डारी  (कक्षा ११)


ईश्वरवृत्ति २०८२



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)