अनिवार्य नेपाली (विषय कोड ४०१) स्नातक प्रथम वर्ष


अनिवार्य नेपाली (विषय कोड ४०१)

    अनिवार्य नेपाली विषयको पाठ्यक्रम


पाठ्यांश शीर्षक : अनिवार्य नेपाली (४०१)                  पूर्णाङ्कः १००

तहः स्नातक (चार बर्षे)                                           उतीर्णाङ्कः ३५

सत्रः पहिलो                                                         प्रतिहप्ता पाठघण्टीः ६

                                                                        जम्मा पाठघण्टीः १५०

१. पाठ्यांश परिचय

यो पाठ्यक्रम त्रिभुवन विशवविद्यालय अन्तर्गत विभिन्न सङ्कायका स्तानक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली भाषामा विशिष्ट बोध, अभिव्यक्ति र रचना कौशलको विकास गर्न तयार पारिएको हो । यस पाठ्यक्रममा नेपाली भाषाको कथ्य र लेख्य स्वरूप, शब्द भण्डार, वाक्यतत्वपरक रचना, सङ्कथन संरचना, नेपाली वाङ्मयका विभिन्न क्षेत्रका गद्यांशको पठनबोध, व्यावहारिक लेखन तथा निबन्धात्मक अभिव्यक्तिका साथै निर्धारित साहित्यिक कृतिहरुको पठन, आस्वादन र अभिव्यक्ति क्षमताको विकास गर्ने पाठ्यसामग्रीहरु समावेश गरिएका छन् ।


२. साधारण उद्देश्य

यस पाठ्यांशको अध्ययनपछि विद्यार्थीहरु निम्नलिखित विशिष्ट भाषिक सिप आर्जन गर्न सक्षम हुने छन् :

  • कथ्य र लेख्य नेपालीको भिन्नता पहिल्याई मानक रुपको प्रयोग गर्न,

  • नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रयुक्त शव्दहरुको स्रोत, वर्ग र बनोट पहिचान गरी सन्दर्भपूर्ण वाक्यमा प्रयोग गर्न,

  • तालिका, चित्राकृति (डायग्राम) रेखाचित्र (ग्राफ) र आरेखको सूचनालाई अनुच्छेदमा रुपान्तर गर्न तथा अनुच्छेदमा रहेका सूचनालाई तालिका, चित्राकृति आलेख र आरेखमा रुपान्तर गर्न,

  • नेपाली वाक्यतत्वको स्वरुप पहिचान गरी वाक्यतत्वपरक रचना गर्न,

  • पाठ वा पाठ्यांशको सङ्कथन संरचना पहिल्याउन,

  • वाङ्मयका विविध क्षेत्रका गद्यांशहरु पढी तिनमा आधारित वोध प्रश्नहरुको उत्तर दिन,

  • सम्बद्ध गद्यांशको बुँदाटिपोट र संक्षेपीकरण गर्न,

  • पाठ वा पाठंयाशका विषयवस्तुमा आधिरत भई स्वतन्त्र अभिव्यक्ति प्रकट गर्न,

  • निर्धारित ढाँचामा आधारित भई व्यावहारिक लेखन र प्रतिवेदन तयार गर्न,

  • विभिन्न विषयमा आत्मपरक तथा वस्तुपरक निवन्ध लेख्न,

  • निर्धारित कविता, गीत /गजल, निवन्ध, कथा, उपन्यास र नाटकको सरसर्ती अध्ययन तथा तिनको आस्वादन गर्न र प्रतिक्रिया दिन ।



पाठ्य विषय

(क) व्याकरण खण्ड

एकाइ एकः अक्षरीकरण र वर्णविन्यास - ५

एकाई दुईः नेपाली शव्दभण्डार -१०

एकाई तिनः वाक्यतत्त्वपरक रचना  -१०

एकाइ चारः सङ्कथन र पाठको संरचना  -५

एकाई पाँचः पठनबोध  -१०+५=१५

एकाई छ : सन्दर्भपूर्ण सूचनाको रुपान्तर -५

एकाई सातः बुँदाटिपोट र संक्षेपीकरण -५

एकाई आठः अनुच्छेद रचना (स्वतन्त्र तथा निर्देशित अनुच्छेद लेखन) -५

एकाई नौः व्यावहारिक लेखन -५

एकाइ दशः निबन्ध लेखन  -८

एकाई एघारः प्रतिवेदन -७

एकाइ बाह्रः साहित्यिक कृतिको अध्ययन -२०

क) उपन्यास

सरुभक्तः चुली

ख) कविता  गीत  गजल

माधव घिमिरेः तिम्रो र हाम्रो मन एक होओस्

भूपि शेरचनः मेरो चोक

हरिभक्त कटुवालः भोलिको नेपाल

दुर्गालाल श्रेष्ठः मनको दैलो

अमर गिरीः चराका गीतहरु

धीरेन्द्र प्रेमषिः आँसु लुकाई परेलीमा

ग) निबन्ध

लक्ष्मीप्रसाद देवकोटाः के नेपला सानो छ ?

शंकर लामिछानेः गोधूलि संसार

भैरव अर्यालः टाउको

शारदा शर्माः सुखसत्ता

घ) कथा

विश्वेश्वर प्रसाद कोइरालाः एक रात

राजेन्द्र विमलः लङ्का काण्ड

पद्मावती सिंहः आरुको बोट

ऋषिराज बरालः पछबरिया टोल

महेशविक्रम शाहः गाउँमा गीतहरु गुन्जिँदैनन्

ङ) नाटक 

विजय मल्लः सत्ताको खोजमा

कृष्ण शाह यात्रीः पैडा आरोहण




(ख) उपन्यास खण्ड

                                                         चुली उपन्यास

१. उपन्यासकारको परिचय
नामः भक्त श्रेष्ठ
जन्मः वि.सं. २०१३ पोखरा, कास्की
कृतिहरुः
एकाङ्कीः असिना पग्लन्छ (२०३०)
नाटकः युद्ध उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।
उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०)।
कविता संग्रहः बोक्सीको आह्वान र घोषणा पत्र (२०४०), कविता, प्रेमी र पागल (खण्डकाव्य, २०५०) लगायत एक दर्जनभन्दा बढी ।
कथा संग्रहः एउटा अभिनवको आत्मकथा (२०४४), छोरी ब्रह्माण्ड (२०४७), यामागल (२०५४), पदार्थहरुको गीत (२०६३) आदि ।
बालसाहित्यः अँध्यारो कोठा (२०६०), अन्नपूर्ण पिथेकस (२०६७) ।
आत्मसंस्मरणः मार्फत् मञ्जुलः एउटा भेट, एउटा नाटकको कथा, मेरो साहित्यिक कथा ।
सम्मान तथा पुरस्कार: साढे दुई दर्जनभन्दा बढी सम्मान, पुरस्कार र पदकहरु प्राप्त ।

औपन्यासिक प्रवृत्तिः
 अस्तित्ववादी र विसंगतिवादी जीवन भोगाइका अनुभूतिहरु पाइनु,
 जीवनका अनेक सङ्घर्ष र कठिनाइको चित्रण गर्नु,
 मानवताको चिन्तन र खोजी गर्नु,
 प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कलात्मक प्रस्तुती पाइनु,
 एक युगमा एक दुई जनाले मात्र मानवताको चुली चढ्ने अवसर पाउँछ भन्ने जीवन दर्शन,
 पर्यावरणीय क्षेत्र र हिमाली परिवेशको सफल चित्रण गर्नु,
 मानवीय नैतिकतामा आएको ह्रासप्रति चिन्ता प्रकट गर्नु,
 जटिल भाषाशैली र अमूर्त पात्रको प्रयोग गर्नु,
 बौद्धिकताको प्रदर्शन गर्नु,
 काव्यात्मक भाषाको प्रयोग गर्नु,
 नारी अस्मिताको पक्षमा वकालत गर्नु,
 झिनो वा सूक्ष्म कथानकको प्रयोग गर्नु,
 विश्वशान्ति र विश्वमानवताको पक्षमा वकालत गर्नु,
 उद्देश्यमूलक र सार्थक जीवनका पक्षमा बहस गर्नु ।

१.परिचय :

‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवनचेतनालाई प्रस्तुत गरी तयार पारिएको उपन्यास हो । विचारको प्राधान्यका कारण यो वैचारिक चिन्तनको प्रस्तुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यासका रूपमा देखा परेको छ । सीमित चरित्रलाई प्रयोग गरी लेखिएको यो उपन्यास मानवीय अस्तित्ववादी चेतनाको प्रयोगका दृष्टिले निकै सशक्त रहेको छ । सङ्क्षिप्त कलेवरमा सगरमाथा आरोहण सम्बन्धी विषयवस्तुलाई तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा प्रस्तुत गरिएको यस उपन्यासले मान्छेले सोद्देश्यपूर्ण एवम् सङ्घर्षशील जीवन बाँच्नु पर्ने विचार प्रस्तुत गरेको छ । सूत्रात्मक तथा सूक्तिमय एवम् प्रौढ भाषाको प्रयोग गरी मानवीय जीवनचेतनासँग सम्बन्धित वैचारिकतालाई प्रस्तुत गर्नु यो उपन्यासको विशिष्ट पक्ष हो ।

‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवनचेतनालाई प्रस्तुत गरी तयार पारिएको उपन्यास हो । विचारको प्राधान्यका कारण यो वैचारिक चिन्तनको प्रस्तुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यासका रूपमा देखा परेको छ । सीमित चरित्रलाई प्रयोग गरी लेखिएको यो उपन्यास मानवीय अस्तित्ववादी चेतनाको प्रयोगका दृष्टिले निकै सशक्त रहेको छ । सङ्क्षिप्त कलेवरमा सगरमाथा आरोहण सम्बन्धी विषयवस्तुलाई तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा प्रस्तुत गरिएको यस उपन्यासले मान्छेले सोद्देश्यपूर्ण एवम् सङ्घर्षशील जीवन बाँच्नु पर्ने विचार प्रस्तुत गरेको छ । सूत्रात्मक तथा सूक्तिमय एवम् प्रौढ भाषाको प्रयोग गरी मानवीय जीवनचेतनासँग सम्बन्धित वैचारिकतालाई प्रस्तुत गर्नु यो उपन्यासको विशिष्ट पक्ष हो । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा प्रस्तुत ‘चुली’ उपन्यासमा के कस्ता चिन्तन तथा विचारहरूलाई सारवस्तुका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएको छ ।

२. चुली उपन्यासको विषयवस्तु / आस्वाद्य वा कथ्य विषय

सरुभक्तको चुली उपन्यास पहिलो पटक २०६० प्रकाशित लघु उपन्यास हो । यो कुल ७० पृष्ठमा संरचित छ । यसमा नेपालको हिमाली पर्यावरणीय क्षेत्र र हिमाल अरोहण वा पर्वतारोहणको विषयलाई उठान गरिएको छ । यस उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई मुख्य कार्यक्षेत्रका रुपमा प्रस्तुत गरिएको छ । विश्वकै सर्वाेच्च चुली सगरमाथा र त्यसको आसपास क्षेत्रलाई उपन्यासको परिवेश वा वातावरणका रूपमा चित्रण गरिएको छ । विशेष गरी यसमा हिमाल आरोहण गर्दाका उत्साह र चुनौतीहरुको वर्णन छ ।
चुली उपन्यासमा लेखकका विचारको भोक्ता र वर्णनकर्ता ‘ऊ’ पात्र हो । आरोही ‘ऊ’ पात्र पहिलो सात दिन नाम्चेमा, दोस्रो सात दिन थ्याङबोचेमा र तेस्रो सात दिन फेरिचे अनि लोबुचेमा बिताइ सर्वोच्च चुली सगरमाथाको आधारशिविरमा पुग्छ । उसँग गाइड र सहआरोहीहरु नभए पनि आधारशिविरसम्मका लागि भरियाहरु छन् । ५३ सय मिटरको आधारशिविरमा विदेशी आरोहीहरुको घुइँचो छ । अर्को दिन ऊ आधारशिविरबाट आल्मुनियमका भ¥याङ, नइलनका रसी र अनेक पुलहरु पार गर्दै खुम्बु आइसफलसम्म पुग्छ र पुनःआधारशिविरमै फर्किन्छ । केही दिन मौसमको प्रतीक्षा र आरोहणको अभ्यासपछि आइसफल पार गरी ऊ आधारशिबिरबाट चार घण्टा मै ६१ सय मिटर उचाइमा रहेको क्याम्प एक क्षेत्रमा पुग्छ । त्यहाँबाट पनि ऊ एक्लै ६४ सय मिटर उचाइमा रहेको क्याम्प दुई तर्फ लाग्छ । अनुकूल र प्रतिकुल मौसमको कुनै प्रवाह नगरी आधारशिविरबाट १५ घण्टामा ऊ प्रियसी र सुखी परिवारको परिकल्पना गर्दै ७३ सय मिटर उचाइमा रहेको क्याम्प तीन पार गरी माइनस २५ डिग्री सेल्सियस तामक्रममा रहेको क्याम्प चार क्षेत्रमा पुग्छ ।आधारशिविरबाट हिडेपछि मृत्युको पहिलो ढोका मानिने खुम्बु आइसफल र दोस्रो ढोका मानिने हिलारी स्टेप (चुलीभन्दा २०० फिट तल) समेत पार गर्दै बिहान चार बजेतिर ऊ ठीक २२ घण्टामा माइनस ४० डिग्री सेल्सियस तामक्रमको ८८४८ मिटर उचाइमा रहेको गरमाथाको चुली टेक्न सफल हुन्छ । त्यहाँबाट उसले तिब्बतर्फका पठार र दक्षिणतर्फका ल्होत्से, मकालु, नुप्से, कञ्चनजङ्घा लगायतका थुप्रै हिमाल र थ्याङ्बोचे गुम्बाहरुको समेत अवलोकन गर्दछ । चुलीबाट फर्किने क्रममा उसको हिमपहिरोमा परी दुःखद मृत्यु हुन्छ । यही आधारशिविरबाट क्याम्प १,२,३,४ हुँदै सगरमाथाको चुलीसम्म पुग्न सफल भएर पनि फर्किने क्रममा भएको उसको मृत्युको वर्णन नै यो उपन्यासको कथानक बन्न पुगेको छ ।
यो उपन्यासको विषयवस्तु आदि, मध्य र अन्त्य घटना श्रृङ्खलाको रैखिक ढाँचामा संरचित छ । नियात्रा शैलीमा वर्णित कथ्य विषयमा पर्वतारोहीको साहस र आकाङ्क्षा, गाइडको पेसा, भरियाका बाध्यता, हिमाली सौन्दर्य, हिमाल प्रदूषणको विषय, मौसमको अनुकूलता र प्रतिकूलता, भोटे कुकुर, हिमाली काग, शेर्पाभूत, हिममानव (यती), देवीदेवता, साइत, कुसाइत, अन्धविश्वास आदिको वर्णन समेत उपन्यासमा कथ्य विषयका अंश बनेका छन् ।
यो उपन्यास तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छ । यसमा कतै पनि सहभागी पात्रको नाम उल्लेख नगरी सर्वनाम ‘ऊ’ का माध्यमबाट कथानकलाई अगि बढाइएको छ । यसमा विषयवस्तुको टिप्पणी वा वर्णन ‘ऊ’ पात्र आफैैँले गरिरहेको छ । समाख्याता वा वर्णनकर्ता आख्यानभन्दा बाहिरै रही आपूm सर्वज्ञ भएर आप्mना अनुभव, विचार र घटनालाई प्रस्तुत गरिरहेको छ । यसरी उपन्यासकार आपूm चुली नचढे पनि आफै चढे झैं उपन्यासका सम्पूर्ण घटनाका बारेमा पूर्ण जानकारी भएकाले यहाँ तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट देखिन्छ ।

३. चुली उपन्यासका पात्रहरुको कार्य वा चरित्र
चुली उपन्यास पर्वतारोहीको जीवनदृष्टि, यात्रानुभूति र मनोलोकीय यथार्थको प्रस्तुति हो । चुलीको मुख्य पात्र ‘ऊ’ हो । उसँग गएका भरिया, युवती, अन्य आरोहण दलका विदेशी आरोहीहरु, पथप्रदर्शकहरु सहायक पात्र हुन् । सगरमाथा मानवेत्तर अमूर्त पात्र हो । अन्य हिमालका चुलीहरु, मौसम, भोटे कुकुर, काग आदि गौण मानवेत्तर पात्रहरु हुन् । सम्झना गरिएकी ‘प्रियसी’ प्रतीकात्मक पात्र हो । नामभन्दा कामलाई महत्व दिनु ‘ऊ’ पात्रको मुख्य विशेषता हो । मुख्य पात्रका चारित्रिक विशेषताको प्रदर्शन गर्नु नै उपन्यासको मूल उद्देश्य हो । चुली चुम्ने उद्देश्य अनुसार २१ दिनमा ऊ पात्र सगरमाथाको आधारशिविरमा पुग्छ र त्यहाँबाट २२ घण्टामा ऊ सगरमाथाको चुली चुम्न सफल हुन्छ । मुख्य पात्रका चारित्रिक विशेषताहरु:
 एक्लै यात्रा गर्नु रुचाउनु,
 आफ्नो लक्ष्य पूरा गर्न अनेक चुनौतीको सामना गर्न तयार हुनु
 महान् लक्ष्यका साथ अगाडि बढ्नु,
 प्रकृतिसँग जुध्न नडराउनु,
 कठिन यात्रामा पनि प्रियसीको याद र सुखी परिवारको कल्पनामा साहसी यात्रा गर्नु,
 अरुले एक्लै हिमाल आरोहण गर्नु हुन्न भन्दा पनि आप्mनो हठ वा जिद्दी नत्याग्नु,
 स्वाभिमानी र दृढ निश्चयी बन्नु,
 आफैले खनेको बाटोमा हिंड्न रुचाउनु,
 जीवनमा दुःख भए पनि जीवनलाई दुःख नसम्झिनु,
 कर्ममा विश्वास गर्नु,
 जीवनहीन जीवन नभएर मृत्युहीन मृत्युको खोजी गर्नु,
समग्रमा ‘ऊ’ पात्रमा उच्च बौद्धिक, दार्शनिक, साहसी, निडर, देशप्रेमी, मानवतावादी, हिमालपे्रमी, स्वाभिमानी, कर्मवादी, दृढ निश्चयी, उत्तरदायी र आत्माविश्वासी देखिनु पात्रका चारित्रिक विशेषता हुन् ।

४. चुली उपन्यासको मुख्य भाव वा सन्देश
‘चुली’ सरुभक्तको हिमाली पर्यावरण र हिमाल आरोहणको विषयमा आधारित उपन्यास हो । यसमा मानवीय जीवन भोगाइ र हिमाल आरोहणका बीचको तादात्म्यलाई प्रस्तुत गरिएको छ । पर्वतारोहीको संवेदना र अनुभूतिलाई देखाउनु यो उपन्यासको मूल उद्देश्य हो । यसमा ‘उ’ पात्रका माध्यमबाट प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कथालाई प्रस्तुत गरिएको छ । यसमा कठोर चुलीको यात्रा ताक्नेले मात्र जीवनका अनेक संघर्ष र कठिनाइ भोग्नुपर्छ अनि मात्र सफलता प्राप्त गर्नसकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
यो वैचारिक उपन्यास हो । यसमा व्यक्तिले जीवनमा अमरता प्राप्त गर्न मानवताको चुलीमा चुलिनुपर्छ भन्ने सन्देश दिइएको छ । सगरमाथा आरोहणमा जस्तै मानव जीवनमा पनि अनेक प्रकारका समस्या र सङ्कटहरू आउन सक्छन् । त्यसलाई बुद्धिमत्तापूर्वक पन्छाउँदै अगि बढ्नुपर्ने सुझाव दिइएको छ । यसमा व्यक्ति मरे पनि मानवता र उसको महानता कहिल्यै मर्दैन भन्ने सार निकालिएको छ । चुली चढ्ने सौभाग्य पृथ्वीको इतिहासमा एक युगमा एक दुई जना व्यक्तिलाई मात्र प्राप्त हुन्छ । यो सौभाग्य बुद्ध, कृष्ण, यसु, महावीर, मोहम्मद, सुकरात, कन्प्mयुसियस, माक्र्स, डार्विन, फ्रायड आदिले मात्र प्राप्त गर्न सफल भए ।
यो उपन्यासमा थोरै सामग्रीभित्र धेरै प्रकारका सुक्ति वा सूत्रहरु प्रस्तुत गरिएको छ । यहाँ जीवनको उचाइ र मृत्यु भोगाइका बीचको लेखाजोखा गरिएको छ । चुलीको आरोहण उत्तेजनाले होइन, विवेक र बुद्धिले सम्भव छ भन्ने धारणा पनि व्यक्त गरिएको छ । यसमा जीवनवादी, प्रेमवादी, कर्मवादी, जीवनप्रतिको आशावादी र सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । हिमालभन्दा शान्त र सुन्दर ठाउँ पृथ्वीमा कतै छैन भन्ने सन्देश पनि दिइएको छ । मानव इतिहास प्रकृतिसँगको सम्झौता नभइ संघर्षको इतिहास हो भन्ने निष्कर्ष निकालिएको छ । यात्रा फोहोरी स्वर्थको खेल नभइ पवित्र विश्वास र समर्पणको उपज हो भन्ने निष्कर्ष निकालिएको छ । जीवन र मृत्यु, सिद्धान्त र व्यवहार, मन र शरीरबीचको सन्तुलन नै चुली वा जीवनको सफलता हो भन्ने सन्देश नै उपन्यासको मूल भाव हो ।

५. चुली उपन्यासको परिवेश/पर्यावरण
कुनै पनि उपन्यासमा स्थान, समय र घटना वा विषयवस्तको वर्णनले परिवेश वा पर्यावरणको चित्रण गरिरहेको हुन्छ । लघु आयाममा लेखिएको प्रस्तुत चुली उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई स्थानीय परिवेशका रुपमा लिइएको छ । उपन्यासलाई यथार्थपरक बनाउन मुख्य कार्य क्षेत्रका रुपमा नाम्चे, सगरमाथाको आधारशिविर, घोर्तेन, थ्याङबोचे, फेरिचे, लोबुजे, खुम्बू आइसफल, क्याम्प एक, दुई, तीन, चार, ल्होत्सेमुख, हिलारी स्टेप, रेजर्सएजको उकालो आदि मुख्य स्थानका रुपमा वर्णन गरिएको छ । यात्रामा देखिने गुराँसे घाँटी, तम्बु, ध्वजापतका, गुम्बा, हिमाली बस्ती, हिमाली खानपान, देवीदेवताप्रतिको आस्था आदि चुलीका परिवेश हुन् । उपन्यासको कथावस्तु २१ दिन, २२ घण्टाको समयावधिमा आधारित छ । पर्वतारोहणलाई यथार्थपरक बनाउन ‘रुकस्याक, क्रेम्पोन पाइला, ग्लेसियर, आइसफल, हिमबञ्चरो, डोरी, पञ्जा, खरपस, हिलारी स्टेप, हिमतुफान’ आदि पारिभाषिक शब्दको प्रयोगले उपन्यासलाई यथार्थको नजिक पु¥याएको छ ।
विश्वकै सर्वाेच्च चुली र त्यसको आसपासलाई परिवेश बनाइएको यस उपन्यासमा हिमाली वातावरणको सघन रूपमा चित्रण भएको छ । आरोही र भरियाहरुका संवाद, पूजाआज, भोजन, आरोहणको अभ्यास, बन्दोबस्तीका सामग्रहरु, आत्माविश्वास, अन्धविश्वास, पेसागत बाध्यता, हिमाली सौन्दर्य, हिममानव, हिमाल प्रदूषणको विषय, बाटोमा प्mयाकिएका तम्बु र सिलिन्डरका सामग्रीहरु, मौसमको अनुकूलता र प्रतिकूलता, कुकुर, काग, शेर्पाभूतको विश्वास, देवीदेवता, साइत, कुसाइत, आदिको वर्णनले उपन्यासलाई जीवन्त बनाएको छ ।
आरोहीको साहसिक यात्रा, उत्साही वातावरण, कौतुहलतापूर्ण घटनाक्रम र मनमोहक दृश्यावलीको वर्णनले गर्दा नायक ‘ऊ’ पात्र मृत्युको मुखमा पुगिसक्दा पनि कथामा दुःखद वातावरणको झल्को पाइँदैन । उपन्यास दुःखान्त भएर पनि कारुणिक बन्नसकेको छैन । जीवनलाई संघर्षको प्रतीकका रुपमा लिइएको छ । हिमाल र जीवन दुवैमा सङ्घर्ष र चुनौती रहन्छ भन्ने आशय प्रकट गरिएको छ । कथ्य भाषा र पर्वतारोहणसम्बन्धी पारिभाषिक शब्दहरूको प्रयोगले उपन्यासलाई स्वाभाविकता र जीवन्तता प्रदान गरेको छ । यिनै साहसी यात्रा, अनुकूल र प्रतिकूल मौसम, प्राकृतिक सौन्दर्यहरु, संभावित जोखिम र अपनाउनुपर्ने सावधानी, प्राकृतिक भूबनोट, पत्तीका धारजस्ता चट्टान आदिको सजीव चित्रण नै प्रस्तुत उपयासको परिवेश हो । यही परिवेशको कलात्मक चित्रणले उपन्यासलाई यथार्थपरक बनाएको छ ।

६. शीर्षकको सन्दर्भ, प्रतीकात्मक अर्थ र सार्थकता
‘चुली’ सगरमाथा हिमाल आरोहणको सन्दर्भमा तयार गरिएको लघु उपन्यास हो । ‘चुली’ शब्दको कोशीय अर्थ पहाड वा हिमालको चुचुरो, टुप्पो, टाकुरो, शिखर वा उच्च स्थान भन्ने हुन्छ । यही अभिधार्थलाई उपन्यासको शीर्षक राखिएको छ । यहाँ प्रयुक्त ‘चुली’ शब्दले अभिधात्मक र प्रतीकात्मक दुवै अर्थलाई एकैसाथ वहन गरेको छ । अभिधात्मक अर्थमा चुलीले विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई बुझाएको छ भने प्रतीकात्मक अर्थमा यसले जीवनको महान् लक्ष्य, उद्देश्य वा गन्तव्यलाई सङ्केत गरेको छ । सगरमाथा हिमालको चुली मात्र नभएर सपनाको चुली हो र सर्वोच्चताको चुली हो भन्ने प्रतीकात्मक अर्थलाई पनि अथ्र्याइएको छ । यसमा जुनसुकै परिस्थितिमा पनि मानिस आप्mनो लक्ष्यमा पुग्नुपर्ने धारणालाई अभिव्यञ्जित गरिएको छ ।
यसरी अभिधात्मक र प्रतीकात्मक दुवै दृष्टिबाट हेर्दा चुली उपन्यासको शीर्षक यथार्थपरक, स्वभाविक र सान्दर्भिक बन्न पुगेको छ । मन र शरीर, सिद्धान्त र व्यवहार, जीवन र मृत्युलाई स्वभाविक रुपमा हेरिएको छ । तसर्थ उपन्यासको शीर्षक कथ्य, भाव र उद्देश्यअनुरूप सार्थक र उपयुक्त बन्न पुगेको छ ।



                                                                 चुली उपन्यास भाग १


                                                                
                                                                चुली उपन्यास भाग १

                                                 

                                                               चुली उपन्यास भाग २





                                                                  चुली उपन्यास भाग ३



ख) कविता  गीत  गजल

माधव घिमिरेः तिम्रो र हाम्रो मन एक होओस्






कवि परिचय

माधवप्रसाद घिमिरे (जन्म वि.सं १९७६ असोज ७ गते र मृत्यु २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौँ विधा (उपविधाहरूमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि सं १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी वि सं १९९४, घामपानी वि सं २०१०, नयाँ नेपाल वि सं २०१३, किन्नर किन्नरी वि सं २०३३ जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई राष्टकविको उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि सं २०७८ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।




भूपि शेरचनः मेरो चोक





जन्म - विक्रम सम्बत् १९९२ पुस १२ गते      धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो। सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा खास नाम - भूपेन्द्रमान शेरचन हो । मृत्यु - विक्रम सम्बत् २०४६जेठ १ गते शिक्षा – वि.ए. सम्म सेवा र संलग्नता – नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव(२०१५),नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(२०३५) कृतिहरू - 

१. परिवर्तन (नाटक, २०१० )        

 २. नयाँ झ्याउरे (कवितासङ्ग्रह,२०१० )       

 ३. निर्झर (कवितासङ्ग्रह, २०१५ )      

  ४. घुम्ने मेचमाथि अन्धो मान्छे (कवितासङ्ग्रह, २०२५ )

 ५.भूपी शेरचनका कविता(कवितासङ्ग्रह,२०५७)

सम्मान र पुरस्कार

– साझा पुरस्कार(२०२६)  

--गोरखा दक्षिणबाहु दोस्रो (२०४२)

प्रमुख प्रवृत्ति र विशेषता

  • स्वच्छन्दवादी – प्रगतिवादी कवि , 
  • निम्नवर्ग प्रति सहानुभूति र देशभक्तिको भावनाको प्रस्तुती, 
  • मानवतावादी चिन्तन र विश्ववन्धुत्त्वको भावना व्यंग्य कवि, 
  • क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्। समाजमा व्याप्त बेमेल कवितामा सरल रूपमा उतारेका छन्।
  • यिनी मुख्यतय गद्यमा कविता लेख्ने गद्यकवि हुन् तर गद्यमा मात्र सिमित नभएर लोकलय र मात्रिक लयमा पनि आफ्नो कविता पस्केका छन्। 
  • सरल भाषा द्वारा गम्भिर भाव व्यक्त हुनु यिनको अर्को विशेषता हो । 
  • यिनका कवितामा शोषण ,अन्याय अत्यचार विरूदॄ असन्तुष्टि व्यक्त भएको पाइन्छ ।


                  मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ।

यहाँ के छैन? सबथोक छ।

असङ्ख्य रोग छ,

अनन्त भोक छ,

केवल हर्ष छैन,

यहाँ त्यसमाथि रोक छ।

साँघुरो गल्लीमा मेरो चोक छ।

यहाँ के छैन? सबथोक छ।

यो मेरो चोकमा

देवताले बनाएका मानिस र

मानिसले बनाएका देवता

यी दुवैथरीको निवास छ।

तर यहाँ यी दुवैथरी उदास छन्।

दुवैथरी निराश छन्।

मानिस उदास छन्

किनकि तिनलाई यहाँ

रात–रात–भरि उपियाँले टोक्छ

दिन–दिन–भरि उपियाँले टोक्छ

र देवता उदास छन्

किनकि तिनलाई यहाँ

न कसैले पुज्छ, न कसैले ढोग्छ

त्यसैले यो चोकमा देवता र मानिसले

एक–अर्कोलाई धिक्कार्दै

एकसाथ पुर्पुरो ठोक्छन्

साँघुरो गल्लीमा मेरो चोक छ।

यहाँ के छैन? सबथोक छ।



                                                मेरो चोक कविताको विश्लेषण

स्वच्छन्दवादी  प्रगतिवादी कवि भूपि शेरचन (१९९२- २०४६)ले मेरो चोक कविता घुम्ने मेचमाथी अन्धोमान्छे (२०२५) कविता सङ्ग्रहमा सङ्ग्रहित गरेका छन् । उनको निर्झर(२०१५) ,नयाँ झ्याउरे (२०१०)जस्ता कवितासङ्ग्रह पनि प्रकाशित छन् । राष्ट्रपेमी कवि समाजिक विसङ्गति प्रति व्यङ्ग्यात्मक कविता लेख्न रूचाउने कवि शेरचनले साझा पुरस्कार (२०२६) ,गोरखा दक्षिणवाहु दोस्रो (२०४२) जस्ता सम्मान तथा पुरस्कार पाउन सफल देखिन्छन् । यिनको यस कवितामा काठमाडौंको विसङ्गति पूर्ण वास्तविकतालाई व्याङ्ग्यात्मक तरिकाबाट प्रस्तुत गरेका छन् ।

यस कवितामा काठमाडौं शहर भित्रको साँघुरो गल्लीमा एउटा चोक छ जसलाई मेरो चोक भनिएको छ । यहाँ कविले रोग ,भोक र शोक जस्ता कुराहरू छन् हर्ष छैन भन्दै देवताद्वारा निर्मित मानिस र मानिसद्वारा  निर्मित  देवता दुवै असन्तुष्ट छन् । किनकि मानिसलाई उपियाँ र रूपियाँले टोक्छ भने देवतालाई कसैले पुज्दैन भन्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

प्रस्तुत कवितामा कविले काठमाडौं शहरको सामापिक परिवेशलाई व्याङ्ग्यात्मक ढंगवाट प्रस्तुत गर्न सफल देखिन्छन् । उनको विचारमा काठमाडौं शहर जुन देशको सबैभन्दा ठूलो शहर हो जहाँ मानिसहरू विभिन्न उद्देश्य बाेकेर आउने गर्दछन् त्यहाँ मानिसहरूले दुःख शिवाय केहि पाएका छैनन् । उनीहरूले गाँस,वाँस र कपासको लागि मेहेनत गर्दा पनि जीवन काट्न मुस्किल परेको छ । वातावरणीय प्रदूषण र अभावले मानिसहरू दिनप्रतिदिन रोगी हुँदै गइरहेका छन् । अभाव र पिडाले गर्दा खुसी हुने दिन नै आउँदैन ।आर्थिक संकट र वातावरण प्रदूषणको प्रभावले दिनको चैन मात्र नभएर रातको निद्रा पनि हराएको कुरा कविले व्यक्त गर्न खोजेको देखिन्छ । मानिसले आर्थिक संकट टार्न र जीवन निर्भाह गर्न मुस्किल पर्दै जानाले यहाँ देवतालाई पनि पुज्न छोडिसकेका छन् । जीवनशैली र त्यसले निम्त्याएका परिणामले मानिसको जीवनलाई सुखको सट्टा दुःखतिर धकेल्दै लैजाने संकेत कविले यहाँ व्यक्त गर्न खोजेका छन् र सरल, सहज जीवन शैलीको अपेच्छा गरेका छन् ।

हरिभक्त कटुवालः भोलिको नेपाल






कवि परिचय

नेपाली साहित्यमा मिथ जस्तो बनेका हरिभक्त कटुवालको जन्म वि.सं. १९९२ असार १८ गते (१९३५, जुलाई २) मङ्गलबारका दिन पिता वीरबहादुर कटुवाल र आमा विष्णुमाया कटुवालका जेष्ठ पुत्ररत्नका रूपमा असमको लखिमपुर (वर्तमानको डिब्रुगड) जिल्लाको खोवाङ् गाउँमा भएको थियो । कटुवाल जन्मेको डेढ वर्षपछि कटुवाल परिवार बोगीबिलमा बसाईँ सरेर गएको थियो । बोगीबिलको प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका कटुवालले डिब्रुगढको जर्ज हाइस्कुलबाट म्याट्रिक गरी कानै कलेजबाट प्राइभेट परीक्षार्थी भएर आई.ए. उत्र्तीण गरेका थिए । आर्थिक अवस्था कमजोर भएको र त्यहीबेला बाबुको देहावसान भएको हुँदा बी.ए. अध्ययन पूरा गर्न पाएनन् ।

पचासको दशकदेखि नै असमिया भाषामा गीत कविता लेख्न प्रारम्भ गरेका हरिभक्त कटुवालले सन् १९५६ देखि १९५७ सम्म पब्लिक हेल्थ इन्स्पेक्टर, एल.ओ.सी. स्कूलमा सन् १९५७ देखि १९६९ सम्म शिक्षक, सन् १९५८ मा नेपाली शिक्षा प्रचार समितिको मूलमन्त्री, केही समय होटल व्यवसाय (सन् १९६८) आदि कार्य समेत गरे ।

सन् १९६८ गोर्खा सम्मेलनको गडपाल अधिवेशन सम्पन्न भएपछि एकाएक जागिरबाट राजीनामा दिएर साहित्य नै जीवनको उद्देश्य भएकोले परिवेश र अनुकूल वातावरणको खोजीमा सन् १९६९ सेप्टेम्बरमा ३४ वर्षको उमेरमा उनी नेपाल प्रवेश गरे । नेपाली साहित्य संस्थान काठमाडौँमा कार्यालय सचिव, प्रज्ञाको प्रबन्ध सम्पादक हुँदै रूपरेखा र साझा प्रकाशन आदिमा समेत जागिरे जीवन र साहित्य साधना गरेका थिए ।


हरिभक्त कटुवाल

सन् १९६७ साहित्य संस्थान पदक, सन् १९६८ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान, सन् १९६९ मा सर्वश्रेष्ठ कविका रूपमा रोयल एकेडेमी पदक र सन् १९७१ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान समेत प्राप्त गरका हरिभक्त स्वतन्त्रता, स्वाभिमान र अस्तित्वका पक्षपाति थिए । स्वाभिमानी आत्मालाई ठेस लाग्ने व्यवहारहरू हुँदा उनले राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरबाट राजिनामा दिए ।

बुहभाषिक हरिभक्त कटुवालको गीत सङ्ग्रह (गीत, सन् १९५८), सम्झना (गीत, सन् १९६०), भित्री मान्छे बोल्न खोज्छ (कविता, सन् १९६२), ऐतिहासिक (कथा, सहलेखन सन् १९६०), सुधा (खण्डकाव्य, सन् १९६४), यो जिन्दगी खै के जिन्दगी (कविता, सन् १९७२), स्पष्टीकरण (कथा, सन् १९७३), बदनाम मेरा आँखाहरू (कविता र गीत, सन् १९८७), चरित्रपाठ र शिशुबोध गरी दुई अनुवाद कृति पनि प्रकाशित छन् ।

कटुवालले मुक्ति (सन् १९५८), हिमालय (सन् १९६२), दाली (असमिया, सन् १९६४) प्रज्ञा (सन् १९७०), हिमाली (सन् १९७०), सङ्गीत सरिता (सन् १९७१) र बान्की (सन् १९७१), अभिव्यक्ति (सन् १९७८) जस्ता साहित्यिक पत्रिका र पूर्व किरण (सन् १९६४) आसामका १२ जना कविका कविताहरूको सङ्ग्रह सम्पादन समेत गरेका थिए ।

नेपाली साहित्यमा कृतिगत रूपमा गीत सङ्ग्रह बोकेर औपचारिक देखापरेका हरिभक्त कटुवाल आशावादिता र जीवनको सपनालाई विवरणात्मक कविता ‘सुधा’ को प्रवाहले पवित्र पारेर ‘पूर्वकिरण’ मा बिउँझिएका तीसको दशकका चर्चित कवि एवम् गीतकार पनि हुन् । कविता र गीतको क्षेत्रमा कटुवाल जीवन निर्माणको उच्च आदर्श र विद्रोहको प्रखर सूर्यलाई काँधमा बोकेर आएको पाइन्छ ।

     





दुर्गालाल श्रेष्ठः मनको दैलो


कवि परिचय

नाम दुर्गालाल श्रेष्ठ

जन्म वि स १९९२ साउन

जन्मस्थान असन (न्हैकन्तला) काठमाडौं शिक्षा आई. ए

सम्मान तथा पुरस्कार जनकवि (२०५५), श्रेष्ठ सिरपाः (२०१७) उत्कृष्ठ निर्देशन पदक (२०४८) उत्कृष्ठ नाटक लेखन पुरस्कार (२०४८) मूर्तिमा सिरपाः (२०५२) नेवाः हना सिरपाः सक्व नरोतमदास इन्दिरा पुरस्कार (२०५७) अभियान पुरस्कार नूरगङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार आदि

प्रथम प्रकाशित कविता- सान्त्वना (नेपाल सम्वत 2004)

प्रकाशित कृतिहरु : निमन्त्रणा (गीतिनाटक), इच्छाको सिमाना (बालखण्डकाव्य), तपक (कविताहरू), फूल तिमै बारीको (कविता), किरमिरे धर्साहरु (कवितासङ्ग्रह), कागजको डुङ्गा (बालगीतसङ्ग्रह). चिरबिरी (बालकवितासङ्ग्रह), अन्तर्भाव (प्रेमका कविता, अङ्ग्रेजीमा अनुवादसहित) आदि ।

सेवा र संलग्नता : बाल निकेतन पाठशालाका संस्थापक, कन्या मन्दिर हाइस्कुलमा शिक्षण, ने.प्र.प्र.का मानार्थ सदस्य ।


मनको दैलो कविताको विश्लेषण


नेवारी साहित्य लुबह गीति सङ्ग्रहबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेको जनकवि  दुर्गालाल श्रेष्ठले फूल तिमै बारीको (२०५७) तपक (२०५७) जस्ता कविता सङग्रहहरूका साथै थुप्रै गीत, कविता खण्डकाव्य, नाटकहरू पस्केको छन । अभियान पुरस्कार राष्ट्रिय वालसाहित्य पुरस्कार जस्ता थुप्रै सम्मानहरुबाट सम्मानित हुन सफल कवि श्रेष्ठ स्वच्छन्दतावादी मानवतावादी कविका रूपमा रूपमा चिनिन्छन ।

उनको मनको दैलो (२०६२) नामक कविता कविले युद्धबाट विजय हुदैन । युद्ध गर्नु मुर्खता हो भन्ने कुरा दर्शाउन खोजेका छन । युद्धबाट विजय प्राप्त गरे पनि त्यो पराजय नै हुन्छ । युद्धबाट सबैभन्दा ठूलो मिल्ने भनेको सत्ता हो । जाबो सत्ताको लागि मान्छेको मानवता र करुणा नै गुमेको छ जुन नामबाट क्रान्ति गरेपनि मनको विचार गमेर मान्छे भौतिक रुपमा अन्धो बनेर भ्रम छरेर त्यसले कहिल्यै शान्ति हुँदैन भन्ने कुरा यस कवितामा पाउन सकिन्छ । वर्तमान अवस्थामा मानिस स्वार्थी हुदै गइरहेका छन । आफ्नो स्वार्थको लागि भाइ भाइमा शत्रुता बढ्दै गएको छ । क्रन्तिको नाममा युद्ध भएको छ । जसको परिणाम एउटाले विजय प्राप्त गरे भनेर रमाउँदै गर्दा अर्कोले दुःख पाएको छ ताकि ती दुवै मानिस हन् । त्यसैले विजयमा पराजय पनि अवस्य देखिन्छ । जति युद्ध र हिंसा गरेपनि अन्तिममा कुर्सी र सत्ता पाउनको लागि गरेको हिंसा र युद्धले मानिस असफल नै हन्छ । किनकि उसभित्र रहेको दया, माया, करुणा र धर्म सबै गुमिसकेको हन्छ । आफूभित्र रहेको सिर्जनाशक्ति नै गुमाएको मानिसले गरेको क्रान्ति वास्तबिक क्रान्ति होइन । जातिय, वर्गीय, धर्म आदिका आधारमा मानिसले अनेक आवाजहरू उठाएका छन् । जे नाममा जसरी क्रान्ति आए पनि वास्तवमा मानिसले मानवता नबुझेसम्म शान्ति आउँदैन र शान्तिका लागि हामी मानव सबै एकै हौ भन्ने विचार आउनु पर्छ । । हामी मिलेर बस्नु पर्छ भन्ने स्वरहरू कवितामा आइको छ ।

निष्कर्षमा भन्नुपर्दा मानव हृदय उदार हुनुपर्छ । सबै मानवलाई समान देख्नु पर्छ । व्यक्तिगत स्वार्थ र भौतिक लोलुपताबाट बाहिर निष्केर कुर्चि र सत्तामा जो सुकै रहोस तर देश र सम्पूर्ण मानवको वकास होस् भन्ने आसय यस कवितामा पाउन सकिन्छ ।




अमर गिरीः चराका गीतहरु







कवि परिचय : 

 नाम :                           डा. अमर गिरी 

जन्म :                            विक्रम सम्वत् २०१७ 

जन्मस्थान :                     रामपुर,दाङ, राप्ती 

शिक्षा :                          एम.ए (नेपाली) तथा विद्यावारिधि 

पहिलो कविता :              आमा (२०३१), सन्देश पत्रिका बनारस 

प्रकाशित कविता संग्रह :   घाम छेक्ने पहाड (२०५५) तर पनि हामी जीवितै छौँ (२०६१) 

                                    दुषाध्य समय (२०६४)  शब्दहरूको बीचमा (२०७१) समय संवाद (२०७३)

सम्मान तथा पुरस्कार :      कुलमणि साहित्य पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, 

                                    योगेश्वर कला साहित्य पुरस्कार, तारा पन्त पुरस्कार 


विशेषताहरू : 

  • बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति,
  • प्रगतिवादी जीवनदृष्टि 
  • वर्गीय विषमताको चित्रण,
  • शोषण अन्याय अत्याचार थिचोमिचो र असमान सामाजिक व्यवस्थाप्रति विरोध र विद्रोह,
  • वर्गीय असमानताले निम्त्याएको दुःखद अवस्थाको चित्रण,
  • राष्ट्रप्रेमको भावना,
  • सरल भाषाशैली र विभिन्न बिम्ब प्रतिको प्रयोग ।

कविताको मूलभाव 

अमर गिरीको चराका गीतहरू शीर्षकको कविता प्रतिकात्मक शैलीमा विचारको प्रसारण गर्ने उद्देश्यबाट अभिप्रेरित भई रचना गरिएको व्यङ्ग्य प्रदान कविता हो । यस कवितामा खुला आकाशमा मुक्त किसिमले उड्ने चराहरूका माध्यमबाट स्वतन्त्रता र मुक्ति चाहने मानवीय प्रवृत्तिलाई व्यक्त गरिएको छ। यस कवितामा प्रयुक्त चरा स्वतन्त्रताका पक्षधर मान्छेका सूचक हुन् ।  हामी समाजमा परिवर्तन हुँदै आएको नयाँ मान्यताको सम्मान गर्दै त्यसको संरक्षणमा लाग्नुपर्ने अवस्थामा छौँ । कविका विचारमा समय गतिशील छ समय निरन्तर प्रवाहित छ । यही गतिशील अवस्थालाई दृष्टिगत गर्दै हामी मानिसहरु अगाडि बढ्नुपर्दछ, समयको माग र आवश्यकता पनि हो । मान्छे यस धर्तीमा अनवरत रुपमा अगाडि बढ्दै निरन्तर प्रगतिका बाटाहरू निर्माण गरी उद्देश्य प्राप्ति निर्धारण गर्नुपर्दछ ।  विगतमा भएका गल्तीलाई सच्चाएर सही मार्ग पहिचान गर्न सक्नुपर्दछ भन्ने विचार यस कवितामा व्यक्त गरिएको छ। नेपाली समाजमा भर्खरै प्राप्त परिवर्तनलाई सुरक्षित र बलियो बनाउने प्रयासमा लाग्नुपर्छ शक्तिले अवरोध पुर्याउने प्रयास गरेमा त्यसको प्रतिकार गर्दै निरन्तर आफ्नो स्वतन्त्रताको यात्रामा मानिस अगाडि बढ्दै जानुपर्छ भन्ने धारणा कवितामा व्यक्त गरिएको छ । समाजमा मिलाउनु पर्ने अनेक पक्ष छन् ती सबैमा सुधार गर्दै आफ्नो यात्रा अगाडि बढाए मात्र मानवको जीवन सफल र सक्षम बन्न सक्छ भन्ने विचार कवितामा व्यक्त गरिएको छ । 

प्रस्तुत कवितामा समयको गतिलाई समातेर मान्छे अगाडि बढ्नुपर्दछ र स्पष्ट लक्ष्य प्राप्तिमा अगाडि बढेमा जीवन सफल हुन्छ भन्ने चिन्तनलाई प्रमुख रुपमा प्रस्तुत गर्दै विगतमा भएका कमजोरीलाई सच्याएर सपनालाई पनि साँच्चै विपनामा परिणत गर्नका लागि मानिस तत्पर हुनुपर्दछ भन्ने विचार व्यक्त गरिएको छ। मान्छे सिर्जनात्मक र उपलब्धिमूलक कार्य गर्दै निश्चित लक्ष्य प्राप्तिमा केन्द्रित भई अगाडि बढ्नुपर्दछ भन्ने विचार प्रस्तुत कविताको  मूलभावको रूपमा रहेको देखिन्छ । 



धीरेन्द्र प्रेमषिः आँसु लुकाई परेलीमा






ग) निबन्ध

लक्ष्मीप्रसाद देवकोटाः के नेपला सानो छ ?



शंकर लामिछानेः गोधूलि संसार



भैरव अर्यालः टाउको



शारदा शर्माः सुखसत्ता



घ) कथा

विश्वेश्वर प्रसाद कोइरालाः एक रात



राजेन्द्र विमलः लङ्का काण्ड



पद्मावती सिंहः आरुको बोट



ऋषिराज बरालः पछबरिया टोल

महेशविक्रम शाहः गाउँमा गीतहरु गुन्जिँदैनन्



ङ) नाटक 

विजय मल्लः सत्ताको खोजमा

कृष्ण शाह यात्रीः पैडा आरोहण


(च) नमुना प्रश्न






                                                        - कर्म गरौँ फलको आसा नगरौँ ।














Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)