पाठ ५. साथीलाई चिठी
शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) मलेसियाको मुद्रा : रिङ्गेट
ख) विदेश : परदेश
ग) नागरिक नभएको अवस्था : अनागरिक
घ) मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
ङ) सफा : कञ्चन
च) उथलपुथल : उद्वेलित
छ) कार्य गर्ने क्षमता भएको : सामर्थ्य
ज) जन्मेको ठाउँ : जन्मथलो
२. दिइएका शब्दहरुको अर्थ चिनेर जोडा मिलाउनु होस् :
क) रहर : इच्छा, एक किसिमको दाल
ख) काम : कम्प. कार्य
ग) पत्र : चिठी, तह
घ) कडी : सानो कडा वा मुन्द्रो, जुक्ती
ङ) अन्तर : भिन्नता, भित्री हृदय
३. दिइएका अनेकार्थी शब्दहरुको एकभन्दा बढी अर्थ लेख्नुहोस् :
मास : महिना, एक प्रकारको दाल
खरी : एक प्रकारको रुख लेख्न प्रयोग गरिने सेतो पत्थर, मादल तबला आदिमा लगाउने मसला
ताल : पोखरी, चाल, बाजाको मात्रा मौका
खाग : गैंडाको नाकमाथिको मूल्यवान अङ्ग, अग्राख, जान्नेसुन्ने
फेरी : हरिणको सिङको बाजा बजाँउदै हिड्ने जाेगी, प्रदक्षिणा
साँचो : सत्य, ताल्चा खोल्ने साधन
कछाड : छोटो धोती, पहाडको तल्लो भाग
अर्थ : मतलब, प्रयोजन, धन
चरण : तह, पाउ, श्लोकको एक पङ्क्ति
काल : समय, मृत्यु
४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
कहाली लाग्नु
मलाई बुढापाखाको कहानी सुन्दा कहाली लाग्छ ।
टपाटप टिप्नु
तिहारलाई राखेको फूल भाइले टपाटप टिपेछ ।
महिना मर्नु
बुबाले महिना मरेपछि मोबाईल किनिदिन्छु भन्नुभयो ।
रोइकराइ गर्नु
रामले रोइकराइ गरेर घुम्न जान्छु भनी बुबालाई फकायो ।
वितृष्णा पलाउनु
सीतालाई सधै घरमा झैझगडा सुन्न परेपछि वितृष्णा पलाउन थाल्यो ।
हातमुख जोड्नु
धेरै नेपालीहरुलाई हातमुख जोड्नको समस्याले विदेशिनु परेको छ ।
उजुरी गर्नु
सीतामाथि हातपात भएपछि राम काकाले प्रहरीमा उजुरी गर्नुभयो ।
श्रम स्वीकृति लिनु
वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन आवश्यक छ ।
अवैधानिक
गाँजाको व्यापार गर्नु अवैधानिक काम हो ।
बदला लिनु
हरिको साथीसँग झगडा भएपछि बदला लिनलाई मौका कुरेर बसेको छ ।
सहारा बन्नु
हामी सबै बुढेसकालमा आमाबुबाको सहारा बन्नु पर्छ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.