शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थका बिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
(क) आलोकित - उज्यालो पारिएको, चहकिलो पारिएको
(ख) साधना - सफलता प्राप्त गर्नका लागि गरिने अभ्यास
(ग) सौभाग्य - सुख र समृद्धि प्राप्त हुने भाग्य
(घ) प्राक्कल्पना - सत्य पहिल्याउनका लागि गरिने पूर्वकल्पना, अनुकल्पना
(ङ) प्रतिपादन - नयाँ विषय वा सिद्धान्त खोज्ने वा पत्ता लगाउने काम
(च) चालक - विद्युत आदि सञ्चालन हुने पदार्थ
२. माइकल फेराडेले वैज्ञानिकमध्ये एक बने अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् ।
मेड्ल, इन्स्टिच्युट, रोयल, एकेडेमी, सिभिल, अक्सफोर्ड
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
ल्यापटप : हिजो मलाई मामाले अमेरिकाबाट नयाँ ल्यापटप ल्याइदिनुभयो ।
मेडल : कबड्डी खेलमा प्रथम भएको हुनाले उसलाई गुरुले मेडल लगाइदिनुभयो ।
जेनेरेटर : सुमनको घरमा बालिने बिजुली जेनेरेटरद्वारा निकालिएको हो ।
मिक्स्चर : मैले मिक्स्चरमा अचार पिसेर सबैलाई खुवाएँ।
एकेडेमी : मेरो बुवा नेपाल एकेडेमीको सङ्गीत विभागमा काम गर्नुहुन्छ ।
इन्स्टिच्युट : सुदर्शन सरले बर्दिवासको शुभकामना इन्स्टिच्युटमा ट्युसन पढाउनुहुन्छ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.