शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
अभिभारा : कुनै कामको जिम्मेवारी, उत्तरदायित्व
उजागर : बाहिर ल्याउनु, प्रकाश पार्नु
घगडान : खुब अनुभवी, धेरै सिपालु
शनैः शनैः बिस्तारै बिस्तारै
इच्छाशक्ति : कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा
समायोजन : वातावरण, परिस्थिति आदिसँग मिल्दोपन
२. दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :
बहुमुखी व्यक्तित्व : विभिन्न विषयको विशेषताले युक्त भएको व्यक्तिविशेषको निजीपन
वक्तृत्वकला : भाषण गर्ने वा प्रवचन दिने खुबी वा सिप
सहक्रियाकलाप : विद्यालयमा सञ्चालन गरिने पाठ्यक्रमका उद्देश्य पूरा गराउने
विभिन्न गतिविधि जस्तै : वादविवाद, वक्तृत्वकला आदि ।
संवेगात्मक : लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न
वातावरण : प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था वा परिवेश
ऊर्जा : कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल, उत्साह, बल, शक्ति
३. दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् ः
विनाश : विकास
आन्तरिक : बाह्य
ऋणात्मक : धनात्मक
पुरस्कार : दण्ड
सकारात्मक : नकारात्मक
प्रतिकूल : अनुकूल
४. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
सभाध्यक्ष : विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियकलापको सभाध्यक्ष प्रधानाध्यापक हुन्छन् ।
उत्कृष्ट : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन राम्रो तयारी गर्नुपर्छ ।
प्रतिभा : हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ ।
स्वावलम्बी : हरेक मानिस स्वावलम्बी हुन जरुरी छ ।
शिष्टाचार : प्रतियोगीले बोल्दा शिष्टाचार व्यक्त गर्नु आवश्यक हुन्छ ।
सहानुभूति : अरूको दुःखमा सहानुभूति दर्शाउनु मानवीय पक्ष हो ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.