कथाको परिचय
कथा शब्द संस्कृतभाषाको कथ् धातुमा आ प्रत्यय लागेर निर्माण भएको देखिन्छ । यसलाई अङ्ग्रेजीमा story, हिन्दीमा कहानी, बंगालीमा गल्प भनिएको पाइन्छ । कथाले मानवको सभ्यता र संस्कृतिलाई बोकेको हुन्छ । त्यसकारण कथा मानव जीवनसित प्रत्यक्ष रुपमा जोडिएको देखिन्छ ।
पूर्वीय साहित्यमा कथाको इतिहास वेद सम्म पुग्दछ भने पश्चिमी साहित्यमा कथाको इतिहास उन्नाइसौँ औं शताब्दीदेखि अघि बढ्दछ । आजको कथा लोककथाको उत्तराधिकारी विधा हो। कथाको प्रारम्भ मानिसको भाषिक अभिव्यक्तिको विकाससँगै भएको हो ।
कथाका विधागत विशेषताहरु
कथा रसिलो गद्यात्मक आख्यान हो
कथा आख्यानको एक भेद हो
कथा कुनै वास्तविक वा काल्पनिक घटनामा आधारित हुन्छ
कथा एकै बसाइमा पढ्न सकिने तर पूर्ण हुन्छ
कथामा कार्य, स्थान र कालको मेल हुन्छ
कथामा जीवनको कुनै एउटा मार्मिक पक्षको चित्रण गरिन्छ
कथामा कथानकको आरम्भ, मध्य र अन्त्यको श्रृंखला विकास भएको हुन्छ
कथाका तत्वहरु
कथावस्तु
कथानक
पात्र चरित्र
परिवेश
उद्देश्य
भाषाशैली
दृष्टिविन्दु
कथाको परिभाषा :-
कथा विश्वमा सबभन्दा लोकप्रिय विधा हो । अत्यन्तै प्राचीन कालदेखि संसारका लोकजीवनमा व्याप्त रहेको कथा सुरुमा लोककथा वा दन्त्यकथाका रुपमा प्रचलित थियो । लोकस्तरका यस्ता प्राचीन कथाहरुको आख्यानका रुपमा काव्य -महाकाव्य वा लोकगाथामा प्रवेश पाएका पनि हुन् । कथाका यस्ता स्वरुप पूर्व र पश्चिम दुवै साहित्यभूमिमा पाइन्थे । यिनै लोकस्तरमा रहेको कथाहरुलाई पछिपछि लेख्यस्तरमा प्रस्तुत गर्न थालियो ।
*कथा भनेको एउटा यस्तो कथात्मक कृति हो जुन छोटो हुनाले एक बसाइमै पढेर सिध्याउन सकिन्छ । पाठकमा एउटा प्रभाव जमाउनको लागि यो लेखिन्छ र यसरी प्रभाव जमाउने बाधा गर्ने जति सबै कुराहरु यसमा रहन दिइँदैन । यो आफैमा पूर्ण हुन्छ ।
* बढीमा बीस मिनेटमा पढिसक्ने आख्यानात्मक साहित्यलाई कथा भनिन्छ ।
* एक बसाइमा पढेर सकिने एउटै मूल भाव भएको आख्यानात्मक रचनालाई कथा भनिन्छ ।
* कुनै परिणामसम्म पुर्याउने घटनाहरुको श्रृङ्खलालाई कथा भनिन्छ ।
* कथा गद्य भाषामा लेखिन्छ ।
* कथा छोटो आकारमा प्रस्तुत हुन्छ र कथा आफैमा पूर्ण हुन्छ ।
* कथामा एकोन्मुख प्रभाव सिर्जना गर्ने घटनाहरु हुन्छन् ।
* कथामा आख्यान रहेको हुन्छ साथै कथा साहित्यको रचना वा संरचना हो ।
कथाको वर्गीकरण :-
उन्नाइसौ शताब्दीको सुरुसुरुदेखि लेख्न थालिएको साहित्यिक रचना कथाले अहिलेसम्म आइपुग्दा अनेकौ प्रकार प्रस्तुत गरेको छ । कथामा विभेद ल्याउने अनेक सन्दर्भहरु छन् । ती कथाका वर्गीकरण गर्ने आधारहरु हुन् । कथालाई वर्गीकरण गर्ने प्रमुख आधारहरु यी हुन् :
१.विषय २.तत्त्व ३.प्रवृति ४.स्रोत ५.दृष्टिविन्दु ६.प्रभाव !
क } विषयका आधारमा कथाका प्रकार :-
१.सामाजिक कथा २.एेतिहासिक कथा ३.पौराणिक कथा ४.प्रेमपरक कथा
५.साहसिक कथा ६.जासुसी कथा ७.मनोवैग्यानिक कथा ८.वैग्यानिक कथा ।
ख } तत्त्वगरुको आधारमा कथाका प्रकार :-
१.घटनाप्रधान कथा २.चरित्रप्रधान कथा ३.वातावारणप्रधान कथा ४.आञ्चलिक कथा
५.कथोपकथन प्रधान कथा ६.शैलीप्रधान कथा ७.उद्देश्यप्रधान कथा ।
ग } प्रवृतिको आधारमा कथाका प्रकार :-
१.यथार्थवादी कथा २.अतियथार्थवादी कथा ३.स्वच्छन्दतावादी कथा ४.आदर्शवादी कथा
५.प्रगतिवादी कथा ६.अस्तित्ववादी कथा ७.विसङ्गतिवादी कथा ८.प्रयोगवादी कथा
९.प्रकृतवादी कथा १०.प्रतीकवादी कथा ११.नारीवादी कथा ।
घ } स्रोतका आधारमा कथाका प्रकार :-
१.एतिहासिक कथा २.पौराणिक कथा ३.यथार्थपरक कथा ४.भावनात्मक कथा
५.स्वैरकल्पनात्मक कथा !
ङ } दृष्टिविन्दुका आधारमा कथाका प्रकार :-
१.प्रथम पुरुष दृष्टिविन्दु कथा २.ततृीय पुरुष दृष्टिविन्दु कथा !
च } प्रभावका आधारमा कथाका प्रकार :-
१.सुखात्मक कथा २.दु:खात्मक कथा ३.रोमाञ्चक कथा ४.हास्यव्यङ्ग्यात्मक कथा !
कथाका तत्त्वहरु :-
कथाको संरचना वा गठनको निम्ति जरुरी पर्ने बस्तुहरुलाई तत्त्व भन्दछ ! कथाका तत्त्वहरु ७ प्रकारका छन् :
१.कथाबस्तु /कथानक २.पात्र वा चरित्र. ३.परिवेश. ४.संवाद वा कथोपकथन ५.भाषा-शैली
६.उद्देश्य ७.दृष्टिविन्दु !
क } कथाबस्तु /कथानक :- कथाबस्तु भनेको कथामा रहने घटना ,स्थिति ,अवस्था वा प्रसङ्गहरुको क्रमिक योजना हो । कथाबस्तुलाई कथानक पनि भनिन्छ । कथाबस्तुमा घटना र चरित्रको सुगठित विन्यास हुन्छ । कथामा घटनाहरुलाई प्रस्तुत गरिएको हुन्छ र ती घटनाहरु समयक्रममा नआई कार्य र कारणका क्रममा आएका हुन्छ । त्यसैले कथाबस्तु कार्यकारणसम्बन्धमा उनिएर आउने घटनाहरुको योजना हो । कथाबस्तुमा कथाकारको धारणा ,बिचार ,कल्पना ,बौद्धिकता ,प्रतिक्रिया आदिले राम्ररी खेल्न पाउँछन् । यस दृष्टिले कथाबस्तुले पाठकहरुमा कौतूहल सृजना गर्छ ! कथाबस्तुको अनेक गुण हुन्छ । यसको सङ्क्षिप्तता ,मौलिकता ,रोचकता ,क्रमबद्धता ,उत्सुकता ,प्रभावको एकता ,विश्वसनीयता पूर्णता आदि गुण हुन्छन् ।
कथाबस्तु विभिन्न स्रोतबाट लिइएको हुन्छ । इतिहास ,पुराण ,लोककथा वा दन्त्यकथा , समाज ,स्वैरकल्पना आदि कथाबस्तुको स्रोत बनेका हुन्छन् । यी स्रोतहरुवाट कथाकारले कथा रचनाका लागि सामग्री जम्मा गरेका हुन्छन् ।
ख } पात्र वा चरित्र :- कथामा सहभागी व्यक्तिहरुलाई नै पात्र वा चरित्र भनिन्छ । पात्र वा चरित्र कथाको अत्यन्त महत्त्वपूर्ण तत्त्व हो । पात्र वा चरित्र सजीव मात्र होइन निर्जीव भए पनि व्यक्तिसरह चित्रण गरिएको हुनसक्छ । पत्रले नै कथाका घटनाहरु वा प्रसङ्गहरुलाई अघि बडाउने कार्य गर्छन् । पात्र वा चरित्रलाई विभिन्न आधारमा बर्गीकरण गरिन्छ । पात्रको वर्गीकरणका आधाक यी हुन् :
१.लिङ्ग :- लिङ्गका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } पुरुष र ख } स्त्री पात्र ।
२.कार्य :- कार्यका आधारमा पात्र तीन प्रकारका हुन्छन् : क } प्रमुख पात्र ख } सहायक पात्र र ग } गौण पात्र !
३.प्रवृति :- प्रवृतिका आधारमा पात्र दूई प्रकारका छन् : क } अनुकुल पात्र ख } प्रतिकुल पात्र ।
४.स्वभाव :- स्वभावका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } स्थिर पात्र ख } गतिशील पात्र ।
५. आसन्नता :- आसन्नताका आधारमा पात्र दूई किसिमका हुन्छ : क } मञ्चीय पात्र ख } नेपथ्य पात्र ।
६.आबद्धता :- आबद्धताका आधारमा पात्र दूई किसिमका छन् : क } बद्धपात्र ख } मुक्तपात्र ।
७.जीवनचेतना :- जीवनचेतनाका आधारमा पात्र तीन प्रकारका हुन्छ : क } उच्च पात्र ख } मध्य पात्र ग } निम्न पात्र ।
ग } परिवेश :- कथामा घटनाहरु जहाँ घट्छन् ,पात्रहरु जहाँ -जहाँ कार्य गर्छन् ती ठाँउ र घटना घटेको अनि कार्य गरेका समयलाई परिवेश भनिन्छ । त्यसैले कथाभित्र उल्लेख भएका स्थान ,काल र परिस्थितिलाई परिवेशका रुपमा चिनाइन्छ । परिवेशको चित्रण कथाकारले सोझै वर्णन गरेर वा दृश्यका रुपमा उपस्थित गरेर सक्छ । जे जसरी चित्रण गरे पनि परिवेशअन्तर्गत विभिन्न समय र स्थानका रीतिस्थिति ,आचार -व्यवहार ,चालचलन ,वेशभूषा ,रहनसहन ,सोचविचार ,जीवनशैली ,मानसिकता ,सांस्कृतिकता आदिले व्यक्त हुने अवसर पाएका हुन्छन् ।
घ } संवाद /कथोपकथन :- पात्र वा चरित्रहरुकोबीच हुने वार्तालाप वा कुराहहानीलाई संवाद भनिन्छ । कथामा संवादको प्रयोग गरिन्छ तापनि यो नभई कथाको रचनानै हुव सक्तैन भन्न चाहि सकिन्दैन । अत्याधुनिक कथामा यसको प्रयोग हुन वा नहुन सक्छ तर परम्परागत ढाँचामा रचिएका आधुनिक कथामा संवादको प्रयोग गरेर कथालाई सुन्दर कलात्मक बन्उँदै कथात्मक स्वरुपलाई सुगठित बनाइएको हुन्छ ।
ङ } भाषा-शैली :- कथा प्रस्तुत गरिने माध्यमलाई भाषा भनिन्छ । कथा गद्य भाषामा लेखिन्छ । कथाको भाषा सरल ,सहज र प्रवाहमय हुनुपर्छ !।क्लिष्ट ,दुरुह र जटिल भाषाको प्रयोगले पाठकवर्गलाई बाधा पर्छ ! कथामा प्रयोग गरिने भाषा बोलचालसरह हुनु असल हो । कथामा प्रयोग गरिने भाषामा हुनुपर्ने गुणहरु प्रवाहात्मकता ,आलङ्कारिकता ,चित्रात्मकता ,प्रतीकात्मकता ,व्यांङ्ग्यात्मकता ,नाटकीयता ,भावात्मकता आदि ।
कथा अभिव्यक्त गर्ने ढङ्गलाई शैली भनिन्छ । शैली कथा रचना गर्ने व्यक्तिको व्यक्तित्वलाई दर्शाउने तत्त्व हो । शैली अन्तर्गत ध्वानि वा वर्णदेखि ,शब्द ,पदावली ,वाक्य ,अनुच्छेद ,आदि भाषिक तत्त्वहरुको विशिष्ट र सौन्दर्यपरक प्रयोग पर्दछन् । त्यसैले कथालाई विशिष्ट रचना तुल्याउने तत्त्व हो । कथा रचना गर्दा प्रयोग गर्ने शैलीहरु यस्ता हुन सक्छन् : वर्णनात्मक शैली ,विश्लेषणात्मउद्देश्यआत्मकथात्मक शैली ,संवादात्मक वा नाटकीय शैली , डायरी शैली ,पत्र शैली ,काव्यात्मक शैली ,लोककथात्मक शैली ,स्मृतिपरक शैली ,स्वप्न शैली ,मनोविश्लेषणात्मक शैली , शैली आदि ।
च } उद्देश्य :- कथा लेखिने मूल प्रयोजनलाई उद्देश्य भनिन्छ । कथा अनेकौ उद्देश्यहरुले लेख्ने गरिन्छ । कथा लेख्नाका अनेक उद्देश्य हुन्छन् र तिनैमध्ये आफ्नो रुचिको प्रमुख उद्देश्यलाई प्रकट गर्न कथाकारले कथा लेख्ने गर्छ । कथामा प्रमुख उद्देश्यहरु हुन् : मनोरञ्जन ,शिक्षा ,आनन्द ,कुतूहलताको सृजना ,हास्यसृष्टि ,आदर्शको स्थापना ,सुधारको चेतना ,यथार्थ -चित्रण ,जीवनदर्शनको अभिव्यक्ति ,मनोवैग्यानिक वा मनोविश्लेषणको प्रस्तुति ,व्याङ्गात्मकता आदि ।
छ } दृष्टिविन्दु :- कथाको वर्णन गर्ने व्यक्ति वा समाख्यातालाई दृष्टिविन्दु भनिन्छ । कुनै पनि कथा कसको आख्यान गो र त्यसलाई वर्णन गर्ने समाख्याता को हो भन्ने कुरा दृष्टिविन्दुले निक्यौल गर्छ । कथाकारले आफ्नो अनुभूतिलाई सोझै आफ्नैतर्फबाट बताउन पनि सक्छ र अरु कोहीलाई पात्र बनाएर पनि प्रस्तुत गर्न सक्छ ।
कथाको विकासक्रम :-
नेपाली कथाको इतिहास लगभग दूई शताब्दीको छ । कालपेक्ष विभिन्न मोहहरुलाई पार गर्दै नेपाली कथाले एउटा निश्चित क्रम बसालेको पाइन्छ एेतिहासिक दृष्टिवाट नेपाली कथाको समग्र इतिहासको काल विभाजन यसरी गर्न सकिन्छ ।
१.प्राथमिक काल (बि.सं.१८२७ -१९५७ )
२.माध्यमिक काल (बिं सं.१९५८ -१९९१ )
३.आधुनिक काल (बि. सं. १९९२ - हालसम्म )
कथाको जन्म संसार सृष्टिको सुरुदेखिनै भएको हो । कथा भन्ने र सुन्ने परम्परा मानव जीवनको अभिन्न अंग हो । लिपीको अविष्कार हुनु भन्दा अघिदेखि कथा सुन्ने परम्परा पाइन्छ ।
अलिखित कथा अवधारणाको रुप एव लोक साहित्यको विशिष्ट अवधारणको रुप कथा रहेको पाइन्छ । जस्तै गाँउ -खाने कथा ,लोक कथा ,दन्त्य कथा इत्यादि । लिखित कथा साहित्यलाई ऋगवेद युगमा नै यसको पृष्ठभूमि रहेको पाइन्छ । प्रारम्भिक आवस्थामा भाव अभिव्यक्ति गर्न भने रञ्चनको साधान मात्र थियो भने वर्तमान सन्दर्भमा थोरै समयमा कथाको आश्वादनद्वारा जीवन र जगतको कुनै एक पक्षीय अनुभूति ग्रहण गर्न सकिन्छ ।
* कथा एकै बसाईमा पढ़िसकिने सानो इतिहास हो ! (एजगर एेेलेन )
* कथा घटनाहरुको त्यो तारतम्य हो जसले त्यो परिणाम पाउँछ ! (पास्टर )
* कथा एउटा किस्सा वा सानो झ्याल हो जहाँवाट एउटा सानो संसार चिनिन्छ !
(लक्ष्मीप्रसाद देवकोटा )
कथाको विकासक्रममा प्राथमिक काल :-
नेपाली कथाको अध्यक्ममा अहिलेसम्म भएको खोज कार्य अनुसार शक्तिवल्लभ आज्यार्लद्वारा नेपालीमा अनुदित "महाभारत विराटपर्व " (बि.सं. १८२७ ) नै पहिलो कथा विधि हो ! यसपछि गद्यख्यानको एेतिहासिक क्रममा भानु -दत्तद्वारा अनुदित "हितोपदेश मित्रलाभ " (बि.सं. -१८३३ ) लाई लिन सकिन्छ ! संस्कृतको प्राथमिक प्रयोग भएको पाइन्छ ! यसैको क्रममा देखापर्ने कथात्मक कृतिहरु :
१.पीनासको कथा (बि.सं. १८७२ ) २.दसकुमार चरित ( बि.सं. १८७५ ) ३.युन्सीक तीन अहान (बि.सं.१८८३ )
प्राथमिक कालमा नेपाली कथाको स्वरुप निर्णान कालिक जुन पृष्ठभूमि तयार भयो त्यसमा सोस्थानी व्रत कथा - १८७८ वहत्र सुधाको कथा १८८८ ,सत्यनारायण व्रत कथाहक सत्रसेन कथा इत्यादि कथा आदिले स्थापित गरेको एेतिहासिक महत्वपूर्ण छ ! समग्रहरुमा नेपाली कथा साहित्यको प्राथमिक कालमा विशेष गरी धर्मसित सम्बन्धित नितिसित सम्बन्धित र उपदेश परक कथात्मक कृतिहान्ने संस्कृतवाट नेपालीमा अनुवाद भएको पाइन्छ !
माध्यमिक काल :-
नेपाली कथा साहित्यको विकाशमा माध्यमिक कालको छुट्टै महत्व रहेको पाइन्छ । यस कालमा संस्कृत श्रोतको आख्यान परम्परा गौण हुदै जान्छ अनि उर्दु ,फारसी ,र अरबी स्रोतका आख्यानहरुको अनुकरमा मौलिक र अनुक्षित नेपाली आख्यानहरु प्रशस्त देख्न थाल्छन् । यस क्रममा देखापर्ने उर्दु ,फारसी र अरबी स्रोतका मुख्य आख्यानहरु हुन । सुनकेसरी रानी ,रानीको कथा ,हातीमताई गुलालवकावली ,अलादिनको चिराक ,सत्य मधु मालती आदि । यसवाहेक माध्यमिक कालमा अन्य भाषावाट पनि अनेकौ कथाहरु पनि अनुवाद भएको पाइन्छ ।
हिन्दी स्रोतवाट मुख्य कथाहरु हुन् : चन्द्रकान्त ,वीरबल चाकुरी ,नरेन्द्र मोहिनी ,अकबर हिरवलकी लारा ,महाठकको कथा इत्यादि ।
बङ्गला स्रोतवाट मुख्य कथा : बङ्गला स्रोतवाट आएका मुख्य कथाहरु चन्द्ररेखा (वङ्किमचन्द्र ) ,डालिया (रविन्द्रनाथ ठाकुर ) ,काला पाहा (रसिक चन्द्रगोस ) ,तकिलको भाग्य (जलधासेन ) इत्यादि !
अंग्रेजी स्रोतवाट आएका मुख्य कथा : अदभुत लार ,मेरिना चरित्र (सेक्सपियर ) इत्यादि !
यसकालमा प्रकाशित विभिन्न साहित्यिक पत्र -पत्रिकाहरुको नेपाली कथा साहित्य काशमा सघाउ पुर्याएको देखिन्छ ! माध्यमिक कालमा गोर्खा पत्र (१९५८) ,सुन्दरी (१९६२) ,माधवी (१९६५) ,गोर्खाली (१९७२) ,चन्द्रिका (१९७५) , गोर्खा संसार विभिन्न कथाकारहरुका कथाहरु यसकालमा महत्वपूर्ण प्राप्तिहरु हुन् ! बि.सं. (१९८३ ) मा देहरादुनवाट ठाकुर चन्द्रदन सिंहको सम्पादनमा निस्कने गोर्खा संसार बर्ष १ अंकमा प्रकाशित "देवाको बली " कथालाई समालोचकहरुले पहिलो नेपाली मौलिक कथा मानेका छन् त्यो कथा सुूर्य विक्रम ग्यावलीले हेटुरे उपनामवाट छपाएका थिए ! यसको १ बर्ष पछि वि.सं. १९८४ मा गोर्खा संसार पत्रिकाल प्रकाशित रुपनारायण सिंहको अन्यपूर्ण कथालाई समालोचकहरु नेपाली आधुनिक कथा लेखनको प्रारम्भिक कथा चिन्ह वा आधुनिकताको पूर्ण संकेत ठान्छन् !
आधुनिक काल :-
बि.सं. १९९१ मा काठमाण्डौवाट प्रकाशित शारदा पत्रिकावाट नेपाली कथा साहित्यको आधुनिक काल सुरु भएको हो ! शारदाको प्रकाशन काल देखिनै नेपाली साहित्यका वरिष्ट कथाकारहरु जस्तै गुरुप्रसाद मैनाली ,बालकृष्ण सम ,विश्वेशर प्रसाद कोइराला हरुले आ -आफ्नो प्रवृति अंगालेर कथा साहित्यमा प्रवेश गरेका छन्
Please don't forget to give your valuable suggestions.