शब्दभण्डार
१. दिइएका अर्थ आउने पद पदावली कर्तव्य कथाबाट खोजेर लेख्नुहोस् :
(क) देह वा शरीरको अवसान वा अन्त्य : देहावसान
(ख) अड्डा वा कार्यालय रहेको भवन : अदालत
(ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो : कानेखुसी
(घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह : जन्ती
(ङ) गाउँको मुखिया वा जिम्मावाल : तालुकदार
(च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति : कीर्ति,यश
२. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस्
शब्द अर्थ
ऋचा -- कविताका रूपमा लेखिएका वेदका मन्त्र
मङ्गलधुन -- शुभ लक्षणले युक्त लयात्मक ध्वनि
कुटुम्ब -- इष्टमित्र, नातागोता, आफन्त
निरोपण -- छानविन, अन्वेषण
कोलाहल -- अत्यासलाग्दो अवस्था, अत्तालिँदो होहल्ला
पितृ -- मरेका आफ्ना पुर्खा
अनिष्ट -- हानिकारक, अशुभ
३. दिइएको कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस्ः
उखानः
आफू भलो त जगतै भलो,
चोरलाई चौतारो साधुलाई शुली,
मनमा एउटा कुरा मुखले अर्को कुरा,
एक कान दुई कान मैदान
जिब्रो चिप्लो मन कालो
टुक्का:
आँखामा राखे पनि नबिझाउनु,
खुला किताबजस्तै हुनु
४. दिइएका उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
उखानः
हुने विरुवाको चिल्लो पात : हुने बिरुवाको चिल्लो पात भनेझैँ आर्यनले सानैदेखि राम्रो गीत गाउन जानेको थियो ।
धान खाने मुसो चोट पाउने भ्यागुतोः मेरो बेवास्ताले मोबाइल भुइँमा खसेर फुट्यो, बाबाले मोबाइल किन फुटालेको भनेर बहिनीलाई पिट्नुभयो । यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भइहाल्यो नि ।
खाने मुखलाई जुँगाले छेक्दैन: रामले बत्ती गएको बेला मोबाइल बालेर भएर पनि पढ्छ, खाने मुखलाई जुँगाले छेक्दैन भनेको यही हो ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैनः बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ सिर्सानीले कमसल सामान पनि टिकटकबाट प्रचार गरेरै राम्रो कारोबार गरेकी छन् तर जमुनाले ब्रान्डेड सामान पनि बेच्न सकेकी छैनन् ।
टुक्काः
माया मार्नुः -- एसईईपछि जो जहाँ गए पनि माया मार्नु हुन्न है ।
कम्मर कस्नुः -- परीक्षामा राम्रो अङ्क ल्याउन अहिलेदेखि नै कम्मर कस्नुपर्छ ।
कानमा तेल हाल्नुः -- शिक्षकले पढाउने बेलामा कानमा तेल हालेर बसे पाठ बुझिँदैन ।
सुइँकुच्चा ठोक्नुः -- चोर पुलिसलाई देखेर सुइँकुच्चा ठोक्यो ।
आगो हुनु: -- विद्यार्थीहरुले कक्षामा हल्ला गरेपछि शिक्षक रिसले आगो हुनुभयो ।
चिसो पस्नुः -- मन मिल्ने साथी एक दिन स्कुल नआउँदा छोडेर गयो कि भनेर मनमा चिसो पस्छ ।
Please don't forget to give your valuable suggestions.