लौ आयो ताजा खबर नाटक, कक्षा -११, नेपाली

 पाठ ८ . लौ आयो ताजा खबर

शब्दभण्डार

१. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

क) पत्रपत्रिका = अखवार

ख) मञ्चको छेउछाउको भाग = नेपथ्य

ग) रमिते = तमासा

घ) विपत् = आपत्

ङ) एम्बुलेन्सले बजाउने आवाज = साइरन


२. दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस् : 

क) मधुरो प्रकाश - अलि अलि उज्यालो

ख) बस बिसौनी - बस चढ्न र ओर्लन रोकिने ठाउँ 

ग) ताजा खबर – नयाँ समाचार

घ) निन्दनीय कार्य – निन्दा गर्नुपर्ने काम

ङ) जीवनको अध्याय - जिन्दगीको कालखण्ड 

च) प्रस्थान गर्नु – बाहिर जानु

छ) भविष्यको लठ्ठी – भोलिको सहारा


३. दिइएका शब्दहरुको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

बासी – ताजा

चहकिलो – मधुरो

दोष – निर्दोष

पराई – आफन्त

भाग्यमानी – अभागी 

बन्धन – मुक्ति

अदृश्य  दृश्य


४. दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस् :

क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ : खाने मुखलाई जुँगाले छेक्दैन ।

ख) अरुलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ : अरुलाई खाने बाघले तपाईंलाई पनि खान्छ ।


५. तपाईंले सुनेका / पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् :

(क) नाच्न जान्दैन आँगन टेढो :

खेल खेल्न नसकेपछि मैदान राम्रो भएन भन्नु त नाच्न जान्दैन आँगान टेढो भने जस्तो भयो ।

(ख) अचानोको पीर खुकुरीले बुझ्दैन :

अचानोको पीर खुकुरीलाई के थाहा भनेजस्तै तीनै तहका सरकार तथा अन्य निकाय खासै व्यवसायीका समस्याप्रति गम्भीर भएको देखिएन ।

(ग) जुन जोगी आए पनि कानै चिरेका :

जुन जोगी आए पनि कानै चिरेको भनेझैँ नेपालका कुनै पनि स्थानीय निकायले विकाश तर्फ ध्यान दिएको पाइँदैन ।

(घ) आफू नमरी स्वर्ग देखिदैन :

आफू नमरी स्वर्ग देखिँदैन भनेझै विदेश नगइकन त्यहाँको दुःख बुझ्न सकिदैन ।

(ङ) नपत्याउने खोलाले बगाउँछ :

नपत्याउने खोलाले बगाउँछ भनेझै हरिको छोराले त सरकारी कोटामा डाक्टरी पढ्न पाउने भएछ ।


६. दिइएका टुक्काहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् :

खरानी हुनु

ढुकुटीको पैसा नेताहरुले खरानी बनाएर छोड्ने भए ।

पेट पाल्नु

नेपालमा पेट पाल्नका लागि गारो भएर विदेश पलाएन हुने क्रम बढ्दो छ ।

कुरा खानु

बेलैमा बाबुको कुरा नखाएकाले मैले सारै दुःख पाएँ ।

टाउको खानु

बहिनीले मिठाई मिठाई भनेर मेरो टाउको खाइसकिन् ।

कुरा दोचार्नु

साथीहरुसँग घुम्न गएको कुरा छिमेकी भाउजूले त घरमा कुरा दोचारी सक्नु भएछ ।

आलु खानु

रामले त यो पालीको परीक्षामा आलु खाएछ ।

सपना चकनाचुर हुनु

हामीले आफ्नो बुबाआमाको सपना चकनाचुर पार्नु हुदैन ।

सपना पूरा हुनु

सरकारी जागिर पाएपछि रामेको सपना पूरा भयो ।

बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)