पाठ ७ . पर्यापर्यटनका सम्भावना र आयाम
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्ः
क) पारिस्थितिक प्रणाली : परिस्थितिका कारण निम्तिने प्रणाली
ख) विहङ्गम दृष्टि : आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम
ग) तृणहारी : दुबो, पराल, खर आदि घाँसपात खाने
घ) कटिबन्ध : पृथ्वीका दुई ध्रुवका बिचका भुभागलाई हावापानी आदिका
हिसाबले बाँडिने भाग
ङ) पर्यापर्यटन : विविधताका कारण हुने पर्यटन
च) जलक्रीडा : पानीमा गर्न सकिने विभिन्न खेल; मनोरञ्जन
छ) पर्यावरणमैत्री : वातावरण सुहाउँदो
ज) प्रतिकूल प्रभाव : पक्षमा नभएको प्रभाव
झ) हिमाच्छादित छाना : हिउँ नै हिउँले ढाकिएको छाना
२. दिइएका शब्दहरुको अर्थ शब्दकोशका सहायताले पत्ता लगाउनुहोस् :
लवज : भन्ने तरिका, बोल्ने तरिका
वायुमण्डल : हावाले ढाकेको भाग
संजाल : जालो
लीन : काममा एकाग्र भएर लागेको, तल्लीन
नभचर : आकाशमा बस्ने
अक्षांश : पृथ्वीको सतहमा पूर्वपश्चिम खिचिएका काल्पनिक रेखा
शीतोष्ण : समुन्द्र सतहबाट २००० देखि ३००० मिटरसम्मको भाग
सिमसार : हिलो र पानी भएको ठाउँ
३. पाठबात दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
ग्रीक
ग्रीक भाषा संसारको पुरानो भाषामा पर्दछ ।
ऱ्याफ्टिङ
ठुलाठुला नदीमा ऱ्याफ्टिङ गरिन्छ ।
बोटिङ
तालतलैयामा बोटिङको व्यवस्था गर्न सकिन्छ ।
बन्जी जम्पिङ
मलाई बन्जी जम्पिङ गर्न खुब रहर छ ।
गल्फ
गल्फ खेल्न समथर भूभाग आवश्यक पर्छ ।
इकोफ्रेन्ड्ली
नेपालको वातावरण इकोफ्रेन्ड्ली छ ।
इकोटुरिजम
इकोटुरिजम प्रवर्द्धन गर्ने परियोजनाहरू अहिले चलिरहेका छन् ।
इकोलोजी
शिक्षकले इकोलोजीका सबै क्षेत्रहरुका बारेमा सिकाउनुहुन्छ ।
इकोसिस्टम
इकोसिस्टम बिग्रिएमा प्राणीको जीवन धरापमा पर्न सक्छ ।
मैदान
तराईमा धेरै ठुला ठुला घाँसे मैदानहरु छन् ।
४. पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित दश दशओटा शब्द पहिचान गरी लेख्नुहोस् :
पर्यटन
ऱ्याफ्टिङ, कायाकिङ, क्यानोइङ, बोटिङ, मत्स्यविहार, बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, हिउँचिप्लेटी, गल्फ
पर्यावरण
पोखरी, ताल, सिसिमसार, वनस्पति, घाँस, पात, पशुपन्छी, स्थलचर, जङ्गल, जलथर
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.