पाठ १२ . जलस्रोत र ऊर्जा
शब्दभण्डार
१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :
अथाह - ज्यादै धेरै
नौका – डुङ्गा
अलावा - अतिरिक्त
अख्तियार – नियम कानुनद्वारा दिइएको अधिकार
नित्य - सधैँ
सर्वेक्षण - कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरिक्षण
निकाय - कुनै संस्था वा सदन
२. मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस् :
क) सम्पदाका
ख) हौस्याउने र अख्तियार
ग) नौका विहार
घ) चलायमान
ङ) जलस्रोतको
३. दिइएको शब्दहरुको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
कृत्रिम : प्राकृतिक
विपन्न : सम्पन्न
प्राचीन : आधुनिक
साँघुरो : फराकिलो
आन्तरिक : बाह्य
सङ्कुचन : बिस्तार
कुरुप : सुन्दर
सदुपयोग : दुरुपयोग
व्यय : आय
अटुट : अटल
विष : अमृत
४. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
मञ्चासीन
मञ्चासीन महानुभावहरुको कुरामा मस्त मगन भएर कतैबाट निकै चिसोपन मन सम्मै छिरेको अनुभुति भयो ।
द्रुततर
राष्ट्रपतिले द्रुततर आर्थिक विकास मुलुकको आवश्यकता रहेको बताएका छन् ।
सामर्थ्य
नेपालका शीर्ष नेताहरुले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेका छन् ।
खपत
हाम्रो देशमा उत्पादन गरेको विद्युत यहीँ खपत गर्नुपर्छ ।
पैनी
हामीले पैनीका माध्यमबाट खेतका गरा गरामा पानी पुर्याउनु पर्छ ।
उर्वरा
पाँगो माटोमा उर्वरा शक्ति बढी हुन्छ ।
अभियान
मेरो विद्यालयले आउदो हप्ता सरसफाइ अभियानको घोषणा गरेको छ ।
सङ्कट
कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा सरकारद्वारा अध्यादेश जारी गरिएको छ ।
गगनचुम्बी
हाम्रो देशमा गगनचुम्बी महलहरु निर्माण भएका छन् ।
अन्नामृत
तराई क्षेत्रका फाँटहरुले हामीलाई अन्नामृत प्रदान गरेका छन् ।
निर्यात
विविध बैंकहरुले निर्यात कर्जा सुबिधा प्रदान गर्दछन् ।
५. तल दिइएका पदावलीहरु प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको हाम्रो देश नेपाल सानो छ तर यहाँ स्वर्गको अनुभव हुन्छ । खोलानाला, पहाड, वन, जङ्गल, वन्यजन्तु आदिका कारण यो देश पर्यटकीय गन्तव्य बन्न पुगेको छ । यसलाई हामीले देशोन्नतिको सिँढी बनाउनु पर्छ । यहाको सेतो सुन, पानी, कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई विकास गर्न सके देशको छिट्टै काँचुली फेर्ने थियो । यहाँ एक पटक आएर प्रकृतिको छटालाई नियाल्ने पर्यटक फेरि आउन चाहन्छ । फेवाको फैलावट, राराको रमिता, गण्डकीको गहिराइ र चमत्कारी पानीले हाम्रो सम्पन्नताको ढोका खोल्दै छ । त्यसैले अब हामीले आफ्नो बारेमा होइन देशको बारेमा सोच्नुपर्छ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.