पाठ १२.जीवन मार्ग
शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
शब्द अर्थ
मौलिक कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य धेरै हुनाको भाव वा अवस्था
जतन सुरक्षित
चिनो चिह्न, निसान
निर्यात स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व आफ्नो अधिकार बाहिरको कुरामा गरिने दखल
मूर्त स्पष्ट आकार भएको
किनिमा भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप नियन्त्रण, अधिकार
फत्ते सम्पन्न, पूरा
२. तल पाठमा भएका खानेकुराका नामको सूची दिइएको छ । शिक्षकको सहयोगबाट ती खानेकुराका बारेमा थाहा पाउनुहोस् :
कटुसका दिउल, सतीबयर, सिन्की, सुचिया, मार्सी चामल, गहत, बुङको आलु. पिँडालु, जिम्बु
उत्तर :-
कटुसका दिउल : खस्रु, फलाँटका आदिका जस्ता पात हुने रुखको फलभित्रको फग्ल्याँटो, उम्रने भाग, बिजन, बियाँ,
सर्तीबयर : भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहेंला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने बोट वा फल
सिन्की : खाडल वा गोल्फु, घैटो आदिमा खाँदेर अमिल्याइएको मुला
सुचिया : नुन राखेर पकाइएको चिया, नुनचिया
मार्सी चामल : एक असल जातको धानको चामल (समुन्द्री सतहबाट तीन हजार मिटरभन्दा माथि हिमाली क्षेत्रमा फल्ने)
गहत : एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न
बुङको आलु : बाँझो जमिनमा उम्रिएको झारपातसहितको माटोको चपरीलाई पाखैभरि ड्याङ बनाएर सुकाई आगोले पोलेपछि त्यही माटो र खरानीमा आलु रोपी फलेको आलु, माटो र खरानीमा मात्रै फल्ने आलु (प्रति केजी २०० सम्म पर्ने)
पिँडालु : उत्तानु परेका ठुला नरम पात हुने, जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति, कर्कला वा त्यस जराको गानु उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष
जिम्बु : लामालामा, मसिना पात र गन्धे झार थुंगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति, कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने बुटी, जिम्मु
३. शिक्षक र साथीसँग सोधखोज गरेर दिइएका सामानका बारेमा थाहा पाउनुहोस् :
काइँयो, थाक्रो, फिपी, नाङ्लो, डालो, चाल्नो, गलैँचा, राडी, लुकुनी, थाङ्का, खाँडीको कपडा, भाङ्ग्राको झोला, बाँसका कुर्सी, सोफा, डालो, थुन्से, अम्रिसाको कुचो, नेपाली कागज, ठेकी, मदानी, सुरो
उत्तर :
काइँयो : केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, बाास, श्रीखण्ड, धातु आदिद्वारा बनाइएको दाँतीदार
थाक्रो : बस्तु, कपाल कोर्न प्रयोग गरिने साधन, काँइयो
फिपी : वर्षायाममा फल्ने काँक्रो, घिरौला, सिमी, इस्कुस आदि लहरालाई आडस्वरूप भुइँमा गाडिने काठ, रूखको हाँगो आदि थाङ्ग्रो बेत, बाँस आदिका चोयाले बुनेको, एक प्रकारको बिर्कोवाल भाँडो, चोयाको डिब्बा
नाङ्लो : बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठुलो थालजस्तो, अनाजहरू निफन्ने साधन, सुपो
डालो : बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो ना
चाल्नो : पिठो, सुर्तीको धुलो आदि छान्न मसिना प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन
गलैँचा : तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौ
राडी : घरेलु उद्योगका रूपमा प्रायः नेपाली ऊनबाट बुनिने, काम्लोजस्तो खम्रो बिछ्याइने वस्त्र
लुकुनी : मिहीन राडीबाट सिएर तयार गरिएको जिउमा
लगाउने एक प्रकारको न्यानो कपडा
थाङ्का : कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्रविशेष, पौबा
खाँडीको कपडा : घरेलु तानमा बुनिएको मोटो खम्रो कपडा, एक प्रकारको खादी वा खद्दर
भाङ्ग्राको झोला : पाटाबाट बुनेको बोराजस्तो खम्रो कपडाको झोला, भाङ्ग्राबाट बनेको झोला
बाँसका कुर्सी : लाम्चा तिखा पात, सेता फूल र जौजस्ता फल हुने बिचबिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेषबाट बनाइएका पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन
सोफा : कपास, फोम, स्प्रिङ अदि जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च
डालो : बाँस, निगाला आदिको चोयाले बुनेको अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो
थुन्से : प्रायः पहाडखण्डमा चिजबिजहरू पिठ्यूँमा बोक्न प्रयोग गरिने, बाास वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा प्वाल नभएको, डोको जस्तै एक साधन
अम्रिसाको कुचो : धुलो, कसिङ्गर आदि बढानें बाँसका जस्ता तर ठुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना ज्वानुजस्ता गेडा लाग्ने खर जातको वनस्पति अम्रिसोको मुठो
नेपाली कागज : नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पातबाट नेपालमै तयार हुने कागत, पहाडी कागत
ठेकी : दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो, सानो ठेको
मदानी : प्रायः बाँसको सरोमा चारैतिर छेडिएको च्याप्टा चारपाटे पोरा राखी नेतीले तान्दा ठेकीको दही मध्ने साधन, मही पार्ने उपकरण, मदानी, मन्थनी
सुरो : पराक्रमी, वीर, साहसी, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन
४. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
परिकल्पनाकार, आना, धुर आत्मनिर्भर, आयात, एकाधिकार कृत्रिम, अर्गानिक, जोखिम, विकल्प
उत्तर :
परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा अड्कल वा धारणा गर्न सक्ने ब्यक्ति
आना : चार पैसाको समुदाय, रूपियाँको पच्चिसौँ भाग, सोह्र भागको एक भाग
धुर : एक कट्ठाको बिसौं भाग जमिनको परिमाण
आत्मनिर्भर : आफ्नै खुट्टामा टेक्ने, बाँच्नका लागि अरूको भर पर्नु नपर्ने, स्वावलम्बी
आयात : विदेशबाट झिकाइएका मालसामान आउने काम, पैठारी, विदेशबाट खरिद गरिएको झिकाइएको
एकाधिकार : कुनै उद्योग व्यापार, खरिदबिक्री, कामकुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने स्थिति कुनै काम, वस्तु वा ब्यापारमा एउटै व्यक्तिको मात्र पूर्ण अधिकार, एकलौटी अधिकार, एकाधिपत्य
कृत्रिम : प्राकृतिक वा स्वाभाविक नभएको, बनावटी, जानी, किर्ते
अर्गानिक : जीवसँग सम्बन्धित प्रक्रियाहरू वा जीवित जीवहरू समावेश गर्ने प्रक्रियाद्वारा उत्पादित, जैविक
जोखिम : शारीरिक, मानसिक हानि नोक्सानी हुन सक्ने डरलाग्दो काम, हानि नोक्सानी हुने सम्भावना, खतरा
विकल्प : पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम, पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार, दुई वा बूढी विषयमध्ये कुनै एक विषय छान्ने
काम, अथवा
५.शब्दकोशको सहायताबाट उदाहरणमा दिए झैँ तलका शब्दको शब्दवर्ग, शब्दस्रोत र अर्थ लेख्नुहोस् :
शब्द शब्दवर्ग शब्दस्रोत अर्थ
असल विशेषण) अरबी राम्रो
विकास नाम सस्कृत क्रमिक परिवर्तन
स्कुल नाम अङ्ग्रेजी विद्यालय
किनामा नाम किरात भटमासकाे खाद्यपदार्थ विशेष
चिया नाम चिनिया चिनी चियापत्ती राखिने एक
प्रसिद्ध पेय पदार्थ
६. दिइएका कुनै पाँचओटा उखानलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् :
हात्तीका मुखमा जिरा, काम गर्ने कालु मकै खाने भालु खाने मुखलाई जुँघाले छेक्दैन, गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु, घाँटी हेरी हाड निल्नु, बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन, मेरो गोरुको बाह्रै टक्का, म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो, रातभरि करायो दक्षिणा हरायो, हुने बिरूवाको चिल्लो पात, हात्ती आयो हात्ती आयो फुस्सा, एकले धुकी सुकी सयले थुकी नदी, नमच्चिने पिङको सय झट्का
१. हात्तीका मुखमा जिरा ( आवश्यकताभन्दा धेरै कम वस्तु पाउनु) : दिनभर खेतमा काम गरी भोकाउँदै आएको बेलामा आमाले एउटा रोटी मात्रै दिंदा मलाई त हात्तीका मुखमा जिरा जस्तै भयो ।
२. काम गर्ने कालु मकै खाने भालु ( काम एउटाले गर्नु तर फल अर्कैले पाउनु) : काम गर्ने कालु मकै खाने भालु भनेझैँ परिश्रमी कृषहरूले पसिना बगाई उब्जाएको फलफुल तरकारीबाट बिचौलियाहरूले फाइदा उठाएका छन्।
३. खाने मुखलाई जुँघाले छेक्दैन (पौरखी मान्छेलाई कुनै कुराले रोक्दैन) : खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ साथीहरू धारामा पानी नआएकाले नुहाइधुवाइ नगरी बसे तापनि रामले भने खोलामै गएर नुहाइधुवाइ गयो
४. गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु ( काम गर्ने एउटा जस पाउने अर्को) गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु भनेझैँ गाउँलेहरूको श्रमदानबाट गाउँमा बाटो पुग्यो तर गाउँपालिकाले भने गाउँले प्रमुखलाई सम्मान गयो ।
५. घाँटी हेरी हाड निल्नु ( आफ्नो क्षमता हेरी काम गर्नु ) : घाँटी हेरी हाड निल्न नजान्ने रामले साहुसँग चर्को ब्याजमा ऋण काढी छोरीको विवाहमा हैसियतभन्दा बढी खर्च गरेकाले ऊ साहुको ऋण तिर्न नसकी मुग्लान भासिएछ ।
बोध तथा अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.