रारा भ्रमण, दैनिकी, कक्षा -११, नेपाली

 


पाठ ११ . रारा भ्रमण

शब्दभण्डार

१. दिइएका पदावली र अर्थको जोडा मिलाउनु होस् : 

विविधतायुक्त वैभव – भिन्नताले भरिएको सम्पत्ति 

सञ्जीवनी बुटी - जीवन बचाउने औषधी 

अवलोकन भ्रमण – विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण

दिव्य अनुभूति - अलौकिक अनुभूति

शुक्ल पक्ष - कृष्णपक्ष पछिको पन्ध्र दिन

सदावहार वनस्पति – सधै हरियो हुने रुखविरुवा


२. दिइएका शब्दहरू प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :

हामी पोखराबाट रारा तालको अनुपम सौन्दर्यको दृष्टिगोचर गर्नका लागि नेपाली भाषाको उद्गम स्थल सिँजा उपत्यका हुँदै दुई दिनको यात्रापश्चात् रारा पुगेका थियौ । गुल्जाररूपी रारा राष्ट्रिय निकुञ्ज नजिकै बसेर सदावहार वनस्पतिका वनऔषधीहरुको अनुपम रसायन र सम्मिश्रणबाट बनेको राराको जलमा बसले उन्मत्त भै छचल्किएका बेताल लहरहरु हेरी मन्त्रमुग्ध बनी आत्मालाई साक्षी राखी पुनः भेट्न आउने वाचा गरी आफ्नै गन्तब्य पोखरा फक्यौँ ।


३. दिइएका प्राविधिक तथा पारिभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस् :

क) दृश्यावलोकन, अनुभूति, पिरती, कविता ( मानविकी )

अवलाकन गर्ने काम ।

अनुभूति : मनोदशा, मनस्थिति

पिरती : माया, प्रेम, स्नेह 

कविता : कविकर्म, काव्य 

ख) कच्ची, जिप, राजमार्ग, बसपार्क ( यातायात क्षेत्र

कच्ची : कच्चा, धेरै समयसम्म नटिक्ने ।

जिप : हलुका र बलियो किसिमको मोटर, बसभन्दा सानो सामान्य कार ट्याक्सिभन्दा ठूलो सवारी साधन।

राजमार्ग : फराकिलो र लामो पक्की सडक, मूल सडक 

बसपार्क : बस बिसाउने ठाँउ ।

ग) उपत्यका, चट्टान, पर्वत, क्षेत्रफल, हिमाल ( भूगोल )

उपत्यका : पहाडका फेदीमा समथर जमिन । 

चट्टान : एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को ।

पर्वत : पहाड, शैल ।

क्षेत्रफल : कुनै जमिनको लम्बाइ र चौडाइको गुणबाट निस्कने वर्णात्मक परिमाण ।

हिमाल : नेपालको उत्तरी सिमाक्षेत्रमा वारपार पसारिएका टाकुराहरु सधैजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला |

घ) खस राज्य, बस्ती, शासक, कार्यालय (प्रशासन)

खस राज्य : प्राचीन क्षत्रीयको एक जातिको राज्य पश्चिम नेपालका खस जातिका मानिसको राज्य भएको स्थान । 

बस्ती : घरहरु भएको वा मानिस बस्ने ठाउँ ।

दृश्यावलोकन : देख्न वा हेर्न योग्य प्राकृतिक दृश्यहरु

शासक : शासन गर्ने व्यक्ति, शासनकर्ता 

कार्यालय : कुनै विशेष काम वा व्यवसाय गर्ने घर ।

ङ) होटल, खानपान, रिसोर्ट, भ्रमण ( पर्यटन )

होटल : मूल्य तिरेर खानपिन गरिने वा भाडा तिरेर यात्रीहरु केही समय बस्ने, सुत्ने विश्रामस्थल | 

खानपान : खाने र पिउने काम ।

रिसोर्ट : होटेलसहिदको पार्क ।

भ्रमण : मनाेरन्जनका लागि घुमफिर गर्ने काम ।

च) निकुञ्ज, संरक्षण, सदावहार, वनस्पति ( वनविज्ञान )

निकुञ्ज : बोटविरुवा, जनावर आदि वन्यसम्पदाको सुरक्षाका लागि निर्माण गरिएको स्थल ।

संरक्षण : जगेर्ना, राम्ररी गरिने रक्षा |

सदावहार : वसन्त ॠतुमा जस्तै सधै हराभरा रहने ।

 वनस्पति : वोटविरुवा |


४. दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन्, पहिचान गरेर लेख्नुहोस् :

क) मानवीय क्षेत्र

ख) कृषि तथा वन क्षेत्र

ग) इतिहास क्षेत्र

घ) प्रशासन क्षेत्र

ङ) कानून क्षेत्र 

च) चिकित्सा क्षेत्र

छ) विज्ञान र प्रविधि क्षेत्र


५. दिइएका विषय क्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दस दसओटा खोज्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस :

क) शिक्षा

विद्यालय, पुस्तक, क्याम्पस, प्रधानाध्यापक, पुस्तकालय, प्रश्नपत्र, छात्रवृत्ति, निरीक्षक, उतीर्ण, केन्द्राध्यक्ष |

ख) कृषि तथा वन क्षेत्र

अव्वल, दोयल, सिम, चहार, रोपाइँ, फडानी, छपान, वनपाले, सामुदायिक, वन, कुकाठ ।

ग) मानविकी र समाजिकशास्त्र

दृश्यावलोकन, अनुभूति, पिरती, कविता, विवाह, झैझगडा, जातजाति, धर्म, सापटी, मेलमिलाप ।

घ) व्यापार, वाणिज्य

नाफा, घाटा, आयव्यय, निक्षेप, निकासी, भौचर, पैठारी, विरेजु, राजस्व, तराजु ।

ङ) कानुनी तथा राजनीतिकशास्त्र


सचिव, मन्त्री, सरुवा, अध्यादेश, विद्येयक, जमानत, आन्दोलन, राजिनामा, सरजमिन ।

च) चिकित्सा

शल्यक्रिया, एक्सरे, अन्तरङ्ग, प्रशोधन, जीवानु, सरुवा रोग, महामारी, बहिरङ, कुपोषण । 

छ) विज्ञान तथा प्रविधि

विकिरण, विद्युतीकरण, तापक्रम, रकेट, वम, जोड, घटाउ, समीकरण, ऊर्जा, जीवकोश ।

ज) सञ्चार क्षेत्र

कम्प्युटर, रेडियो, इमेल, ईन्टरनेट, म्यासेन्जर, समाचार, सूचना, प्रविधि, पत्रमित्रता, संवाददाता |

झ) जनप्रशासन

सचिव, अधिकृत, सरुवा, बढुवा, टिप्पणी, फिराद पत्र, मन्त्री खरिदार, सुब्बा, हाकिम ।

ञ) इन्जिनियरिङ

झोलुङ्गे पुल, आकासे पुल, कच्ची बाटो, पक्की घर, लम्बाइ |

बोध र अभिव्यक्ति



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)