सफलताको कथा , कक्षा -११, नेपाली

 


पाठ ९ . सफलताको कथा

शब्दभण्डार

१. दिइएका योगसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशका सहायताले लेख्नुहोस् :

यम : आठवटा योगमध्यको पहिलो चरण वा योग

नियम : अनुशासन

आसन : बस्ने ठाउँ

प्रणायाम : श्वास प्रश्वासमा लयवद्धताका साथ गरिने योग 

प्रत्याहार : अष्टाङ्ग योग मध्यको पाँचौ योग

धारणा : विचार

ध्यान : चित्त एकाग्र पार्ने साधना योगमा रहने मनको स्थिति

समाधि : ब्रह्मा चिन्तनमा केन्द्रित हुने योग साधनाको आठौं वा अन्तिम अवस्था


२. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

क) हलचल नगर्ने : स्थिर

ख) ओइलाएको : मलिन

ग) बौद्धस्मारक : स्तूप

घ) प्राचीन चिकित्साशास्त्र : आयुर्वेद

ङ) एकचित्त : एकाग्रता

च) कथाहिनता : अकथा

छ) एम. ए. वा सो सरह : स्नातकोत्तर


३. दिइएका शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :

व्यग्र

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा रहेको छ ।

चैत्य

लुम्बिनीमा विभिन्न देशहरुले चैत्यको निर्माण गरेका छन् ।

 योग

योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

स्नातक

१२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ ।

मनोचिकित्सा

मनोचिकित्साको मानववादी दृष्टिकोणले मानिसहरूलाई उनीहरूको सम्भावनालाई अधिकतम बनाउन मद्दत पुर्याउँछ

समग्रता

जीव र निर्जीवको समग्रतालाई नै वातावरण भनिन्छ ।

बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)