शब्दभण्डार
१ दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
विख्यात प्रसिद्ध
शोकाकुल शोकको पीडाले छट्पटाएको
मातहत अधीन
मोतीबिन्दु आँखाको नानीमा जालो पर्ने एक रोग
सर्वसुलभ सहज उपलब्ध
माथा शिर
२ दिइका पदपदावलीको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् :
घराना
घुँक्कघुँक्क गर्नु
जनरल फिजिसियन
दृष्टिविहीनता
शिविर
→ घराना (घरको मर्यादा, खानदान) : सन्दुक रुइत व्यापारिक घरानामा जन्मेका थिए ।
घुँक्कघुँक्क गर्नु (रुनु) : बाबा विदेश जाँदा आमाले घुँक्कघुँक्क गर्नुभएको थियो ।
→जनरल फिजिसियन (सामान्य रुपमा शरीरका प्रत्येक अङ्गसम्बन्धी ज्ञान भएको डाक्टर) : एमबिबिएस उत्तीर्ण गरेपछि सन्दुक रुइतले जनरल फिजिसियनका रुपमा काम गरेका थिए ।
→ दृष्टिविहीनता (आँखाले देख्न नसक्ने अवस्था ): सन्दुक रुइतले दृष्टिविहीनता भएका लाखौं मान्छेहरुलाई ज्योति प्रदान गरेका छन् ।
→ शिविर (उपचार, यात्रा आदिका अवसरमा अस्थायी रुपमा संरचना बनाई बस्ने कार्य)
: सन्दुक रुइतले दुर्गम ठाउँमा शिविर राखेर पनि मोतीबिन्दुको उपचार गरेका छन ।
३. दिइएको अनुच्छेदबाट प्राविधिक शब्द पहिचान गरी अनुच्छेदमा प्रयोग गरिएको भन्दा अलग वाक्य निर्माण गर्नुहोस्
सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई 'दृष्टिका देवता' मानेका छन् । नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' का रूपमा यो उपचार पद्धति एशिया, दक्षिण अमेरिका, अफ्रिका लगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत र सम्भव भएसम्म आफैँ उपस्थित भएर संसारभरिका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेको थियो । उनले पुऱ्याएको यो गदानस्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचारप्रसार गरेका छन् ।
उत्तर :
शल्यक्रिया
'रुइतेक्टोमी'
मोतीबिन्दु
जियोग्राफिक
भिडियो
प्रतिष्ठान
बाेध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.