शब्दभण्डार
१.दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
चपरी दुबो, झार आदिसमेतको माटाको चोइलो
दुवाली माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको
साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा लोकले युगौंदेखि संरक्षित गर्दै आएका कथा
२.दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस् :
उत्तर:
आपत् विपत्, छिटोछरितो, छरछिमेकी, हारगुहार, गाउँठाउँ, सहरबजार, सानोतिनो, एकआपस, झैझगडा, एकअर्का, चाडवाड, मेलापर्व, साथीभाइ, भेटघाट, मेलमिलाप
३.दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
उत्तर:
म जे काम पनि छिटोछरितो गर्छु । साथीहरुसँग हाँसखेल गर्न मलाई अत्यन्तै मन पर्छ । साथीहरुलाई गाह्रोसाह्रो पर्दा सहयोग पनि गर्छु । मेरो गाउँमा पानीपँधेरो छ । म पँधेरोमा गएर नुहाइधुवाइ गर्छु । मलाई सफासुग्घर रहन मन पर्छ । मेरा बाल्यकालका साथीसङ्गी विदेशमा पनि छन् । कहिलेकाहीँ इन्टरनेटबाट कुराकानी गर्छौं । हित्तचित्त मिलेपछि टाढा भए पनि सम्पर्क भइरहन्छ । म भने आफ्नै देशमा बस्ने सोचविचार गरेको छु ।
४.दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
कनिका → आमाले चरालाई कनिका दिनुहुन्छ ।
मेलापात → आमा मेलापातको काम गर्नुहुन्छ ।
कोदालो → मैले कोदालोले खेत खन्छु ।
अँगेनो → जाडोको बेला अगेनाको छेउमा बस्न आनन्द लाग्छ।
भकारो → रिमा दिदीले गाईको भकारो सोहोर्नुहुन्छ।
अनौ → बाले अनौ समाएर खेत जोत्दै हुनुहुन्छ ।
जाँतो → दिदीले जाँतोमा मकै पिन्दै छिन् ।
गोठ → गाईहरु गोठमा बसेका छन् ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.