१०.कृषिशालामा एक दिन
शब्दभण्डार
१. तल दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्ः
क) सोच्न लायक : माननीय
ख) बालीनाली : उपज
ग) अर्थपूर्ण : सार्थक
घ) पानीमा बसेर जीविका गर्ने प्राणी : जलचर
ङ) विषयुक्त : विषादी
च) बिउ छरेपछि माटालाई पातपतिङ्गरले छोप्नु : आच्छादन
छ) एउटै स्थानमा पाँच फरक उचाइ हुने वृक्ष लगाउने : पञ्चस्तरीय ढाँचा
२. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
गहुँत
गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ ।
उर्वर
नेपाल उत्परिवर्तन हुन सक्ने उर्वर भूमि भएको विज्ञहरूको मत छ ।
स्थलचर
विश्वका जलचर, स्थलचर, नभचर सबै प्राणी निर्भीक महसुस गर्दै सल्बलाउन थालेका छन् ।
जलप्रबन्धन
बालीनालीका लागि जलप्रबन्धन सबैभन्दा मुख्य कुरा हो ।
कृषिविद्
कृषिविद् हरि दाहालले अब लगाइने हिउँदेबालीका लागि सरकारले बीउदेखि कृषिजन्य सामग्रीहरू सहयोग गर्नु पर्ने सुझाव दिए ।
प्रवर्धन
अहिलेसम्म पर्यटन प्रवर्धनमा कम प्राथमिकतामा परेका मुलुकमा अब पर्यटनको सम्भावना बढेको पाइएको छ ।
समृद्ध
देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ ।
अभियन्ता
शैक्षिक अभियन्ताहरुले नेपाली शिक्षा प्रणाली सुधार गर्नु पर्ने सुझाव दिएका छन् ।
महत्त्वाकाङ्क्षी
आर्थिक क्षेत्र विस्तार गर्ने चीनको महत्त्वाकाङ्क्षी बेल्ड एण्ड रोड परियाेजनाकाे भूराजनीतिक केन्द्रमा नेपाल पनि छ।
ज्ञानशाला
नुवाकाेटमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ ।
३. दिइएका पदावलीहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
विकासका माध्यमबाट आफ्नो सामाजिक तथा आर्थिक अवस्था सुधार्न हामी नेपालीहरुले कृषि कर्ममा लाग्नुपर्छ । आजको कृषि प्रणाली परम्परागत हुनुहुँदैन । परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग मिसाएर हामीले कृषि कार्यलाई एउटा उचाइमा पुऱ्याउनु पर्छ । राज्यले प्रत्येक स्थानीय तहमा एउटा कृषि क्याम्पस खोलेर प्रशस्त कृषि वैज्ञानिक तयार गर्नुपर्छ । कृषिकार्यमा हामीले रासायनिक मलको प्रयोग कम गर्दै प्राकृतिक वातावरण स्वच्छ हुने अनेक प्राकृतिक विरुवाहरु लगाउन जरुरी छ । यदि यसो गर्न सकेमा पर्यावरणको संरक्षणमा ठूलो टेवा मिल्ने थियो
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.