शब्दभण्डार
१. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस् :
भुक्तानी : मूल्य तिर्ने काम
अत्यधिक : ज्यादै धेरै
उपत्यका : चारैतिरबाट पहाडले घेरिएको सम्म ठाउँ
ब्रोकाउली : काउली प्रजातिको तरकारी
कृषक : खेतीपाती गर्ने मानिस
नगदेबाली : नगद आम्दानी हुने कृषिबाली तपसिल
३. अनुच्छेदबाट कोष्ठकको निर्देशनअनुसार हरेकका दुई दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :
(क) झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे । उनी निस्किँहाले भने कहीँ झगडा परेछ भन्ने ठानिन्थ्यो । उनलाई सबै मान्छे अदवसाथ अभिवादन गर्थे । (तद्भव र आगन्तुक)
उत्तरः झगडा, घर (तद्भव)
फैसला, कम (आगन्तुक)
(ख) सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने कुरालाई गम्भीरता साथ सोच्नु पर्ने भएको छ । सहरी क्षेत्रका साँघुरा सडक र यातायात साधनको अत्यधिक चाप यसमा बढी जिम्मेवार छन । ( तत्सम र आगन्तक)
उत्तर: दुर्घटना, गम्भीरता (तत्सम)
सवारी, जिम्मेवार ( आगन्तुक)
(ग) नेपालमा परम्परागत सिँचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने चलनका साथै तराई तथा भित्री मधेसमा बढी मात्रामा नहरबाट सिँचाइ गर्ने आधुनिक प्रक्रियाको विकास भएको छ । (तत्सम र तद्भव )
उत्तरः परम्परागत, सहायता (तत्सम)
खेती, मधेस (तद्भव )
(घ) वायुमण्डल विभिन्न ग्याँसले बनेको छ। यसमा आयतनका हिसाबले सबभन्दा बढी नाइट्रोजन र अक्सिजन छन् भने धुलाको कण, जलवाष्प, मिथेन, ओजोन, कार्बन डाइअक्साइड, नाइट्रस आदि नगण्य मात्रामा छन् । (तत्सम र आगन्तुक)
उत्तर: वायुमण्डल, विभिन्न (तत्सम)
ग्याँस, नाइट्रोजन (आगन्तुक )
४. दिइएका पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्
सम्बोधन → आफूभन्दा ठुलालाई आदरणीय भनेर सम्बोधन गर्नुपर्छ ।
विषय → कार्यालयीय र व्यापारिक चिठीमा विषय लेखिन्छ ।
निवेदक → निवेदनको अन्तिममा निवेदकको नाम हुनुपर्छ ।
अभिवादन → सम्बोधनको तलपट्टि अभिवादन जनाउनुपर्छ ।
प्रेषक→ प्रेषकको नाम र ठेगाना खामको देब्रेपट्टि लेखिन्छ।
प्रापक→ प्रापकको नाम र ठेगाना स्पष्ट नभएमा चिठी सम्बन्धित ठाउँमा पुग्दैन ।
भवदीय → चिठीका अन्त्यमा आत्मीयता जनाउन भवदीय शब्द प्रयोग गरिन्छ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.