छन्द र अलङ्कार

न्द ङ्का


1. अनुष्टुप छन्द अनुष्टुप् छन्दका चारवटा पाउ हुन्छन् यसको बनोट यसप्रकारको छ। यसको एक पाउमा आठवटा अक्षर हुन्छन्। १ चारवटै पाउका पाँचौँ अक्षरका मात्रा या स्वर ह्रस्व लघु हुन्छन्। २ चारवटै पाउका छैटौँ अक्षरका मात्रा या स्वर दीर्घ गुरू हुन्छन्। ३ प्रथम र तेस्रो पाउका सातौँ अक्षरका मात्रा या स्वर दीर्घ गुरू हुन्छन्। ४ दोस्रो र चौथो पाउका सातौँ अक्षरका मात्रा या स्वर लघु ह्रस्व हुन्छन्। ५ प्रत्येक पाउका एक, दुइ, तीन अक्षरका मात्रा वा स्वरमध्ये जसरी पनि एउटामात्रा वा स्वर दीर्घ भइदिएमा सुनमा सुगन्ध हुन्छ। बडाले जे गर्‍यो काम हुन्छ सो सर्वसम्मत छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित । पाउहरूको सातौँ अक्षर क्रमशस् गुरू(लघु हुँदै जान्छ। अर्थात् पहिलो पाउमा गुरू, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरू र चौथौं पाउमा लघु।


2. आर्या छन्द
आर्याछन्दको पहिलो र तेस्रो श्लोकमा १२–१२ मात्रा, दोस्रो श्लोकमा १८ मात्र र चौथो श्लोकमा १५ मात्रा हुन्छन् ।
आर्या छन्दमा कुल ५७ मात्रा हुन्छन् ।
आर्या छन्दका ९ भेद हुन्छन् ।
मात्रिक छन्दमा आर्या छन्द सबैभन्दा प्रमुख मानिन्छ।
यो मात्रिक छन्द हो र यसमा मात्राको गणना हुन्छ ।
यसमा प्रत्येक मात्रामा चारवटा गण हुन्छन् ।

लक्षण
यस्याः पादे प्रथमे द्वादश मात्रास्तथा तृतीयेऽपि ।
अष्टादश द्वितीये चतुर्थके पंचदश सार्या ।।
अर्थात
जसको पहिलो श्लोकमा बाह्र स्वर छन्, तेस्रोमा पनि त्यस्तै छ।
दोस्रोमा अठार र चौथोमा पन्ध्र। छन्दमञ्जरी
आर्या छन्दको उदाहरण 



3. उपजाति
उपेन्द्रवज्रा छन्द र इन्द्रवज्रा छन्दको मिश्रण भएमा उपजाति छन्द बन्दछ
उदाहरण पहिलो विराम ५ मा र, दोस्रो विराम ६ मा हुन्छ

एकै थिइन् ती जननी सबैकी, थिइन् धरित्री सब एकताकी।
सामन्त नै काल हुँदा सबैको, थिएन आत्मा सुखमा कसैको।
यो छाक खायौँ सबैले बिहान, भरे त खाइन्छ कि खाइँदैन 
सुत्यौँ निशामा तर ज्ञान छैन, ब्यूझिन्छ वा भोलि त ब्यूझिँदैन।
उपजाति छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ क् र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
  गण       त     त        ज       ग        ग
मात्रा    SSI  SSI     ISI S S



         द्रुतविलम्बित छन्दको परिचय र स्वरुप


                                   भुजङ्गप्रयात छन्द

चारवटा 'य' गण लागेर बन्ने प्रस्तुत छन्द बहुप्रचलित पिङ्गल शास्त्रीय छन्दको एक प्रकार हो । यो वार्णिक छन्द उर्दु-फारसी वाङ्मयको एक मुतकारिब बहर (बह्र-ए-मुतकारिब मुसम्मन सालिम) सित प्राय: मिल्दोजुल्दो हुनेगर्छ ।    

गणसूत्र: ISS ISS ISS ISS

विश्राम:   ६/६  

............................................

उदाहरण (एक रुबाइगत मुक्तकिलो रचना).......  

नदी होस् न पानी बुडाएर छोड्छन्,

कुराले कुरा ती गुडाएर छोड्छन्,

भनून् जेसुकै लौ तिमी चुप्प लाग,

यहाँ सत्य बोल्दा उडाएर छोड्छन् !

  -नारायण नेपाल




मन्दाक्रान्ता छन्दको परिचय र स्वरुप

मन्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा एक १.मगण १.भगण १.नगण २.तगण २.गुरु हुन्छन।

मान्दाक्रान्ता छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा--ssss॥॥।ss।ss।ss
  • यो नेपाली जनमानसमा बसेको शास्त्रीय समपाद छन्द हो। यसका पनि चारै पाउ समान हुन्छन्।
  • यो छन्दका हरेक पाउमा सत्र अक्षर हुन्छन्। चौथो , दशौँ र सत्रौँ अक्षरमा विश्राम हुन्छन्।

यस छन्दमा

मगण SSS
भगण SII
नगण III
तगण SSI
तगण SSI
अन्त्यमा दुईटा गुरू SS

यसको लय यसरी तयार हुन्छः

नानानाना SSSS = ४
नननननना IIIIIS = ६
नाननानाननाना SISSISS = ७


मालिनी छन्दको परिचय र स्वरुप

यो छन्दको प्रत्येक पाउमा क्रमशः ’न न म  य' गणको प्रयोग हुन्छ । हरेक पाउको आठौँ र अन्तिम अक्षरमा विराम हुन्छ ।

गणपरिचय:- छन्दमा तीनवटा अक्षरको समूहलाई गण भनिन्छ । यो आठ प्रकारको हुन्छ ।

गणसूत्र:- यमाताराजभानसलगा यो सूत्रले गणको स्वरूप बताउँछ । जुन गणको स्वरूप आवश्यक छ, त्यो सहित तीन अक्षर लिई पत्ता लगाउन सकिन्छ । जस्तै:- यगण पत्ता लगाउँदा यमाता तीन अक्षर लिने जसको स्वरूप ।ss हुन्छ । त्यसैगरी सबै गणहरू तल प्रस्तुत गरिएका छन् ।

  • य=।ss - चमेली, गुलेली, जुनेली, बनेली, कमारो, कमेरो
  • मा=sss - आवारा, कोहोलो, दोहोलो, कालेको, बालेको
  • ता=ss। - दुनाम, दुगन्ध, नामर्द, बेनाम, बेचैन, बेताल, संहार
  • रा=s।s - भावना, राम्ररी, बेसरी, सुस्तरी, गुल्मिले, मादिले
  • ज=।s। - कुबुद्धि, कुमार्ग, कुकर्म, कुदृष्टि, कुपुत्र, चलान
  • भा=s।। - दुर्गुण, दुजन, राष्ट्रिय, क्षेत्रिय, साधन, दीपक, निर्बल
  • न=।।। - कमल, मकल, सबल, सजल, मुलुक, मिलित
  • स=।।s - गहना, लहना, रसिलो, नुनिलो, गुनिलो, सुरिलो, बलियो
  • ल=। - यो सङ्केतले ह्रस्व वा लघु मात्रा र स्वर भन्ने जनाउँछ
  • गा=s - यो सङ्केतले दीर्घ वा गुरू मात्रा र स्वर भन्ने जनाउँछ।

लक्षण:-

  • संस्कृत - - ननमयययुतेयं मालिनी भोगिलोकैः ।
  • नेपाली - - ननमयय भएमा मालिनी छन्द भन्छन् ।

उदाहरण:- प्रथम घर कलाको व्यासको पाठशाला, प्रथम बल यही हो आर्यहृत्-को उज्याला । कुसुमहरू यहीँ छन् वेदका पत्रतुल्य सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ ©महाकवि लक्ष्मीप्रसाद देवकोटा


शार्दूलविकीडित छन्दको परिचय र स्वरुप
  • यो समपाद वृत्त हो।
  • यस्मा उन्नाइस अक्षरका चारओटा पाउ हुन्छ।
  • यसमा बाह्रौँ र उन्नाइसौँ अक्षरमा विश्राम हुन्छ।

गण यस प्रकार हुन्छन्:

म SSS  स IIS   ज ISI   स IIS     त SSI     त SSI   गुरू S = १९

उदाहरण १

कालीदास भनेर कोकिळहरू काला भए ता पनि
कुँज्दै छन् वनमा नअड्छ तिनको आफ्नो वसन्ती ध्वनि
के मण्डूक कराउनू प्रकृतिले पापीपना हुन्छ र !
गौरीशङ्करको नजिकचुचुरा उठ्छन् अरू वामन।।

यसमा तीन तीन अक्षरका समूह गण बन्छन् जस्तैः

कालीदा SSS म गणः
सभने IIS सगणः
रकोकि ISI जगणः
लहरू IIS सगणः
कालाभ SSI तगणः
एताप SSI तगणः
नी S गुरू

उदाहरण २ 

बर्खाका दिनमा__बडा बिरहमा______एक्लै बसेँ झ्यालमा__
बादलको दल आइ__घेरिन गयो______आकाश ख्यालख्यालमा__

उदाहरण ३

इच्छा यो छ महेश अन्तिम जसै त्यो मृत्युशय्या जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भई छटपटी
त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।
(इच्छा कविता, बालकृष्ण सम)
  • मुख्य विश्राम १२ र १९ अक्षरमा विश्राम हुन्छ। सुक्ष्म विश्राम ६ - ६ (७ पनि हुन सक्छ)।
  • ४ पाउको श्लोक एकै पाउमा सकिन्दैन र विश्राम हुन्छ हरेक पाउमा।
  • समाप्ति ४ पाउपछि मात्र

शिखरिणी छन्दको परिचय र स्वरुप

शिखरिणी छन्दमा मान्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा १.यगण १.मगण १.नगण १.सगण १.भगण १.लघु १.गुरु हुन्छन।

शिखरिणी छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा--।sssss॥।॥ss।।s


स्रग्धरा छन्दको परिचय र स्वरुप

स्रग्धरा एक छन्द हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। लेखनाथ पौड्यालद्वारा लेखिएको सत्य सन्देश कविता येसको राम्रो उदहारण हो ।

स्रग्धरा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर २१ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

स्रग्धरा छन्द
गणमगणरगणभगणनगणयगणयगणयगण
मात्राssss।ss।।।।।।ss।ss।ss


स्रग्विणी छन्दको परिचय र स्वरुप

यो छन्दमा बाह्र अक्षर हुन्छन्। यदि चारवटा रगण भएमा त्यस छन्दलाई स्रग्विणी छन्द भनिन्छ। विराम: ६.६।

उदाहरण

संस्कृत: कीर्तितैषा चतूरेफिका स्रग्विणी
नेपाली: चारती रेफको स्रग्विणी छन्द हो।

उदाहरण:

पे्रममा हुन्छ रे विश्वको तागत, नेत्रले गर्दछन् प्रेमको स्वागत।
प्रेमिका आउँछिन् प्रेममा पुञ्जिँदै, रासको सार’ली रासमा दौडिँदै।।
प्रेम नै जीवन-सार हो भन्दछन्, ज्ञानवान् बुद्धिमान् प्रेममा डुब्दछन्।
र् गर्छ संसारले प्रेम यो गम्किँदै, सद्युवा गर्दछन् प्रेम नै झयाम्मिँदै।।१३।।

                                 

                           विद्युन्माला छन्द


विद्युन्मालामा दुइटा ‘म’ गण र दुइटा गुरूले बनेको छ। अथवा यसका सबै मात्राहरू दीर्घ वा गुरू छन्। 

उदाहरण यस्तो छ।

आमा छोरा जन्माउन्नौ

संस्कृत: मोमो गोगो (विद्युन्माला) sss sss ss विराम – -२.२.२.२ (म म गु.गु.)

उदाहरण:

१) आमा छोरा जन्माउन्नौ, १) राम्रा मान्छे ज्ञानी मान्छे,
२) देशैलाई माया गर्ने - २) दुःखी बन्छन् आफै केले -
३) कोहो त्यस्तो कालो मान्छे, ३) लुट्ने मान्छे दण्डी हुन्नन्,
४) तिम्रो कोखी रुखो पार्ने –।।३।। ४) यस्तो अवस्था पायो केले –।।४।।
कालो कालो पर्दा लाग्यो भ्रष्टाचारी सस्तै जागे,
अन्धा छन् यी हेर्ने आँखा दण्डै देला कस्तो आई -
कालो धन्दा गर्ने जागेको हो हेर्ने रक्षा गर्ने -
सारा सोझा लागे पाखा।।५।। प्यारो साझा देशैलाई।।६।।

त.त.ज.गु.गु. भएमा इन्द्रवज्रा छन्द बन्दछ। 

संस्कृत: स्यादिन्द्रवज्रा यदि तौ जगौ गः
नेपाली: त त जा गगो

द्रष्टव्य:

गण र गुरू लघु बनाउने स्वर,मात्राका रूपमा आए पनि अथवा एक्लै आए पनि गण र गुरू लघुको सङ्केत नै सम्झनुपर्छ।

                                           

                                इन्द्रवज्रा छन्द

इन्द्रवज्रा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा--ss।ss।।s।ss

उदाहरण (विराम ५.६) (पहिलो विराम ५ र, दोस्रो विराम ६मा)

काला बजारी अनमोल चाला, भोकाहरूको कटुभोक ज्वाला।
सम्पन्नताको र विपन्नताको, सङ्घर्ष हुन्थ्यो नीति भिन्नताको।।७।।
ऊर्णायु महाकाव्य

उपेन्द्रवज्रा छन्द

यो छन्दमा एघार अक्षर, ‘ज त ज’ गण र दुई गुरू हुन्छन्। 

संस्कृत: ज त जा गगौ सा:
नेपाली: ज त जा गुगो

उपेन्द्रवज्रा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को अभिप्राय ह्रस्व अक्षर हुन्छ । यहाँ S र । गरेर ११ वटा अक्षर छन् जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--गुगु
मात्रा--।s।ss।।s।ss

उदाहरण (विराम ५.६) (पहिलो ५मा विराम र, दोस्रो ६मा विराम)

कलङ्कले पूर्ण विपन्नताले, महाकलङ्की अविधानताले।
सबैजनाको असमन्वयैले, थियो अँध्यारो जगतै त्यसैले।।८।।
...........................

एक रुबाइगत मुक्तकिलो रचना थप उदाहरणका लागि यहाँ प्रस्तुत छ ।  

अहो कसो प्यार न यार भन्छौ,

छ एकतामा जग-सार भन्छौ,

सगोलको माल निजी गराई

अझै छ उम्दा परिवार भन्छौ !

     - नारायण नेपाल

वंशस्थ छन्द

वंशस्थ छन्दमा []

  • बाह्रवटा अक्षर हुन्छन्: ज.त.ज.र
  • चारवटा गण हुन्छन्
  • पहिलो ६ र, दोस्रो ६मा विराम हुन्छ।
संस्कृत: ज तौ तु वंशस्थ मुदीरितं जरौ
नेपाली: ज ता ज रा

वंशस्थ छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्र येस प्रकार रहेका छन्। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १२ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा--।s।ss।।s।s।s

उदाहरण

थियो सबैको मनमा विकार नै, हुँदा सबै ती धनका शिकार नै।
धनै भए मित्र नजिकआउँथे, धनै हराए सब ती हराउँथे।।११।।

                                    स्वागता छन्द

पूर्वीय साहित्यका सन्दर्भमा एक सुमधुर स्वर र भावमय लयात्मक व्यवस्था रहेकाे वर्णमात्रिक छन्दका रुपमा स्वागता छन्दलार्इ लिन सकिन्छ । यसमा क्रमशः रगण नगण भगण र अन्तिममा दुर्इ गुरु रहेका हुन्छन् । हरेक हरफकाे सात अक्षरमा छाेटाे विश्राम र अन्तिम अक्षरमा पूर्ण विश्राम हुन्छ । मुख्यतया याे छन्द वीर र करुण रसमा उपयुत्त देखिन्छ । हरेक छन्दमा अनुसार यसमा पनि ४ पाउकाे १ श्लाेक र १ पाउमा ११ अक्षर हुन्छन् । यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ।

गणगुगु
मात्राSISIIISIISS

उदाहरणः

जाग जाग अब जाग न जाग

लाग उन्नतिबिषे अब लाग

घाेर नीद अब ता परित्याग

भाे भयाे अति सुत्याै अब जाग । -धरणीधर काेइराला

स्राेतः देवी नेपाल (छन्द पराग)


                            वसन्ततिलका छन्द

वसन्ततिलका छन्दमा १४वटा अक्षर र ४ वटा गणहरू हुन्छन् । यसमा एक त गण, एक भ गण, दुई ज गण र दुई गुरु हुन्छन् ।

वसन्ततिलका छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा यसप्रकार छन् । यसमा S को अभिप्राय दीर्घ अक्षर र । को अभिप्राय ह्रस्व अक्षर हुन्छ । यहाँ S र । गरेर १४ वटा अक्षर छन्, जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा--ss।s।।।s।।s।ss

                                मालिनी छन्द


यो छन्दको प्रत्येक पाउमा क्रमशः ’न न म  य' गणको प्रयोग हुन्छ । हरेक पाउको आठौँ र अन्तिम अक्षरमा विराम हुन्छ ।

गणपरिचय:- छन्दमा तीनवटा अक्षरको समूहलाई गण भनिन्छ । यो आठ प्रकारको हुन्छ ।

गणसूत्र:- यमाताराजभानसलगा यो सूत्रले गणको स्वरूप बताउँछ । जुन गणको स्वरूप आवश्यक छ, त्यो सहित तीन अक्षर लिई पत्ता लगाउन सकिन्छ । जस्तै:- यगण पत्ता लगाउँदा यमाता तीन अक्षर लिने जसको स्वरूप ।ss हुन्छ । त्यसैगरी सबै गणहरू तल प्रस्तुत गरिएका छन् ।

  • य=।ss - चमेली, गुलेली, जुनेली, बनेली, कमारो, कमेरो
  • मा=sss - आवारा, कोहोलो, दोहोलो, कालेको, बालेको
  • ता=ss। - दुनाम, दुगन्ध, नामर्द, बेनाम, बेचैन, बेताल, संहार
  • रा=s।s - भावना, राम्ररी, बेसरी, सुस्तरी, गुल्मिले, मादिले
  • ज=।s। - कुबुद्धि, कुमार्ग, कुकर्म, कुदृष्टि, कुपुत्र, चलान
  • भा=s।। - दुर्गुण, दुजन, राष्ट्रिय, क्षेत्रिय, साधन, दीपक, निर्बल
  • न=।।। - कमल, मकल, सबल, सजल, मुलुक, मिलित
  • स=।।s - गहना, लहना, रसिलो, नुनिलो, गुनिलो, सुरिलो, बलियो
  • ल=। - यो सङ्केतले ह्रस्व वा लघु मात्रा र स्वर भन्ने जनाउँछ
  • गा=s - यो सङ्केतले दीर्घ वा गुरू मात्रा र स्वर भन्ने जनाउँछ।

लक्षण:-

  • संस्कृत - - ननमयययुतेयं मालिनी भोगिलोकैः ।
  • नेपाली - - ननमयय भएमा मालिनी छन्द भन्छन् ।

उदाहरण:- प्रथम घर कलाको व्यासको पाठशाला, प्रथम बल यही हो आर्यहृत्-को उज्याला । कुसुमहरू यहीँ छन् वेदका पत्रतुल्य सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ ©महाकवि लक्ष्मीप्रसाद देवकोटा



                          पञ्चचामर छन्द

यस छन्दमा कुल १६ अक्षर हुन्छन् । यसको उत्पत्ति रावणद्वारा भएको हो । प्रसिद्ध धार्मिक स्तुति शिवताण्डव रावणद्वारा यही छन्दमा रचिएको थियो ।

यस छन्दमा ८- र १६ अक्षरमा विश्राम लिइन्छ । यसको गण यसप्रकार रहेको छ ।

गण

ज ISI            र SIS           ज ISI            र SIS           ज ISI                S (गुरु)

उदाहरण:

रमाइलो छ यो धरा छ माथ नीर सुन्दरा

मलीन स्वरले सँधै फलाक्छु वीर वन्धना

गरेर चीर कामना म चढ्छु भीर कन्दरा

कथा म रच्छु देशको अमीट छाप झैँ सदा

-कवि जमीन राई














Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)