विरहिणी दमयन्ती कथा









शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
संयत – मर्यादा वा सीमाभित्र रहेको
धूमिल – स्पष्ट नदेखिने
कर्कोटक – पुराणप्रसिद्ध आठ नागमध्ये एक
कन्दमूल – माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
किंकर्तव्यविमूढ – बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
निषाद – एक प्राचीन जाति
वल्कल – रुखको बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री – रूपसज्जाको काममा खटिएकी सेविका
शिंशपा – एक जातको रुख, सिसौ
देहयष्टि – लौरो झैँ दुब्लो शरीर
दुकूल – रेसमी पछ्यौरा
सार्थवाह – व्यापारी लस्करको मुखिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह – तारामण्डल
(ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि – यक्ष वा गन्धर्व
(ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग – पिँढी
(घ) सुसार गर्ने काममा खटिएको – सुसारे
(ङ) जनसाधारणको बसोबास भएको ठाउँ – जनपद
३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
सुइँकुच्चा ठोक्नु
हरिले गाउभरिका मानिसहरुको ऋण खाएर सहरतिर राति नै सुइँकुच्चा ठोकेछ ।
लम्पसार पर्नु
अस्तिसम्म के के न गर्छु भनेर झगडा गरेर हिडने रामआँज पछुताउँदै गाउँलेसामु लम्पसार परेको छ ।
आँखा लाग्नु
हरि र गीताको जोडीमा दैवको आँखा लागेर होला आज छुट्टिएर बसेका छन् ।
मुख फोर्नु
सधै सहेर बस्ने अनुजाले आज सासुसामु मुख फोरेर बाेलिन् ।
तातो लाग्नु
वर्षभरि डुलेर समय बिताएपछि परीक्षाको अघिल्लो दिन तातो लागेर के गर्नु ?
तेल लगाउनु
कुरामा तेल लगाउनेहरुले नै कलह निम्त्याउँछन् ।
सोत्तर हुनु
पाक्ने बेलाको बाली बाँदरले सोत्तर बनाएछ ।
४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
दिन – रात
दुःखी – सुखी
उदाइसकेको – अस्ताइसकेको
पराजय – विजय
विजित – अविजित
अपमान – सम्मान
सूर्यास्त – सूर्योदय
देब्रे – दाहिने
वियोग – संयोग
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
अनुक्रममा मिलाइएको:
अधिकृत, आदेश, टिप्पणी, निलम्बन, परिपत्र, फर्सोट, बढुवा, बेरुजु, भरपाई, राजस्व, सरुवा, स्पष्टीकरण
अधिकृत
राजपत्राङ्कित वा सो सरहको कर्मचारी, कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
आदेश
कुनै काम कार्वाहीका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा
टिप्पणी
कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख
निलम्बन
पद, अधिकार वा दायित्वबाट रोक्का
परिपत्र
विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै व्यहोरामा पठाइने आधिकारिक पत्र
फर्स्यैट
लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना
बढुवा
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नती
बेरुजु
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको
भरपाई
कसैले अरुबाट कुनै वस्तु बुझी लिएको प्रमाणको रसिद
राजस्व
मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
सरुवा
सङ्क्रामक, सर्ने किसिमको
स्पष्टीकरण
छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.