पाठ १ आमाको सपना कविता कक्षा १२ नेपाली






आमाको सपना
-गोपालप्रसाद रिमाल


आमा, त्यो आउँछ र ?
‘‘हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसैले ऊ अधर्मसित लड्ने छ
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ’’
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो
जे होस् त्यो आउँछ
म आमा हुँ, सारा सिर्जनाशक्तिको मुख भएर
म भन्न सक्छु
त्यो आउँछ
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुने छौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुने छौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन
हेरौँला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
उहिले त्यो जीवनलोकबाट झरेर जून जस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा,
त्यो आउने छ, तिमी उठ्ने छौ ।’’
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
‘‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ
अब म उठेँ, गएँ
तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !’’




शब्दभण्डार


१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् :
उषा – झिसमिसे उज्यालो
सपना – रमाइलो भविष्यको आशा वा कल्पना
यौवन – युवा अवस्था
कलिलो – कलकलाउँदो
सङ्ग्राम – लडाइँ
जडता – मूर्खता
कण्ठ – घाँटी
आशा – चाहेको वस्तु पाउने इच्छा


२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
(क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला : शीत
(ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बासँ, निगालो आदिबाट बनाइएको बाजा : बाँसुरी
(ग) लिने वा समात्ने काम : ग्रहण
(घ) सिर्जना गर्ने क्षमता : सिर्जनाशक्ति
(ङ) सन्तुष्ट हुने वा पार्ने वचन : सान्त्वना
(च) वेगसित चलेको हावा : हुरी


३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् :
वायु : हावा
प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।

आमा : माता
हामीले माताको भावनामा चोट पुर्‍याउनु हुँदैन।

मधुर : मन्द
मेरो साथीको आवज सुनेर म मन्द भए ।

गरिमा : गौरव
उनको आफ्नो शक्तिको गौरव र अनुग्रह दुवै व्यक्त गरिन्।

करुणा : दया
मानव प्राणीमा कुनै दया वा करुणा छैन।

नगर : शहर
हामीले गत बिहीबार राती शहर छोड्यौं।

दक्ष : सक्षम, कुशल
नेपालमा कुशल सार्वजनिक यातायात प्रणाली छैन्।

एकान्त : सुनसान
पिर परेको समयमा सुनसान ठाउँको आवश्यकता पर्दछ ।

धरती : पृथ्वी
प्राणीका लागि पृथ्वी एकमात्र जीवित ग्रह हो ।

शिशु : नानी
आमाले नानीलाई राम्ररी स्याहारसुसार गर्नुहुन्छ ।


४. दिइएका उखानको प्रयोग गरी आफ्नो जन्मस्थानको वर्णन गर्नुहोस् :एकले थुकी सुकी सयले थुकी नदी, नजिकको तीर्थ हेला, जिउँदाको जन्ती मर्दाको मलामी, आफू भलो त जगतै भलो, एक हातले ताली बज्दैन

मेरो जन्म आजभन्दा करिव ३४ वर्ष अगाडि नेपालको एउटा रमणीय गाउँ बैतडीको भवनेमा भएको हो । पहाडको हरियो भोटोले बनेको गाउँ भवने मेरो मुटुको टुक्रा हो । सिन्दुमा हराएको बिन्दु जस्तै नेपालको भूमिमा सानो देखिए पनि मेरो गाउँ मेरो हृदयको धड्कन हो। मरो गाउँ प्राकृतिक दृष्टिले नै हेर्दा राम्रो देखिए पनि नजिकको तीर्थ हेला भनेझैँ मानिस सुन्दरता खोज्दै अन्य सहरहरूमा लाग्छन् ।

एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ सहरको धुँवा र धुलो खानु भन्दा मानिसहरू गाउँ घुम्न आउने हो भने गाउँको पर्यटन विकास बढ्न सक्थ्यो । एक हातले ताली बज्दैन भनेझैँ सबै मिली गर्ने हो भने यो काम सम्भव हुन सक्छ । मेरो लागि आफ्नो गाउँको मानिसहरू जिउदाको जन्ती मर्दाको मलामी हुन् । यहाँको मानिसको व्यवहारमा आफू भलो त जगतै भलो भन्ने सिद्धान्त झल्किन्छ । मेरो गाउँका मानिसहरू मिलनसार बनि मिलिजुली बसेकाछन् ।


५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

देवानी, फौजदारी, वारेस, सरजमिन मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत, बिगो, इजलास, कायलनामा, हदम्याद, सनाखत, तारिख


अनुक्रमअनुसार मिलाइएको :अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी, बिगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद


अर्थहरु :

देवानी :फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने


फौजदारी :मारपिट, चोरी, डकैती, ज्यान आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित


वारेस :उत्तराधिकारी


सरजमिन :सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ


मुचुल्का :सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज


अध्यादेश :संसद्को अधिवेशन नभएको बेला खास समयका लागि आवश्यक परेमा सरकारबाट विशेष अधिकारको प्रयोग गरी जारी हुने कानुन सरहको मान्यता हुने आदेश


अधिवक्ता :अधिकृत तहको कानुन व्यवसायी


विधेयक :संसदबाट पारित हुनुभन्दा पूर्वको कानुनी मस्यौदा


जमानत :धितो, धरौटी


बिगो :अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम


इजलास :अदातल


कायलनामा :अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत


हदम्याद :आखिरी म्याद


सनाखत :भिडाउने वा चिनाउने काम, बेवारिसे लास आदि चिन्न लाउने काम


तारिख :अदातलबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति










बोध र अभिव्यक्ति





Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)