शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
उत्तरः
शब्द अर्थ
सखारै सबेरै, बिहानै
बुजो मुखमा टम्म राख्ने काम, बिर्को
गरम तातो, गर्मी
आली खेतको सिमाना छुट्याउन वा पानी अडिने
बनाउन चारैतिर केही उठाइएको माटाको डिल
सामल बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाेखर्च
प्राण हंस
२. घरको माया एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन् त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
वादक : वादकले आलीमा बसेर बाजा बजाए ।
बाउसे : बाउसेले खेतको हिलो सम्याउँछन् ।
रोपार : रोपारहरुले धान रोपे ।
लाठे : लाठे खेत खन्दै हिलो खेल्दै छन् ।
३. दिइएका शब्दका विपरीतार्थी शब्द 'घरको माया' एकाङ्कीबाट खोजेर लेख्नुहोस् :
उत्तरः
वर : पर पछाडि : अगाडि होची : अग्ली
उता : यता उँधो : उँभो विपना : सपना दुःखी : सुखी तातो : चिसो बस : उठ
टाढै : नजिकै
४. घरको माया एकाङ्कीबाट पाँच पाँचओटा टुक्का र अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
टुक्का:
आँत सुक्नु : एकछिन फुटबल खेल्दा मेरो आँत सुक्यो
उखुम पार्नु : केटाकेटी चलेर उखुम पार्छन् ।
कुरोमा कुरो चल्नु : कुरोमा कुरो चल्दा आफ्नो विचार राखेको मात्र हो नत्र मलाई केही चासो छैन ।
बिजुली हुनु : हरि दुई महिना काठमाडौँ बसेर बिजुली भइसकेछ ।
लम्पसार पर्नु : कर्मचारीहरु हाकिमको अगाडि लम्पसार पर्छन् ।
अनुकरणात्मकः
करमकरम : मैले काँक्रा करमकरम चपाएँ ।
पिच्चपिच्च : हर्क काकाले सुर्ती खाएर भित्तामा पिच्चपिच्च थुक्छन् ।
चरचर : पान खाँदा जिब्रो चरचर भयो ।
झलक्क : मलाई झलक्क बाल्यकालको साथीको याद आयो ।
मुसुमुसु : विद्यार्थीहरु शिक्षकलाई हेरेर मुसुमुसु हाँसे ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.