पाब्लो पिकासो जीवनी, कक्षा -१०, नेपाली

 


शब्दभण्डार

१. दिइएका अर्थसँग मिल्ने शब्द पाब्लो पिकासो जीवनीबाट खोजेर लेख्नुहोस् :

(क) सय वर्षको समय वा पिरियड शताब्दी

(ख) मूर्त नभएको अमूर्त

(ग) अत्यन्त धेरै मोल पर्ने  अनमोल

(घ) कहिल्यै नमर्ने अमर 

(ङ) कलापूर्ण ढङ्गले सजाइएको कलात्मक

(च) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ सङ्ग्रहालय


२. पाब्लो पिकासो जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् : 

अदभूत → आश्चर्य, अनौठो कुरा

शैशवावस्था शिशु अवस्था

पूर्णकालीन पूरा समयका लागि हुने

बहुमुखी  विभिन्न विषयको विशेषता वा ज्ञान भएको

सिर्जना रचना

मनस्थिति मनको स्थिति, विचार

आकृति → कुनै व्यक्ति वा वस्तुको स्वरुप 

विसङ्गत नमिलेको, नसुहाउँदो

कृति कुनै पुस्तक, चित्र आदिको रचना


३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

आगन्तुक शब्दहरुः किताब, कापी, कलम, फोन, माइक्रोबस, डम्फु, समयबजी, योमरी, बारा, थर्मस, रक गार्डेन, क्यामेरा, कैद, नास्ता



४. पाब्लो पिकासो जीवनीबाट कुनै पाँचओटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् ।

जादु (फारसी) → मलाई जादु हेर्न मन पर्छ ।

नसा (अरबी) → रक्सीको नसा लागेपछि छुट्न कठिन हुन्छ ।

पिरियड (अङ्ग्रेजी) → पहिलो पिरियडमा नेपाली पढाइ हुन्छ ।

तनाव (हिन्दी) → परीक्षाको तनाव लिनुहुन्न ।

क्यानभास (अङ्ग्रेजी) → क्यानभासमा चित्र कोरिएका छन् ।


बोध र अभिव्यक्ति



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)