पाठ १०. नेपाली पहिचान
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेको
अर्गानिक : जैविक
सौन्दर्य : सुन्दर हुनुको भाव
लैंगिक : लिङ्गसम्बन्धी
विभेद : भेदभाव
कुपरम्परा : नराम्रो परम्परा
संश्लेषण : जोड्ने काम
निर्मूल : पूरै सखाप पारिएको
सान्दर्भिक : प्रसङ्गअनुसार मिल्ने
आडम्बर : देखावटी, ठाटबाट
फलदायी : फल दिने, फाइदादाजनक
२. शब्दकोशको सहायताबाट दिइएका शब्दको कोशीय क्रम मिलाई अर्थ लेख्नुहोस् :
अवलोकन : सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम
आरोहण : चढ्ने वा उक्लने काम वा प्रक्रिया
आविष्कार : नयाँ सिद्धान्तको प्रतिपादन, उत्पादन
गन्तव्य : जाने वा पुग्ने स्थान
छरपस्ट : चारैतिर छरिएको, लथालिङ्ग
परिकार : विभिन्न प्रकार वा किसिमका
पहिचान : परिचय, प्रत्यभिज्ञान मौका : सुहाउँदो समय
विशिष्टता : विशिष्ट हुनाको भाव वा स्थिति
सदुपयोग : कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने काम, उचित उपयोग
सम्मान : विशेष मान, ठुलो आदर वा सत्कार
सरोकार : प्रयोजन, वास्ता, चासो
३. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
लख काट्नु : अनुमान गर्नु
पहाडतर्फ कतै कतै बलेको पिलपिल बत्तीले दुई पहाडको दूरी लख काट्न सकिन्छ ।
आलु खानु : असफल हुनु
बहिनी श्रेयाले कक्षा १२ को ५ ओटै विषयमा आलु खाईछन् ।
पसिना काढ्नु : मिहिनेत गर्नु
राम बहादुरले सालभर पसिना काढेर दुई धार्नी घिउ र चार माना मह जम्मा पार्छ ।
कुरा खानु : भनेको मान्नु
शिक्षकले भनेको कुरा खानु विद्यार्थीको हितमा हुन्छ ।
कान खानु : दिक्क लगाउनु
सानो भाईले बिहानदेखि मिठाई मिठाई भन्दै कान खाएको छ ।
हावा खानु : खुस्कनु
मनपरी सोच्नेको हावा खान समय लाग्दैन ।
आँखा चिम्लिनु : देखेको नदेखी गर्नु
संविधानको संरक्षक राष्ट्रपतिले आँखा चिम्लिनु विडम्बना कुरा छ ।
मन चोर्नु : माया जालमा पार्नु
तिम्रो मन चोर्नु पर्यो भनेर गको त बाटोमा पुलिस घुमीरा रहेछ भनि रमेशले ठट्टा गर्यो ।
मुख छाड्नु : गाली गर्नु
रितेसले भाइको अगाडी मुख छाड्यो ।
४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भनेजस्तै कक्षा -१२ मा अध्ययनरत विजय एक पटक दुर्घटनामा परेपछि बाइक देख्ना साथ डराउँछ । अड्को पड्को तेलको धूप भनेझै एकपटक उसले परीक्षामा कलमको मसी सकिएपछि सिसाकलमले लेखेछ । अनुभवी शिक्षकका अगाडि पाठेक्रमको गफ छाँट्नु इन्द्रका अगाडि स्वर्गको बयान गरे जस्तै हुन्छ । एक हातले ताली नबज्ने भएकाले एकआपसमा सहयोगको आदानप्रदान गर्नुपर्छ । हामी अरुले के भन्ला भनेर डराउनु हुँदैन किनकि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।
५. दिइएका मानविकी तथा साहित्यिक क्षेत्रका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस्
अधिमूल्यन : कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य
अलङ्कार : अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको
अवमूल्यन : कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया
आवासीय : नियत स्थानमै बसेर काम गर्ने
आशुकवि : कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्न सक्ने कवि
उपन्यास : धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा
कथा : प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना
कविता : कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर
प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना
छन्द : यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक
रचना गरिने कुनै निश्चित मान वा रूप
निबन्ध : कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा
लेखिएको छोटो साहित्यिक रचना
रस : साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट स्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, वीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.