शब्दभण्डार
१. दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :
उत्तरः
शब्द कार्य
ख्खाङख्खाङ → खोक्नु
गजक्क → पर्नु
ङिच्च → हाँस्नु
लस्याङलुसुङ → गर्नु
जम्स्याङजुम्सुङ →हुनु
२. 'पख्नोस्' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
सम्पादक : मैले कान्तिपुर दैनिकको सम्पादकलाई चिठी लेख्छु ।
जमिनदार : बुबा जमिनदार भएपछि छोरोलाई सम्पत्तिको चिन्ता हुँदैन ।
शिक्षित : शिक्षित व्यक्ति भए सभ्य समाज बन्छ ।
लेख : मेरो मामाले समसामयिक लेख लेख्नुहुन्छ ।
मनिटर : कम्प्युटरको काम मनिटरमा डिस्प्ले हुन्छ
३.शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस् :
उत्तर:
शिक्षा
पाठ्यक्रम → विद्यार्थीलाई सिकाउन बनाइएको विषयहरुको योजना
मूल्याङ्कन → परीक्षार्थीहरुको विशेषता, कम, स्तर आदि निर्धारण गर्ने काम
पुनर्बल → कामका अझ सक्षम बनाउने अतिरिक्त सहयोग
पुस्तकालय → पढ्नका लागि पुस्तकहरु राखिएको घर
शिक्षालय : विद्यालय, पाठशाला
वाणिज्य
वासलात → कुनै सङ्घ संस्थाको वर्षभरिको आम्दानी र खर्चको विवरण
भौचर → बिकी कारोबारमा नगद बुझाएको प्रमाणका रुपमा दिइने रसिद
फस्योर्ट → लेनदेन हिसाब चुक्ता गर्ने काम
आयव्यय → आम्दानी र खर्च
बेरुजु → आर्थिक कारोबार जाँच्दा नमिलेको
बजेट → भविष्यमा हुने खर्च र आम्दानीको अनुमानित विवरण
निक्षेप → बैङकको खातामा जम्मा गरिने रकम
४. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :
उत्तरः
फतफताइ, दार्शनिक, वैज्ञानिक, हेर्नोस् आउनुभएको
५. पख्नोस् निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
कन्सिरी तात्नु → बिनसित्तिमा दोष लगाएपछि मेरो त कन्सिरी तात्छ ।
आगलागी हुनु → तातोपानीले आगलागि हुँदैन ।
पानीमरुवा हुनु → जायज कुरा गर्न पनि पानीमरुवा हुनु त भएन नि।
जङ चल्नु → जङ चल्यो भने एकैपटकमा म पाँच पिलेट मःमः खाइदिन्छु ।
दाउ हेर्नु → ट्राफिक प्रहरी पनि घुम्तीमा दाउ हेरेर बस्छन् ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.