शब्दभण्डार:
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
सारङ्गी - तारमा रेटेर बजाइने एक प्रकारको नेपाली बाजा
सङ्घर्ष - समस्यासँगको जुधाइ, कठोर परिश्रम
पौरखी - उद्यमशील
धर्ती - पृथ्वी, जमिन
गौरव - इज्जत, प्रतिष्ठा
समृद्धि - उन्नति, प्रगति
स्वर्णिम - सुन जस्तो चम्किलो, सुनौलो
२. दिइएका शब्दका पर्यायवाची शब्द कविताबाट खोजेर लेख्नुहोस् :
हिउँचुली : हिमाल, नयन : आँखा, वासना : सुवास, सृष्टि : सिर्जना, तातो : न्यानो, टाकुरा : शिखर
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
स्वाभिमान : नेपालीहरू आफ्नो स्वाभिमान सधैँ बचाइ राख्नुपर्छ ।
भावना : हामीले अरूको भावनामाथि खेलबाड गर्नु हुँदैन।
ज्ञानभूमि : नेपाल ज्ञानभूमिका रूपमा विश्व परिचित राष्ट्र हो ।
गाथा : नेपाल वीरगाथाले भरिएको देश हो ।
परिवेश : हामीलाई आफ्नो परिवेश प्राणभन्दा प्यारो लाग्छ ।
बोध र अभिव्यक्ति:
Please don't forget to give your valuable suggestions.