शब्दभण्डार
१.दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्
शब्द अर्थ
अपवाद → नियमसँग नमिल्ने
क्षोभ → आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस
लबज → बोली
बडेमा → अति ठुलो
हैरानी → दिक्दारी
हताश → निराश
२. दिइएका उखान टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस्। तीनओटा उखान र तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
अल्छीको ओठमा आहानको झुप्पा, आफू भलो त जगतै भलो, उचालेको कुकुरले मृग मार्दैन, एक हातले ताली बज्दैन, के निहुँ पाऊँ? कनिका बुकाऊ, शोक न सुर्ता भोक न भकारी, डाँडो काट्नु, भुत्ती खेल्नु, कानमा तेल हाल्नु, बलेको आगोमा घिउ थप्नु, घाँटी हेरी हाड निल्नु, लड्का हाँक्नु
उखान अर्थ
अल्छीको ओठमा आहानको झुप्पा काम नगर्नेका कुरा ठुला
आफू भलो त जगतै भलो आफू असल भए सबै राम्रो देखिन्छ ।
उचालेको कुकुरले मृग मार्दैन अर्काको बलमा गरेको काम सफल हुँदैन
एक हातले ताली बज्दैन सहयोग दुवैतिरबाट हुनुपर्छ
के निहुँ पाऊँ? कनिका बुकाऊँ बहाना खोजेर बस्नु
शोक न सुर्ता भोक न भकारी कुनै कुराको चिन्ता नहुनु
डाँडो काट्नु भाग्नु
भुत्ती खेल्नु झुम्मिनु
कानमा तेल हाल्नु नसुनेझै गर्नु
बलेको आगामा घिउ थप्नु उक्साउनु
घाँटी हेरी हाड निल्नु, क्षमताअनुसार काम गर्नु
लङ्का हाँक्नु हिम्मत गर्नु
उत्तरः
अल्छीको ओठमा आहानको झुप्पा भनेझै धारामा गएर पानी ल्याउन अल्छी मान्ने विवेकले आकाशका तारा झार्ने गफ दिन्छ। उसले सबैलाई अल्छी र ठग भन्छ, आफू भलो त जगतै भलो भन्ने कुरा थाहा छैन कि । यस्ता अल्छीलाई इन्जिनियरिङ पढाउन जोड गरेर के गर्ने हो र उचालेको कुकुरले मृग मार्दैन । घरमा सबैले गाली दिन थालेपछि एकदिन बिहानै एउटा मोबाइल चोरेर डाँडो काटेछ । जतिबेला पनि मोबाइलमै भुत्ती खेल्ने रहेछ । अरुले राम्रो सल्लाह दिँदा पनि कानमा तेल हालेर बस्नाले उसको जिन्दगी नै बर्बाद भएछ।
३. उदाहरण दिइए झै अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस् :
माेहन शर्माले सुनकोसी र तामाकोसीको सङ्गमस्थल खुर्कोटनजिक आफ्नै खेतमा फलफूल खेती गरेका छन्। उनले आँप, मेवा, कटहर, केरा, जुनार जस्ता फलफूलका बिरुवा लगाएका छन्। त्यससँगसँगै काउली, मुला, गाँजर, आलु आदि तरकारी र रायो, तोरी, चम्सुर, पालुङ्गाको साग पनि कलकलाउँदो बनाएका छन् । नेपालीको महान् चाड तिहारमा फूलको बढी माग हुने कारण सयपत्री, मखमली, गोदावरी, बाबरी आदि फूल पनि प्रशस्त फुलाएका छन् । उनले यसैबाट पर्याप्त आर्यआर्जन गरी आफ्नो जीविकोपार्जन गरेका छन् ।
समावेशक समावेश्य
फूल सयपत्री, मखमली, लालीगुराँस, गोदावरी, बाबरी
नदी सुनकोसी, तामाकोसी
फलफूल आँप, मेवा, कटहर, केरा, जुनार
तरकारी काउली, मुला, गाँजर, आलु
सागपात रायो, तोरी, चम्सुर, पालुङ्गा
४.आयाम कथामा तामाङ भाषाबाट प्रभावित शब्द आएका छन्, तिनलाई टिपेर नेपाली भाषाको मानक रूप लेख्नुहोस् ।
उत्तरः
गारेका गरेका मोइले मैले
गार्छ गर्छु पायो पाएँ
मो म डार डर
ता त भानेको भनेको
जासरी जसरी नि पनि
ब्या बिहे गर्यो गरें
५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
तरङ्ग : मायालुलाई भेट्न पाउँदा मनमा छुट्टै तरङ्ग पैदा हुन्छ।
आमन्त्रण : साथीले मलाई आफ्नो जन्मदिनको भोजमा आमन्त्रण गरेको छ।
उत्प्रेरणा : शिक्षकले पढाउनुभन्दा पहिले उत्प्रेरणा दिए राम्रो हुन्छ ।
बगैंचा : बगैंचामा ढकमक्क फूलहरु फुलेका छन् ।
पारिश्रमिक :राम्रो पारिश्रमिक पाउने लोभमा धेरै युवाहरु विदेश गएका छन् ।
पारदर्शी :विद्यालयमा आम्दानी र खर्चको हिसाबकिताब पारदर्शी बनाउनुपर्छ।
सम्पर्क :इन्टरनेटले टाढा भएका आफन्तसँग सम्पर्क गर्न सजिलो भयो ।
क्षितिजः पूर्व क्षितिजबाट सूर्य उदायो ।
असीमितः मान्छेका चाहना असीमित हुन्छन् ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.