एक चिहान उपन्यास


                                                                         एक चिहान उपन्यास

उपन्यासकार परिचय
हृदय चन्द्रसिंह प्रधान (जन्म वि.स. १९७२ माघ १२ गते काठमाडौँ, मृत्यु २०१६ माघ १० गते काठमाडौँ नेपाली साहित्यका उपन्यास, नाटक र निबन्ध क्षेत्रका त्रिवेणी हुन् । अनौपचारिक शिक्षा प्राप्त गरेका सिंह नेपाली भाषा प्रकाशनी समितिका सदस्य समेत भएका थिए । उनले ‘साहित्य स्रोत’, ‘जागरण’, ‘चेतना’ जस्ता पत्रपत्रिकाका सम्पादक भएर काम गरे वापत वि.स. २००५ सालमा नेपाल साहित्य परिषद्द्वारा पुरस्कृत समेत हुन पुगेका थिए । आफ्ना रचनामा प्रगतिशील विचार व्यक्त गर्ने प्रगतिवादी उपन्यारकार सिंहका ‘एक चिहान’, ‘स्वस्नी मान्छे’ उपन्यास; ‘छेउ लागेर’, ‘गंगालालको चिता’ नाटक र ‘जुँगा’ जस्ता उत्कृष्ट निवन्धका साथै विभिन्न समलोचनात्मक कृतिहरू समेत प्रकाशित भएका छन् । समाजमा रहेको अन्याय अत्याचार र धनी गरिबबिचको वर्गीय विभेद अन्त्य, सामाजिक कुसंस्कार, विकृति र रुढीवादी मान्यताप्रति विरोध अनि समानतामूलक समाज निर्माण गर्ने सुधारवादी चेतना उनका रचनामा पाइन्छ । त्यस्तै आलोचनात्मक यथार्थवाद, मानवतावाद तथा घटनालाई भन्दा चरित्रलाई बढी जोड दिने प्रवृत्ति जस्ता औपन्यासिक विशेषता उपन्यासकार प्रधानका उपन्यासमा पाइन्छन् ।


चरित्र चित्रण
‘एक चिहान’ उपन्यासमा अष्ट नारान, लतमाया, शिव नारान, पुन नारान, नानीथकँु, हाकुमाया, सिन्तली, पुतली, डा. गोदत्त प्रसाद, रञ्जना देवी, राम खेलवान राउत, माहिला तामाङ, सुरमान सुब्बा, राम बहादुर, महिला कविराज, तुयु गुभाजु, रोपाइँका खेतला, नोकर, छिमेकी, गुठियार आदि पात्रहरूको जमघट रहेको छ । 

अष्ट नारान :
 अष्ट नारान ज्यापू शिव नारान, पुन नारान, हर्ष नारान र नानीथकँुका बुबा र लतमायाका ६५ बर्षे श्रीमान् हो । उसको आर्थिक अवस्था अत्यन्त कमजोर छ । ऊ प्रगतिवादी सोचाइ राख्ने पात्र हो । उपन्यासको सुरुदेखि अन्त्यसम्म उसको सोचाइमा परिवर्तन नआएकाले ऊ गतिहीन पात्र हो । उसले तत्कालीन समाजमा व्याप्त कुसंस्कार, कुरीति, अन्ध विश्वास, अनावश्यक तडकभडकको विरोध गरेको छ । उसले ऋण लिएर भोज भतेर गर्ने, मर्दापर्दा आफन्तहरू रुँदै बिचा आउने प्रथाको अन्त्य गर्न चाहने पात्र हो । भिन्न जाति र संस्कृतिका मान्छेहरू बिचको वैवाहिक सम्बन्धले नेपाली एकता अझ बलियो हुन्छ भन्ने धारणा भएको अष्ट नारायण प्रगतिवादी विचार भएको व्यक्ति हो । परिश्रमको पूजा गर्ने अष्ट नारान उपन्यासको अनुकूल पात्र हो । त्यस्तै आफ्नै दाह संस्कारकै लागि पैसा जोगाइ राख्ने, सन्तान ऋणको खाडलमा नपरुन भनी उपचार समेत नगर्ने र गोदत्त प्रसादको नियतिलाई अगाडि नै चिन्ने अष्ट नारान दूरदर्शी पात्र हो । धर्तीमाताको सेवा गर्नु किसानको परम कर्तव्य सम्झने ऊ कर्तव्यशीलपात्र हो । जातीय एवंम् सांस्कृतिक समिश्रण चाहने प्रगतिवादी, विद्रोही एवम् क्रान्तिकारी प्रवृत्ति भएको अष्ट नारान उपन्यासकारको मुख पात्र पनि हो । समग्रमा हेर्दा अष्ट नारान पुरुष, मञ्चीय, स्थिर, बद्ध, वर्गगत, सत र मुख्य पात्र हो भन्न सकिन्छ ।

शिव नारान :
 शिव नारान अष्ट नारान र लतमायाको जेठो छोरो हो । उपन्यासमा उसको भूमिका प्रमुख पात्रका रूपमा रहेको छ । उसले बाबुको मृत्युपछिआफूमा आएको अभिभावकत्व पूरा गर्न सफल देखिन्छ । शिव नारान सामाजिक सुधारको वाहक अनि प्रगतिशील विचारको प्रतिमूर्तिका रूपमा उपस्थित भएको छ । कसैले अन्याय अत्याचार गरेको सहन नसक्ने शिव नारान सचेत र किसान वर्गको प्रतिनिधित्व गर्ने वर्गगत पात्र हो । बाबुआमाका अगाडि सम्पत्ति केही होइन भन्ने शिव नारान पितृभक्त छ । समय र मानिसको व्यवहारअनुसार आफ्नो दृष्टिकोण बदल्न सक्ने शिव नारायणको चरित्रमा केही मात्रामा गतिशीलता पाउन सकिन्छ । उपन्यासको अन्त्यतिर गोदत्त प्रसाद र सुरमान सुब्बाको अत्याचार सहन नसकी तिनीहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ । पैसाको बलमा बहिनीको जवानीसँग  खेलबाड गर्न खोज्ने गोदत्त प्रसाद र सुरमान सुब्बाको शोषणको घोर विरोध गर्ने शिव नारान दृढ साहसी एवम् निडर व्यक्तित्वका रूपमा देखिन्छ । स्वस्थ र आपसी प्रेमको समर्थन अनि वासनात्मक र क्षणिक प्रेमको विरोध गर्ने ऊ आफ्नै पिता झै प्रगतिवादी देखिन्छ । ऊ अन्तर्जातीय विवाहबाट साम्प्रदायिक भेदभावको अन्त्य भई बन्धुत्व एवम् भातृत्वको भावना जागृत हुने आशा राख्दछ । शिव नारान इमान्दार, आज्ञा पालक, परिश्रमी, स्वाभिमानी, सङ्घर्षशील, विद्रोही चेतना भएको सत पात्र हो ।

गोदत्त प्रसाद :
डाक्टरी पेसामा संलग्न गोदत्त प्रसाद विरामीको सेवा गर्ने जिम्मेवारी भए पनि फिस कवोल नगराई बिरामी नजाँच्ने र धरपकड गरेर पनि फिस असुली छाड्ने पैसामुखी चरित्रको पात्र हो । टोलमा नाम चलेको डा. गोदत्त प्रसाद यस उपन्यासको खल पात्र हो । तिनवटा छोराछोरीका बाबु र रञ्जना देवी जस्ती सभ्य शिक्षित र सुशील श्रीमतीको पति भएर पनि राम्री तरुनी देखेपछि हुरुक्क हुने गोदत्त कामुक एवम् पशुवत् व्यवहार भएको व्यक्ति हो । नारी जातिलाई केवल भोग विलास र मनोरञ्जनको माध्यम ठान्ने गोदत्त प्रसाद सामाजिक विकृति ल्याउने व्यक्ति हो । यसबाट गोदत्त प्रसाद सामाजिक अनुसासन, मर्यादा, नैतिकता समेतको डर नभएको जङ्गली साबित हुन्छ । शिव नारानले आफ्ना बाबुको उपचारका लागि अनुरोध गर्दा सुरुमा जान नमाने पनि नानीथकुँको यौवनबाट प्रभावित भई ऊसँग प्रेमको नाटक रचेर उसको शरीरसँग खेल्ने लोभमा निःशुल्क उपचार गरि दिने गोदत्त प्रसाद चरित्रहीन र पतीत व्यक्ति हो । बाहिरी देखावटमा सभ्य देखिए तापनि भित्री रूपमा उसको चरित्र विवेकहीन छ । समाजमा सेवा भावभन्दा पैसालाई महइभ्व दिने, गरिब र दुःखी बिरामीप्रति बेवास्ता गर्ने, रूप र जवानीको लालचमा अवला सोझा नारीको नारीत्व र कुमारीत्व लुट्ने समाजको सुकुल गुन्डाहरूको प्रतिनिधि पात्र हो ।

नानीथकूँ : 
नानीथकूँ अष्ट नारान र लतमायाकी छोरी र शिव नारानकी बहिनी एवम् प्रमुख नारी पात्र हो । सत्र वर्षकी अनि नव यौवनले भरिएकी सोझी एवम् अबोध पात्र हो । उसको गोरो र हिस्सी परेको सुन्दर अनुहार, बैँसको पुष्टता र फक्रिएको यौवनबाट डा. गोदत्त प्रसाद मात्र नभई ५८ वर्से सुरमान सुब्बा पनि लोभिएको छ । उपन्यासमा उसले अशिक्षित, असचेत, अल्लारे र निम्न वर्गीय चेलीहरूको प्रतिनिधित्व गरेकी छ । सरल एवम् निश्छल स्वभावकी यस युवतीको आँखा खोल्ने काम रञ्जना देवीले गरेकी छन् । यसले गर्दा उसमा जीवनको वास्तविकताको बोध भएको छ । डाक्टरको वासनात्मक प्रेम र सुब्बाको अनमेल विवाहलाई अस्वीकार गरी सचेत र सत् चरित्रका रूपमा बदलिएकी हुनाले ऊ गतिशील पात्र हो । अस्वाभाविक सम्बन्धलाई अस्वीकार गरी अन्तर जातीय विवाहलाई अवलम्बन गर्ने पात्र हो । समाजका दुष्ट एवम् स्वार्थी पुरुषका कामुक आँखाबाट डामिएकी यस चेलीले समग्र गरिब युवतीहरूको प्रतिनिधित्व गरेकी छे ।

रञ्जना देवी : 
रञ्जना देवी उपन्यासको अन्तिम खण्डतिर देखिएर उल्लेखनीय काम गर्ने सहायक पात्र हो । डाक्टरकी श्रीमतीका रूपमा देखिएकी ऊ शिक्षित, बुझक्कड, निडर र चतुर नारी पात्र हो । रञ्जना देवी नारी अस्तित्व, स्वाभिमान, नारी आदर्श र नारी अस्मिता बोध भएकी पात्र हो । नारीको सामाजिक नैतिक दायित्व सम्बन्धी आफ्ना धारणाहरू रञ्जना देवी मार्फत उपन्यासकारले व्यक्त गरेको पाइन्छ । उपन्यास भित्रको नारीप्रतिको दृष्टिकोण अभिव्यक्त गर्ने रञ्जना देवीलाई यस उपन्यासकी मुखपात्र मान्न सकिन्छ । ऊ पथभ्रष्ट भएको आफ्नो पतिलाई सही बाटोमा ल्याउन र नानीथकुँ जस्ती अपरिपक्व नारीलाई नारी अस्मिता, नारी अस्तित्व र जीवन बोध गराई सचेत बनाउन सफल भएकी छ । लाग्नेको चारित्रिक कमजोरीबाट सिर्जित समस्यालाई समाधान गरेर आफ्नो दाम्पत्य जीवन सुखी बनाउने रञ्जना देवी सचेत पात्र हो । निडर स्वभाव र अन्यायका विरुद्ध प्रतिकार गर्न सक्ने भएकाले रञ्जना देवी निर्भिक चरित्र पनि हो । ऊ तर्कद्वारा अरूलाई आफ्नो प्रभावमा पार्न सक्ने पात्र हो । ऊ स्थिर एवम् सत् चरित्रका रूपमा उपन्यासमा उपस्थित भएकी छ ।

सुब्बा सुरमान :
सुरमान सुब्बा उपन्यासको सामन्ती चरित्र भएको व्यक्ति हो । ऊ सन्ताउन्न वर्षको बुढो छ । उसमा धन सम्पत्तिको मात लागेको देखिन्छ । सुरमान गरिबहरूसँग चर्को व्याज असुल्ने अनि उनीहरूको गरिबीको फाइदा उठाउने पात्र हो । उसले धनदौलत र सुख सुविधा प्रदान गरि दिने प्रलोभन बाँडी नानीथकुँ आफ्नो हात पार्न चाहन्छ । यस कार्यमा उसले आफ्नो कारिन्दा राम बहादुरलाई प्रयोग गरेको छ । शिव नारानका दृष्टिमा सुरमान एक द्रव्य पिशाच हो । उसमा लोक र परलोकको समेत आस्था देखिँदैन । मरिसकेको अष्ट नारानले वचन दिइसकेको भन्दै राम बहादुरले नानीथकुँ सुरमानलाई दिन आग्रह गरेको प्रसङ्गबाट यस कुराको रहस्य खुलेको छ । उसले अघिल्लो साल शिव नारायणको खेती बिग्रेर बाली तिर्न नसक्दा आफ्ना छोराहरूलाई पठाएर सयकडा पच्चिस बढाई तमसुक लेखाएको छ भने अहिले नानीथकुँको यौवनसँग खेल्ने आशामा तान समेत मुफतमा पठाउने र बाली समेत मिनाहा गरी दिन खोजेको छ । यो कुरा नानीथकुँ पाउने आशा मरेपछि सबै ऋण तुरुन्त तिर्न राम बहादुरले भनेको कुराबाट बुझिन्छ ।


शब्दभण्डार


१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :


रुजु – कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम

कविराज – आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि

पेस्की – काम पूरा हुनु पहिले दिइने रकम

तल्सिङ – मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी

समवेदना – उस्तै दु:खको अनुभव

निर्दयी – दया नभएको

अकर्मण्य – केही पनि काम नगर्ने, निस्क्रिय

मुराद – भित्री आशय

सान्त्वना – आश्वासन, ढाडस

हथुङ्गा – हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग

दागबत्ती – शवका मुखमा राख्ने बत्ती

कृतज्ञता – अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव


२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :


गुभाजु – बिरामीहरूलाई झारफुक गर्ने नेवार समुदायको तान्त्रिक व्यक्ति

उघाड – सीमा नाघेर भन्नु

फोने – बिना मागमा आफैँ दिन खोज्नु

माचाछी – जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र

नङ्के – कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु

बिचा: – क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट दिइने सिधा

डल्लेठो – डल्ला फोर्ने काठको हतियार

खर्पन – काठमाडौँमा प्रचलित मालसमान बोक्ने साधन

क्वेना – बाँध, किनार, कुना, नदीको भुमरी पर्ने किनारको खोच


३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :


दीक्षा – मन्त्रोपदेश

सितिमिति – हत्तपत्त

उपचार – इलाज

पेटपालो – गुजारा

मृत्यु – निधन

बोली – वाणी

मौन – चुप

तत्क्षण – तत्काल

फजिती – मुस्किल

सावगास – शक्ति


४. दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :


उत्तर

उनले मेरा सबै प्रश्नहरुको उत्तर दिइन् ।

उत्तर बाट हावा चलिरहेको छ ।


खरी

म खरीको बोटका चढेँ ।

कालो पाटीमा खरीले राम्ररी लेख ।


गोल

पृथ्वी गोल छ ।

सिमलको गोलले आरन तात्याे  ।


जग

राम्रो जग बिना कुनै राम्रो भवन बन्दैन ।

मैले जगबाट पानी खाएँ ।


तान

तानमा कपडा बुन्न सजिलो हुन्छ ।

तिमी बिस्तारै डोरी तान ।


तर

दुधको तरबाट मोही बनाइन्छ ।

होसियार भएर खोला तर ।


पत्र

रामकाे हातमा रबिनकाे पत्र थियो ।

फूलका पत्र पत्रमा बास्ना आउँछ ।


वर

जामाडी वर मेरो घर छ ।

चौतारीमा वरको रुख छ ।


बाली

यसपाली बाली सप्रियो ।

रामको गाई बाली गएछ ।


रहर

मेरो काठमाडौँ सहर घुम्ने रहर छ ।

रहरको दाल धेरै महङ्गो भएछ ।


साँचो

साँचो बोल्ने बानि सबैले बसाल्नु पर्छ ?

साँचोले ताल्चा खोलिन्छ ।


सुर

ऊ आफ्नै सुरमा काम गर्छ ।

मलाई सङ्गीतको सुर निकै मन पर्छ ।


हार

अज्ञानी मान्छेलाई हराउन असम्भव छ ।

मैले मेरो प्रेमिकालाई हार उपहार दिए ।


जाली

राम निकै जाली भएछ ।

जाली नोटको कारोबार दण्डनीय छ ।




५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :


दिन – दीन

दिशा – दिसा

शव – सब

बाँस – बास

व्यसन – बेसन

प्रदान – प्रधान

कोस – कोश

जाति – जाती

फेरि – फेरी

खालि – खाली

पाश – पास

गर्भ – गर्व

विष – बिस

आदि – आदी

पाइन् – पाइन

ताप – टाप

देखि – देखी

सिता – सीता


६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :


कमिला – ताँती

गाईवस्तु – बथान

मौरी – गोलो

बारुला – गोलो

बाँस – घारी

दाउरा – खलियो

डोरी – माला

मानिस – जमात

मकै – थाङ्ग्रो

भेडा – बथान

पराल – कुनिउँ, माँच, टौवा

पर्वत – शृङ्खला, श्रेणी

सिपाही – फौज, पल्टन

धुवाँ – मुस्लो


७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :


छेपारो – रङ बदल्ने

कुवेर – धनी

रामराज्य – सम्पन्न र सुखी राज्य

दुर्वासा – रिसाहा

दधिची – त्यागी

सुदामा – गरिब, निर्धन

भीष्म – भयानक

बाँदर – आफ्नो घर बिगार्ने अरुको पनि बनाउन नदिने

साँढे – मिचाहा

जुको – परजीवी

सावित्री – सती वा पतिव्रता

गङ्गा – पवित्रता

स्याल – बाठो

ब्वाँसो – धूर्त

आकाश – रित्तो वा विशाल

एकलव्य – लगनशील वा एक्लो योद्धा

मौरी – परिश्रमी

लक्ष्मण रेखा – सीमा वा मर्यादा

महाभारत – लडाइँ, झगडा

कर्ण – दानी, उदारता

भेडो – मुर्ख

कुम्भकर्ण – सुताहा

भगीरथ – प्रयत्न कठिन प्रयास

विदुर – ज्ञानी वा विवेकी

युधिष्ठिर – धर्मात्मा वा अजेय

शकुनि – कपटी वा षडयन्त्रकारी

नारद – कुरौटे

८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :


शाकाहारी – सात्विक भोजन मात्र गर्ने वा माछामासु नखाने

मांसाहारी – माछामासु खाने

पुङमाङ – दुवैपट्टि खुला भएको ढुङ्ग्रो

गृहस्थी – घरबार गरेर बस्ने व्यक्ति

अल्लारे – आलोकाँचो अवस्थाको

पेवा – निजी

दशक – दश वर्षको अवधि

शताब्दी – सय वर्षको समय

सहस्राब्दी – एक हजार वर्ष

शाश्वत – सधैं रहिरहने, चिरस्थायी

वात्सल्य – आमाबाबुको सन्तानप्रतिको स्नेह

न्वाँगी – नयाँ धानबाली पाकेपछि देवता वा पितृलाई चढाई खाइने दही चामल

नाबालक – बालिग हुने उमेर नपुगेको बालक

लैनो – भर्खर बियाएको

बकेर्नो – दुध थाक्ने बेला भएको दुहुनो

सत्पात्र – असल व्यक्ति वा पात्र

आद्योपान्त – सुरुदेखि अन्त्यसम्म

क्षितिज – पृथ्वी र आकाश जोडिएजस्तो देखिने

उपवास – केही नखाई व्रत बस्ने काम

सर्वभक्षी – भोज्य र अभोज्य विचार नगरी सबै कुरा खाने

ढडिया – माछा समात्ने सोलीजस्तो पासो

अभेद्य – प्वाल पार्न नसकिने

कटुभाषी – नमिठो बोल्ने

अल्पभाषी – थोरै भाषा जान्ने

मृदुभाषी – मिठो भाषा बोल्ने

बहुभाषी – धेरै भाषा बोल्ने

बहुरूपी – धेरै रूप धारण गर्ने

अघोरी – जे पायो त्यही खाने

कायममुकायम – कार्यबाहक

कार्यवाहक – कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी

पर्म – आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन

अवर्णनीय – वर्णन गर्न नसकिने

अव्यक्त – प्रकट नभएको

थाती – धरौटी जमानत

कलस्यौली – विवाहमा कलश बोकेर जन्तीमा हिँड्ने कन्या

अलौकिक – यस लोकमा नहुने वा नपाइने


९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :


उल्का – पुञ्ज, धूमकेतु

ज्ञेय – जान्न लायक

ग्रह – सूर्य र यसको वरिपरि घुम्ने आकाशीय पिण्ड

नक्षत्र – तारा, सितारा मोती

तारापुञ्ज – आकाशमा देखिने ताराहरूको समुदाय, तारामण्डल

धुमकेतु – पुच्छ्रेतारोउल्काका राती आकाशबाट खस्न लागेको वा एक गइरहेको देखिने

ब्रह्माण्ड – पृथ्वी, अन्तरिक्ष, ग्रह

राशि – क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन लगायत बाह्र ताराहरुको समूह

सौर्यमण्डल – सूर्य र यसको वरिपरि घुम्ने ग्रहहरूको समूह




बोध र अभिव्यक्ति


१. ‘एक चिहान’ उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :


(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?

अष्टनारानले आफ्ना छोराहरू र छोरीलाई जन्माएँ तर गाँसबासको केही व्यवस्था मिलाउन सकिन, सधैँभरि पूजा गरे पनि भगवानले पनि केही सुनेनन् भन्दै श्रीमतीलाई सम्झाउँछन् । आमा र बहिनीलाई जस्तोसुकै दुःख सहेर पनि हेला नगर्नु भनी अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई सम्झाए ।


(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन् ?

अष्टनारानले अलिअलि गरदै पच्चिस रुपियाँ जम्मा गरेर छिँडीमा ढिकीनेर खाल्टोमा गाडेर राखी आफ्नो काजकिरियाका लागि रुपियाँको बन्दोबस्त मिलाएका छन् ।


२. दिइएका बुँदालाई समेटेर ‘एक चिहान’ उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :

दुई महिना देखि सिकिस्त बिरामी अष्टनारानको उपचार सुरु हुन्छ । उनलाई आफ्नै टोलको गुभाजुबाट एक महिना, असनका तुयु गुभाजुबाट एक्काइस दिन, माहिला कविराजबाट एक हप्ता उपचार गराउँछन् । येति गर्दा पनि कसैको सिप लाग्दैन र व्यथा झन् बढ्दै जान्छ । गाउँमा एउटा डाक्टर त थिए तर उसँग उपचार गराउन उनीहरूसँग पैसा भने थिएन । उनीहरुले क्रियाको खर्चका लागि भनेर राखेको पचिच्स रुपियाँले बाबुको उपचार गर्ने निर्णय गर्छन् र डाक्टर गोदत्तप्रसादकहाँ जान्छन् । गोदत्तप्रसादले शिवनारानको आग्रहलाई महत्त्व दिँदैन । अष्टनारानलाई बिमारले साह्रो पारेपछि पुननारान पनि डाक्टरकहाँ पुग्छन् । शिवनारान र पुननारानले अनुरोध गर्दा पनि गोदत्तप्रसाद आउन तयार हुँदैनन् । घरपुग्नासाथ पाँच रुपियाँ फी दिने कबोल गरेपछि मात्र गोदत्तप्रसाद अष्टनारानकहाँ जान तयार हुन्छन् ।


३. तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : 

प्रश्नहरू 

(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?

प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ भन्नुनै प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ।


(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?

प्रेम हुन गाह्रो छैन र यो तुरुन्तै पनि हुन सक्छ । प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ । प्रेमका विषयमा उपन्यासकारको भनाई अल्लारे र भावुक प्रेम गर्नु हुँदैन, आत्मीय प्रेम गर्नुपर्छ र अल्लारे र भावुक प्रेमले दुःख दिन्छ भन्नु छ ।


४. अष्टनारानले मर्ने बेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।

अष्टनारानले मर्ने बेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनका अनुसार किसान संसारका अन्नदाता हुन् । उनीहरुको रगत र पसिनाको एक एक थोपाबाट एक एक गेडा अन्न फल्ने गर्छ । उनीहरुकै परिश्रममा संसार थामिएको छ । किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । असार बिग्रियो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ । किसानले परिश्रम गर्न छोड्यो भने किसानको अस्तित्व र धर्ममा नकारात्मक असर पर्छ बताएका छन् । अतः किसानले कहिल्यै अल्छी गर्नु हुँदैन र जहिले पनि कृषि कर्ममा तल्लीन रहनु पर्दछ भन्ने सिद्धान्त अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई बताएका छन् ।

५. मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।

नेपाली साहित्यका धनी उपन्यासकार हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई मूल विषयवस्तु बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ ।


नेपाली समाजमा अनेक प्रकारका कुसंस्कारहरु परम्परामा धेरै अघिदेखि चल्दै आएका छन् । मानिस मर्दा पर्दा गरिने काज क्रिया भोज भतेर खुवाउने, दान दिने, टिका दक्षिणा, नाता मित्र भेला भएर विचाः प्रथा देखिन्छ । अष्टनारान यस उपन्यासका प्रगतिशील विचार राख्ने पात्र हुन् । उनी आफ्ना विचारलाई व्यवहारमा समेत उतार्ने पात्र हुन् । हाम्रो समाज संस्कृतिमा सम्पन्न छ । यहाँ केही अन्धविश्वास पनि कायम रहेको छ । अष्टनारानले समाजमा रहेका कुप्रथा विरुद्ध क्रान्तिकारी कदम चालेर बन्दै गरिदिएका थिए र उनको छोराले पनि बाबुको क्रान्तिकारी कदम अनुसरण गरे । यस्ता करै लाग्ने परम्पराका नाममा गरिबहरू झन गरिब भएका छन् । यस्ता अनावश्यक परम्परालाई हामी सबैले अष्टनारानले जस्तै जरैदेखि उखेलेर फाल्नु पर्छ । राम्रा कुरा र सबैलाई उपयोगी हुने चलनलाई मात्र हामीले अनुसरण गर्नु पर्दछ भन्ने मेरो तर्क रहेको छ ।


६. ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।

‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधानद्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०१० साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझेलमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरुले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ ।


यसै गरि ‘एक चिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनीय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था यस उपन्यासमा देखाइएको छ । जातीय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोषित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघेपछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पनि दान दिनैपर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुँदा यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिँ भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्रसाद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरिएकाे छ । यस प्रकार एक चिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ ।


७. ‘एक चिहान’ उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :


(क) शिवनारान

शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् । यस उपन्यासमा उनको मुख्य पात्र तथा नायक, निम्नवर्गीय पुरुष पात्र, मिहिनेती किसान, प्रगतिशील विचार राख्ने, बाबुको सम्मान गर्ने र बाबुको विचारबाट प्रेरित पात्र, असल पति, असल दाजु, असल अभिभावक, कर्तव्यप्रति सचेत र सकारात्मक भूमिका रहेको छ ।


(ख) रञ्जनादेवी

रञ्जनादेवी सहायक स्त्री पात्र हुन् । उनी प्रोफ्रेसरकी छोरी र डाक्टरकी श्रीमती, शिक्षित् एवम् सचेत नारी पात्र, स्वार्थी प्रेमको विरोधी, सकारात्मक चरित्र र नारी पुरुषबिच समन्वय हुनुपर्छ भन्ने आदर्श चिन्तन भएकी नारी पात्र हुन् ।


(ग) नानीथकुँ

नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छे । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धपक्क बलेकी सुन्दरी छे । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छे ।

८. डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान’ उपन्यासका आधारमा लेख्नुहोस् ।

‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधानद्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०१० साल तिरको समाजलाई देखाइएको छ । डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा यस उपन्यासका नकारात्मक चरित्रका रुपमा रहेका छन् । दुवै पत्रहरु बिच धेरै समानता रहेको छ ।


सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादका चरित्रमा पाइने सबैभन्दा महत्त्वपूर्ण समानता भनेको दुवै खलपात्र अर्थात् नकारात्मक चरित्र भएका पात्रहरू हुन् । उच्च वर्गीय प्रतिष्ठित व्यक्ति भएतापनि उनीहरु दुवै दुषित सोचबाट ग्रसित भएका छन् । दुवै पात्रको विवाह भइसकेको र बालबच्चा भएका पात्र हुन् । दुवैको उद्देश्य नानीथकुँको जवानी प्राप्त गर्नु रहेको देखिन्छ । उनीहरू दुवै नानीथकुँमा नै केन्द्रित भएर लागेका छन् । उनीहरूको मुख्य समानता भनेको उनीहरु दुवै निदर्यी, स्वार्थी, मानवता रहित, धूर्त थिए ।


९. ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।

विवाह दुई आत्माको सम्बन्ध स्थापना गर्ने आधार हो । यस उपन्यासमा हर्ष नारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको सम्बन्ध जोडिएको छ । विवाहमा दाइजो दिने, भोज भतेर गर्ने र धेरै धन सम्पति खर्च गरेर आडम्बर देखाउनु कुसंस्कार र अनावश्यक आडम्बर मात्र हो । यस्ता कार्यले गरिबहरूको टाउकामा ऋणमाथि ऋण थपिन्छ । दाइजोको निहुँमा कैयौं चेलीबेटीको घरबार बिग्रन सक्छ । यस मामलामा अष्टनारान सचेत देखिन्छन् भने उनका सन्तानले पनि यस कार्यलाई प्रोत्साहन गरेर दाइजो र भतेर बिनाको विवाह गरेका छन् ।


हर्ष नाराज र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको विवाह दाइजो र भतेर बिनाको थियो । यो कार्यले हाम्रो समाजमा चलेको दाइजो प्रथा र भतेरमा फजुल खर्च गर्ने प्रवृतिको ठाडो विरोधमात्र नगरी प्रयोग नै गरेर क्रान्तिकारी कदम चलेको छ । यी दुईको विवाहले आम नेपालीलाई यसरी गरिने खर्च फजुल खर्च हो र यसलाई हटाउनु पर्छ भन्ने सन्देश दिएको छ । विवाहका लागि दुलाहा र दुलही नै महत्वपूर्ण कुरा हुन्, अरु होइनन् भन्ने कुरा यसले पुष्टि गरेको छ ।


यस क्रान्तिकारी कदम प्रति मेरो सतप्रतिशत समर्थन छ । वास्तवमा हाम्रो जस्तो गरिब देशका जनताने विवाहमा आफ्नो औकातभन्दा बढी खर्च गरेर ऋणको भारी टाउकामा बोकी जीवनभरि दुःख पाएका छन् । विवाहलाई फजुल खर्चबाट रोकेमा घरेलु हिंसा र सामाजिक विकृति पनि कम हुन्छ । विवाहमा बढी खर्च गरेर समाजमा कसैको इज्जत बढ्न सक्दैन । त्यस्तै गरी नेवार, पर्वते र मधेसी समुदाय बिचको आपसी सम्बन्धले नेपालको जातीय र क्षेत्रीय विभेद अन्त्य भई यसैबिच सम्बन्ध कायम राख्न सकिन्छ भन्ने कुरालाई यी दुईको विवाहले प्रस्ट पार्छ । अतः ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले अखण्ड नेपाल र समृद्ध नेपालका लागि हिमाल, पहाड, उपत्यका र तराई एक हुनुपर्ने कुरालाई जोड दिएको छ ।


१०. ‘एक चिहान’ उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।

‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदयचन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाई विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ ।


२०१० साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । गरीबी, बाध्यता र विवसताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेश भेटिन्छ । जातीय र क्षेत्रीय एकतालाई आवश्यक ठानी हर्षनारान र नानीथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ । अष्टनारानको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेश उपन्यासमा भेटिन्छ । सुरमानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवेशले सशक्त र जीवन्त बनाएको छ ।


‘एक चिहान’ उपन्यासको अन्त्य ठिक ठिकै लाग्यो । निम्नवर्गीय परिवारको कथालाई उपन्यासकारले मार्मिक ढङ्गले अन्त्य गरेका छन् । उपन्यासको शीर्षकलाई मात्र सार्थक तुल्याउन नभई उपन्यासको अन्त्यलाई पनि केन्द्रित गरिएको देखिन्छ । यदि म यस उपन्यासको लेखक भएको भए यसै गरी नै अन्त्य गर्थेँ । यसका साथै शिवनारानका परिवारका बाहेक अन्य एउटा आफन्तको उपस्थिति गराएर गरिबीको अन्त्य गर्ने उद्घोषका साथ उपन्यासको अन्त्य गर्ने थिएँ ।

११. दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :


(क) शिवनारानको खेतमा रोपाइँ हुनु,

(ख) पुननारान र हर्षनारान पनि रोपाइँमा जुट्नु,

(ग) शिवनारानका सबै सदस्यहरू मग्नमस्त भएर रोपाइँमा लाग्नु,

(घ) नानीथकुँउपर हिजोको आपत्तिले मनमा अन्तर्द्वन्द्व चलिरहेको भए पनि अरूसरह खुसी हुनु रोपाइँमा लाग्नु,

(ङ) रोपाइँको दिनमा अष्टनारानलाई सबैभन्दा आनन्द आउने हुँदा पिताको आत्मालाई आघात नपुऱ्याउन नानीथकुँ आफ्नो मनका पीडा भुलेर पनि हर्ष मनाउनु ।


१२. दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :

दिइएको उपन्यास अंशमा आएका पात्रहरू शिवनारान र रामबहादुर हुन् ।


शिवनारानको चरित्रचित्रण

शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् ।


रामबहादुरको चरित्रचित्रण

यस उपन्यासमा रामबहादुर खलपात्रका रूपमा अर्थात् नकारात्मक चरित्रका रूपमा देखिएको छ । उनि सुब्बा सुरमानका कारिन्दा हुन् । सुब्बा सुरमानकै योजना बमोजिम उनी शिवनारानको घरमा नानीयकुँको हात मग्न आएका छन् । कसलाई कसरी कुरा गरेर मक्ख पार्नु पर्छ भन्ने कुरा रामबहादुरलाई राम्ररी थाहा छ । त्यसैले ऊ शिवनारानसँग सिधा कुरा नगरेर घुमाएर कुरा गर्छ । ऊ असमान विवाहका लागि लागिपरेको खलपात्र हो । गरिबलाई फकाउने कला उसले निकै कलात्मक तरिकाले प्रयोग गर्छ । शिवनारानको चलाखीले उसको योजना विफल हुन्छ । योजना विफल भएपछि ऊ शिवनारानलाई थर्काएर र धम्क्याएर जान्छ ।


१३. परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :

उक्त दिइएको उपन्यास अंशमा चित्रण गरिएको परिवेश :


(क) जेठ महिनाको समयगत परिवेश

(ख) पानी परिरहेको बर्सात अगावैको समय

(ग) रोपाइँ, किसानको प्रसङ्गबाट ग्रामीण परिवेश

(घ) पुराना र थोत्रा घरहरू भएकाले धेरै वर्षाबाट त्रसित हुनुपर्ने निम्नवर्गीय आर्थिक अवस्थाको चित्रण



१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :


(क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?

“उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य त्यस बस्तीमा कम मानिस बसोबास गर्थे भन्नु हो ।


(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?

सम्साँझमै स्याल कराउनका लागि तितेपातीका घारी र खरीका रुखले सहयोग गरेको थियो ।


(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?

मानिसका घारी, आधुनिक भवनहरू, बिजुलीका पोल र तारका कारणले कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ।


(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?

अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी, चोरफटाहा सबै किसिमका मानिसहरु बस्छन् ।

                                                      व्याकरण


२. ‘खेल्, हिँड्, खा, बस्, घुम्, नाच्’ जस्ता धातुबाट बनेका भूतकालिक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।

वि. सं. २०८१ साल बैशाख १३ गते हामी अमर ज्याेति मा.वि. नुवाकाेटको कक्षा १२ मा अध्ययनरत ४५ जना विद्यार्थीहरू शैक्षिक भ्रमणको लागि बिहानै पाेखरा हिँड्यौँ । बाटोमा कोही साथीहरू अन्ताक्षरी खेल्दै थिए अनि कोही साथीहरू नाच्दै थिए । हामी करिब एघार बजेतिर अमरसि‌ह चाेकमा पुगी खाना खाएका थियौँ । खाना खाएपछि हामी फेवाताल, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल आदि रमणीय ठाउँहरू घुम्यौँ । त्यो दिनको बास हामी पोखरामा नै बस्यौँ । बेलुकाको खाना पनि त्यहिको होटेलमा खायौँ । हामी बेलुका गीत गाउँदै नाचेका थियौँ । भोलिपल्ट भने बिहानै सात बजे हामी चिया र नास्ता खाएर नुवाकाेट फर्कियौँ ।


३. भूत कालका अभ्यस्त पक्षका क्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।

म बाल्यकालमा साथीहरूसँग खुब खेल्थेँ । म प्रायः घुम्न जान्थेँ । म जङ्गलमा कटुस टिप्थेँ, लिची टिप्थेँ, आँप टिप्थेँ, काफल टिप्थेँ, तिजु टिप्थेँ अनि साथीहरूसँगै रमाउँदै खान्थेँ । मलाई पौडी खेल्न असाध्यै मन पर्थ्यो । म काेटेली गाडमा खुब पौडी खेल्थेँ । मलाई पुलबाट तल खोलामा हाम फाल्न खुब मज्जा आउँथ्यो । कोही साथीहरू डुबेको खण्डमा मैले नै निकाल्थेँ । म डिलेश्वरी मा. वि. मा पढ्थेँ । म कहिलेकाहीँ लाेली गाडमा पनि पौडी खेल्न जान्थेँ । म लाेली खाेलामा पूरै एक फन्का हान्थेँ । म तिब्र गतिमा पौडी खेल्न सक्थेँ । मलाई पौडी खेलमा कसैले जित्न सक्दैनथ्यो । म अनुशासित, मिहिनेती विद्यार्थी भनेर चिनिन्थेँ । म परीक्षामा प्रायः प्रथम नै हुन्थेँ ।


४. भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।

म भविष्यमा असल शिक्षक बनेको हुने छु । म उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्व | विद्यालयमा भर्ना भएको हुने छु । म धेरै मिहिनेत गरी पढ्दै हुने छु । राम्रो प्रतिशत ल्याएर | स्नातकोत्तर तह उत्तीर्ण गरेको हुने छु । शिक्षक सेवा आयोगको तयारी गर्दै हुने छु । आयोगको परीक्षा दिँदै हुने छु । मैले परीक्षामा राम्रोसँग लेखेको हुने छु । आयोगको परीक्षामा नाम निकालेको हुने छु । दुर्गम गाउँमा शिक्षाको ज्योति छर्दै हुने छु । म असल एवं कर्तव्यनिष्ठ शिक्षक बनेको हुने छु ।


५. दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस् :

शिवनारान आज साबिक झैँ समयमै खेतमा जाँदै छन् । आजैदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गर्दै छन् । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्दै छ । नानीथकुँ र पुननारानकी स्वास्नी अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कदै छन् ।


६. दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :

डाक्टर गोदत्तप्रसादले आफू विवाहित र छोराछोरीको बाबु हुँ भन्ने पनि बिर्सिएछन् । उनी नानीथकुँका घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्न थालेछन् । त्यो कुरा थाहा पाएर शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि सम्झाइछन्। अन्त्यमा नानीथकुँले पनि कुरा बुझिछन् । नानीथकुँ र गोदत्तप्रसादका बिचमा सम्बन्ध टुटेछ । एक दिन नानीथकुँको रामखेलावन राउतसँग भेट भएछ । रामखेलावन र नानीथकुँका बिचमा प्रेम भएछ । त्यो कुरा शिवनारानले विचार गरिराखेछन् उनले नानीथकुँको बिहे रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको मान्छेसँग बिहे गर्न पाएर दुवै जना खुसी भएछन् ।


७. शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग भएका तलका शब्दलाई वर्णानुक्रमअनुसार लेख्नुहोस् :

अँगार, अँध्यारो, अंश, भयौँ, वंश, सँग, संयम, संरक्षण, संलग्न, संवाद, संशय, संसार, संहार


८. दिइएका शब्दलाई तालिकामा देखाउनुहोस् :

क, ख, ग, घ अघि ‘ङ्’

अङ्क, शङ्कर, शङ्ख, पङ्खा, ढङ्ग, मङ्गल, बङ्गुर, गङ्गा, चङ्गा, सङ्घ

च, छ, ज, झ अघि (तत्सम शब्दमा मात्र) ‘ञ्’

अञ्चल, पञ्च, पुञ्ज, लाञ्छना, ब्यञ्जन, झञ्झा, मञ्जुल

ट. ठ ड ढ अघि (तत्सम शब्दमा मात्र) ‘ण्’

पण्डित, कण्ठ, कुण्ठा, दण्ड, खण्ड, खण्डन

त, थ, द ध अघि ‘न्’

सन्त, बन्धन, भिन्न, मन्तब्य, परन्तु पन्थ, बन्दी, खिन्न

प. फ ब भ अघि ‘म्’

कम्प, पम्फा, अम्बा, लम्ब, स्तम्भ, जम्मा

य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि (तत्सम शब्द) शिरबिन्दु

सयम, संशय, संसार संहार, संरक्षण, संलग्न, संवाद, वंश संज्ञा संज्ञान, संवाद संवत







Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)