पाठ : ११ - सहकारी
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्
सोद्देश्य : निश्चित उद्देश्यका साथ
समन्वय : एकभन्दा बढी कुराको मेल
उदात्त : महान्
उपादेयता : उपयोगिता
स्वावलम्बी : आत्मनिर्भर
स्वायत्तता : स्वाधीनता
बोनस : लाभांश
आधिपत्य : स्वामित्व
उर्वरा : धेरै उब्जनी हुने, उब्जाउ
अनुपम : अतुलनीय
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) कुनै जाति वा समुदायको प्रगतिको सम्पूर्ण प्रतिबिम्ब
: सभ्यता
(ख) उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने
मूल धन : सावाँ
(ग) साझा ब्यापारमा लगाइएका सम्पत्तिको हिस्सा
:सेयर
(घ) भइपरी आउने कामकाजका लागि राखिएको सञ्चित धनमाल
: जगेडा
(ङ) कुनै विषयलाई ब्यवस्थित रुपमा गर्न, गराउन बनेको सरकारी नियम
: ऐन
(च) ऐन, विधान आदिको एक अंश
: दफा
३. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
उदय : अस्त
उन्नति : अवनति
सुखी : दु:खी
खुला : बन्द
संयोग : वियोग
स्वायत्तता : पराधीनता
लाभ : हानी
विगत : आगत
विकास : विनाश
नाफा : नोक्सान
४. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
१. हात छाड्नु (पिट्नु)
: विद्यार्थीले गृहकार्य नगरेपछि गुरुले हात छाड्नु भयो ।
२. सातो जानु (होसहवास हराउनु)
आज विद्यालय जाँदा बाटोमा डरलाग्दो सर्प देखेपछि मेरो त सातो गयो ।
३. घुँडा टेक्नु (हार खानु)
एमसिसीमा विदेशीसामू घुँडा टेक्नु हाम्रो देशलाई उचित छैन ।
४. टाउकामा टेक्नु (मात्तिएर हेप्नु)
मेरी बुढीलाई मैले धेरै माया गरेर उनले मेरो टाउकामा टेकेकी हुन् ।
५. कुलेलम ठोक्नु (भाग्नु)
बाघ देख्नेबित्तिकै स्यालको बच्चोले कुलेलम ठोक्यो ।
६. खुट्टा तान्नु (अगाडि बढ्न नदिनु)
अरूको प्रगति देख्न नसक्नेहरूले खुट्टा तान्ने गर्दछन् ।
७. हात थाप्नु (माग्नु)
देशमा रहेको स्रोत र साधनहरूको उचित प्रयोग गरेमा नेपालीले बाँच्नका लागि हात
थाप्नु पर्दैन ।
८. ज्यान दिनु (सकेसम्म सहायता गर्नु)
हामी नेपालीहरूले मातृभूमिको रक्षाको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुपर्छ ।
९. तालुमा आलु फल्नु (भाग्य सप्रनु)
अमेरिका जाने डिभी चिट्ठा परेर हर्केको त तालुमा आलु फलेछ ।
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
१. अग्रिम : अगिल्लो
२. अधिकृत : कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
३. अन्तःशुल्क : उत्पादन शुल्क
४. अब्बल : उत्तम श्रेष्ठ, प्रथम दर्जाको
५. आपूर्ति : दैनिक तथा सामाजिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम
६. आयब्यय : आम्दानी र खर्च, नाफा नोक्सान
७. आरक्ष : वन्यजन्तुको सुरक्षा र रूख बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम आरक्षण
८. ऐलानी : सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा
९. कार्यवाहक : कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थाई रूपमा काम गर्ने कर्मचारी वा पधाधिकारी
१०. कित्ता : श्रेणी, तह कक्षा दर्जा, ओहोदा
११. कुत : कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न, मोहीबाट तल्सिङले पाउने अन्नबाली
१२. गण : कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय
१३. चाहार : बर्सादका भरले रोपिने सुक्खा माटो भएको
१४. दोयम : मझौला खालको, अव्बलभन्दा मुनिको र सिमभन्दा माथिको जग्गा
१५. पर्ती : आबाद वा खनजोत नभएको, बाँझो जमिन
१६. मोठ : सम्पत्तिको मूल हिसाब लेखिएको कागज, खुकुरी, तरबार, खुंडा आदिको मुठीले समाउने ठाउँ मुठ, बिँड
१७. सिम : पानी कहिल्यै नसुक्ने जमिन
१८. सुकुम्बासी : सुकुमबास भएको, घरजग्गा नभएको रैती
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.