पाठ ६. त्यो फेरि फर्कला ?
शब्दभण्डार
१. तल दिइएका शब्दहरुको विपरीत अर्थसँग जोडा मिलाउनुहोस् :
सुदूर = निकट
कृतज्ञता = कृतघ्नता
वेदना = खुसी
प्रदीप्त = अन्धकार
अतीत = भविष्य
मूक = सस्वर
प्रवाह = स्थिर
२. गाढा शब्दको अर्थ पहिचान गरी चिनो लगाउनुहोस्
क) निरन्तर
ख) बेवास्ता
ग) असजिलोपन
घ) मन ठेगानमा नभएको अवस्था
ङ) ज्यादै प्रतीक्षा गरिएको
च) सुनसान
३. दिइएका अर्थहरुको पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
क) असजिलोपन = सङ्कोच
ख) सुक्खा = शुष्क
ग) लजालु = लज्जावन्त
घ) रुवाई = रुदन
ङ) पर्खाइ = प्रतीक्षा
च) धुलोपीठो = चूर्णविचूर्ण
छ) व्यक्त नभएको = अव्यक्त
ज) वज्रभन्दा पनि = बज्रादपी
४. पाठमा रहेको " जाने बखतमा......................त्यो आएन !"
कथांश पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) "ता" प्रत्यय लागेका चारवटा शब्द खोज्नुहोस् ।
उत्तर : उदासिनता, शून्यता, प्रसन्नता र उत्फुल्लता ।
ख) चारवटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर : दुष्कल्पना, असुविधा, प्रकार र प्रदीप्त ।
ग) यस अनुच्छेदमा प्रयुक्त दसओटा तत्सम शब्दहरुको सूची बनाउनुहोस् ।
उत्तर : यात्री, भयानक, प्रतीक्षा, शून्य, आशा, भावना, दष्कल्पना. नित्य प्रकार र प्रदीप्त ।
५. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस् र वाक्यमा प्रयोग गर्नुहोस्
पर्यन्त : अन्तिम सीमा, हद
मैले आश्रममा जीवन पर्यन्त सहयोग गर्ने वाचा गरेको छु ।
निस्तब्ध : सुनसान
निस्तब्ध अन्धकार वनमा रामले बजाएको मादलको धून बेजाेडले गुञ्जन थाल्यो ।
उद्विग्न :आकुल व्याकुल, चिन्तित
पानीले बाली नाश भएको देखेर बुबा उद्विग्न हुनुभयो ।
उल्लास : आनन्द
हामी सबै साथीहरु मिलेर घुम्न गएको उल्लास म कहिल्यै भुल्न सक्दिन ।
क्लान्त : थाकेको
आमालाई क्लान्त अवस्थामा देखेर रुन मन लाग्यो ।
शिथिल : थकित
आज दिनभर बारीमा काम गरेकाले म शिथिल भएको छु ।
मधुरिमा : मिठास
शान्तिको गीतको मधुरिमाले म मन्त्रमुग्ध भए ।
विषद् : ठुलो, फराकिलो
सनमका लागि मेरो मनमा विषद् माया र ममता छ ।
सामन्जस्य : मेलमिलाप
हामी सबैमा सामन्जस्यको भावना हुनुपर्छ ।
उत्सर्ग : त्याग
गरिवीका कारण मैले कतिपय सपनाहरु उत्सर्ग गरेको छु ।
अभ्यन्तर : भित्री मन
रामले अभ्यन्तर देखि नै सीतालाई प्रेम गर्छु भन्यो ।
विलुप्त : लोप भएको
बिराट विलुप्त भएको पनि दस वर्ष हुन लग्यो ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.