शत्रु कथा
शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
उत्तरः
यश = तारिफ, राम्रो काम गर्नेले पाउने इज्जत
रैती = अरुको जग्गा कमाउने व्यक्ति, मोही
अकलुषित = कुनै प्रकारको दुर्भावना नभएको
भरोसा = आधार, भर
जमदार = सेनामा हवलदारभन्दा माथि र सुबेदारभन्दा मुनिको पद
गर्व = अहम् भावना, अभिमान
झटनी = धान झाँट्ने काम, हप्काउने काम
अप्रिय = मन नपरेको, प्यारो नभएको
दुर्गुण = खराब स्वभाव
आर्जन = कमाइ, आम्दानी
व्यापक = चारैतिर फैलिएको, विस्तृत
२.दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईओटा अर्थ लेख्नुहोस् :
पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन् । आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो तर मामाको घरमा दर कार्यक्रम भएकाले जान पाइनन् । दुई वर्षअगाडि उता जाँदा उनी वरको रुखको छेउमा बसेर जुनारको रस पिउँदै गएकी थिइन् । तिजको दिन रातो टीका लगाएर छमछम नाच्ने उनको रहर यसपालि पूरा हुने भएको छ।
उत्तरः
पूजाः (देवीदेवतालाई प्रसन्न पार्न श्रद्धासाथ गरिने काम, पिटाइ)
हारः (पराजय, घाँटीमा लगाउने माला)
सुरः (देवता, गीतको लय)
साल: (वर्ष, एउटा बलियो रुख)
कर: (जिद्दी, हात)
तर: (संयोजक, दुधमाथि लाग्ने बाक्लो पदार्थ)
दर: (तिजको अघिल्लो दिन खाने भोजन, मूल्य)
वर: (बेहुला, आशिष)
रस: (झोल, आत्मसन्तुष्टि)
टीका: (दसैं, निधारमा लगाइने चन्दन)
रहर: (दाल, चाहना)
३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :
चन्दुराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिर्काएछ। चन्दुराम धुरुधुरु रुन थालेछन्। उनी रोएको उनका छोराले टुलुटुलु हेरेछन् । ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन्। स्याँस्याँ गर्दै हर्कबहादुर आएको देखेर हर्कबहादुरसँग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन् ।
उत्तरः
गजक्क
फटाफट
प्याट्ट
स्याँस्याँ
धुरुधुरु
टुलुटुलु
गुरुरु
४. शत्रु कथाको कृष्ण राय जुरमुरिँदै ……. शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।
उत्तरः कृष्ण राय जुरमुरिँदै जुरुक्क उठे, तबसम्म आक्रमणकारी सुटुक्क भागिसकेको थियो । “मलाई कसले यसरी एक्कासि आक्रमण गर्यो होला ?” तिनी विचार गर्न थाले। “यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, झगडा फसादमा फिटिक्कै रहिनँ।“ कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन। सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर पिटिक्क भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन। कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले, “को मेरो शत्रु हुन सक्छ ?”
५.दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तरः
सान्त्वनाः मेरो त रुँदा सान्त्वना दिने मान्छे पनि कोही छैन।
सिद्धान्तः असल सिद्धान्त अङ्गालेर हिँडे सफल भइन्छ ।
पुँजीः प्रशस्त पुँजी भए बल्ल लगानी गर्न सकिन्छ।
मध्यस्थः कृष्ण रायले मध्यस्थ बनेर धेरैको झगडा मिलाएका थिए।
फैसलाः अदालतले दोषीलाई कैदको फैसला सुनायो।
अङ्कमालः सुशान्तले प्रेमिकालाई भेटेर अङ्कमाल गर्यो।
स्वाभिमानः बालेनले देशको स्वाभिमानका लागि कसैसँग नझुक्ने घोषणा गरे।
समर्थकः म बालेन र हर्क साम्पाङको समर्थक हुँ।
धैर्यः धैर्य भएर मिहिनेत गरे अवश्य सफल भइन्छ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.