नेपाली लोकबाजा, निबन्ध, कक्षा -९, नेपाली

 शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्ः

शब्द      अर्थ

उपेक्षा - तिरस्कार, बेवास्ता

विविध - अनेक प्रकारका

अङ्कित - चित्रित

सम्पदा - प्राकृतिक सम्पत्ति

दीर्घायु - दीर्घजीवी

रैथाने - पुरानो बासिन्दा जागरूक - अचेत


२. 'नेपाली लोकबाजा' निबन्धमा विभिन्न जातजातिमा प्रचलित बाजाका नाम दिइएको छ । ती बाजासँग सम्बन्धित शब्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस् ।

उत्तर :

नेवार जातिका धिमे, ढाँचा, करखिङ, नगरा, पोङ्ना, पोना, झ्यालिन्चा; कुसुन्डाको पिर्लुङ, लिम्बू जातिको च्याब्रुङ, तुङगेवा, फेन्चे बाजा; मगर जातिका मादल, मुर्चुङ्गा, डम्फु, तामाङ जसतिका ग्यापुङ, सरुङ्गे, सिनडुङ बाजा; किराँतका बाँसतुम्बा, टुङ्ना, बिनायो; थारू जातिका खँजडा, झिलमिले, तमौरा; शेर्पा जातिका चौरी घण्ट, लावा, पिवाङ बाजा; ब्राह्मण क्षेत्रीका शङ्ख, घण्ट, खँजडी, मुजुरा आदि हुन् ।


३. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

विविधता : नेपाल भौगोलिक विविधता भएको देश हो ।

 लोकपरम्परा : विवाहमा सहनाई बजाउने हाम्रो लोकपरम्परा हो ।

खैंजडी : लोक गीतमा खैंजडी बाजा बजाउँदै नाच्ने गर्दछन्

अल्पसङ्ख्यक : नेपालको संविधानले राउटे, कुसुन्डा जस्ता अल्पसङ्ख्यक जातिको संरक्षण गरेको छ । 

धुकधुकी : परीक्षा फल प्रकाशित हुने कुरा सुनेर पेम्बाको मुटुको धुकधुकी बढेकाे छ ।

संवर्धन : हामीले हाम्रा लोकबाजाको संरक्षण र संवर्धन गर्नुपर्छ ।


४. भन्ज्याङ चौतारी, चिया नास्ता, साथी भाइ, सन्चो बिसन्चो जस्ता अन्य पाँचओटा जोडी शब्द खोज्नुहोस् ।

उत्तर : नीति नियम, रीति रिवाज, जात जाति, आय आर्जन, चाड पर्व, वाद्य वादन |

बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)