मातृत्व कथा कक्षा -१२, नेपाली

 


८. मातृत्व


शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

सर्वस्व : सारा सम्पत्ति

अप्रत्याशित : आकस्मिक 

ग्लानी : पछुतो 

नैराश्य : निराशा 

सङ्कीर्ण : सङ्कुचित 

मृगतृष्णा : जलभ्रम


२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) धाक र तडकभडकले पूर्ण - रोबिलो 

(ख) गतिहीन - शान्त

(ग) जितको आनन्द - विजयोल्लास

(घ) रातो र निलो मिसिएको, भन्टा रङको - बैजनी 

(ङ) पग्लेको चट्टान, जमिनभित्रको अग्नि क्रियाशील भई रॉकोसहित धुवाँ, तातो खरानी, पग्लेका धातु आदि ओकल्ने अवस्था - ज्वालामुखी


३. पाठमा प्रयुक्त पाँचओटा अनुकरणात्मक शब्द टिप्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : 

लल्याकलुलुक

रिताकाे धम्कीले श्याम गलेर लल्याकलुलुक भयो ।

झलझली

दाजुले छोडेर विदेश गएपनि मेरो आँखामा उहाँको तस्बिर झलझली आउँछ ।


लुरुलुरु

गाउँ जाँदा मोटर नपाएकोले लुरुलुरु हिँडेर घर गएँ ।

ढ्याङढ्याङ

सानो भाइले ढ्याङढ्याङ गरेर ढोकामा हिर्कायो ।

तप तप

आमाले घाममा तप तप पसिना चुहाएर काम गर्नुभयो ।


४. दिइएका टुक्काको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

आफ्नै देशमा मेहनतका साथ कम्मर कसी काम गर्नु बुद्धिमानी हुन्छ । मन फुकाएर इमान्दार बनी असल काम गरे देश र परिवारको नाक राखिन्छ । हामीले नराम्रो काम गरी आफ्नो खानदानको नाक काट्ने काम गर्नु हुँदैन । समाजमा नराम्रो वा असहज काम गरे बसिरहेको ठाउँ नै छोडी डाँडो काट्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । कमाउनको लागि अरुको देश पस्नु राम्रो होइन । अरूको कुरा काटी आफ्नो समय खेर फाल्ने बानी राम्रो हाेइन । 


बाेध र अभिव्यक्ति



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)