शब्दभण्डार
१. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् ः
पाताल - पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक,
पुराणअनुसार सात लोकमध्ये एक लोक, नागलोक
टीका - निधारमा लगाइने चन्दन, कुनै पद, पदावली, वाक्य,
अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या, अर्थ
अतीत - बितेको समय बितेको समय, उहिलेको काल
किल्ला - प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ, गढी
घनघोर - भयङ्कर, ज्यादै घना, डरलाग्दो
शपथ - कुनै काम हो होइन भनी गर्ने वचनबद्धता, किरिया, प्रतिज्ञा
अवतार - जन्म लिने काम, शरीर धारण गर्ने काम
राँको - आगोको मुस्लो
हालत - अवस्था, हबिगत
२. ‘घरझगडा’ कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
कानमा तेल हाल्नु (चुपचाप बस्नु) -> आफूलाई थाहा नभएको कुरामा कानमा तेल हालेर बस्नु नै राम्रो हो |
आँखामा बिझाउनु : (नराम्रो देख्नु) - धेरै बेरसम्म एउटै कुरालाई हेरिरहँदा आँखा बिझाउन थाल्छ ।
कम्मर कस्नु (आँट गर्नु ) – यो पटक गाउँमा एउटा विद्यालय खोल्न सबैले कम्मर कसेका छन् ।
आगो खेलाउनु - नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो ।
वाल्ल पर्नु - छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे ।
तेल घस्नु (चिप्लो घस्नु ) – आफनो काम पर्यो कि राज तेल घस्न थाल्छ ।
भासमा फस्नु - उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन् ।
चोचोमोचो मिलाउनु - आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो ।
३. दिइएका उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :
अकबरी सुनलाई कसी लाउनु पर्दैन :
अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने थाहा नहुनेले मात्र नेपालीको वीरता जाँच्न खोज्छ ।
इन्द्रका अगाडि स्वर्गको बयान :
त्रिभुवन विश्वविद्यालयका नेपाली प्राध्यापकका अगाडि कक्षा १० मा पढ्ने विद्यार्थीले नेपाली कथाका बारेमा बखान छाँट्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै त हो नि ।
जसले मह काढ्छ उसले हात चाट्छ :
जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ रियान्सले सानैदेखि पढाइमा मिहिनेत गरेकाले अहिले अधिकृत भयो ।
नाच्न नजान्ने आँगन टेढो :
ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई पिट्छ । यो त नाच्न नजान्ने आँगन टेढो भनेझैँ भएन र!
हुने बिरुवाको चिल्लो पात :
सिर्जना पढाइमा अब्बल भए जस्तै घरको काममा पनि सिपालु छिन् । यही त हो नि हुने बिरुवाको चिल्लो पात भनेको ।
४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस् ।
विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए । एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो । उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे । साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए ।
उत्तर : लटरम्म, घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गद् ।
५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस् :
सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण
उत्तर : अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.