पाठ ६ . स्टिफन विलियम हकिङ
स्टिफन विलियम हकिङको रहस्यमयी जीवन
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
विभीषिका : भय
मानसपटल : मानसिक तह
आनुवंशिक : पुर्ख्यौली
जिज्ञासा : जान्ने इच्छा
अवधारणात्मक : कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको
खगोल : आकाशमण्डल
घनत्व : खँदिलोपन
कृत्रिम : बनावटी
साधना : सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव
: संस्कार
(ख) स्नायुसम्बन्धी एक रोग : अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस
(ग) कलपुर्जा, दम आदिले आफैं सञ्चालन हुने : स्वचालित
(घ) पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा : परिकल्पना
(ङ) ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया : वार्महोल
(च) विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान : विद्वतवृत्ति
(छ) पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र : खगोल शास्त्र (विज्ञान)
(ज) इतिहास, विज्ञान, जीवनी आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र : वृत्तचित्र
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
इच्छाशक्ति :
अनावश्यक सोच, भावना र आवेगलाई नियन्त्रण गर्न सक्ने क्षमतालाई इच्छाशक्ति भनिन्छ ।
योगदान :
विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च
सिर्जनशील :
विद्यालयले विद्यार्थीको सिर्जनशील सिप विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
आदर्श :
मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ ।
दाम्पत्य :
हरेक असल पतिपत्नीले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् ।
शक्तिहीन :
हामीले आफूलाई कहिलेपनि शक्तिहीन महसुस गर्नु हुँदैन् ।
अशक्त :
अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ताको निरन्तरताको लागि जोडदार माग गर्दछु ।
विभूषित :
राष्ट्रपतिद्वारा रामलाइ मानपदवीबाट विभूषित गरिने घोषणा भएको थियो ।
४. तलका कुनै दशओटा अनुकरणात्मक शब्दको प्रयोग गरी आफ्नो विद्यार्थी जीवनको वर्णन गर्नुहोस् ।
विद्यार्थी जीवन
म विद्यार्थी जीवनमा बिहान पाँच बजे नै जुरुक्क उठ्थेँ । नौ बजेतिर बिहानकाे खाना खान्थेँ र सरासर स्कुल जान्थेँ । म सधैँ गद्गद हुँदै स्कुल जान्थेँ । शिक्षकले प्रश्न सोध्दा सबै साथीहरू टुलुटुलु हेरिरहन्थे तर म भने जुरुक्क उठेर उत्तर दिन्थेँ । शिक्षकले मुसुमुसु हाँसेर धन्यवाद दिँदा म गम्म पर्थेँ । स्कुलको नजिकै रहेको बगैंचामा ढकमक्क फुलेका फूल र लटरम्म फलेका अम्बा देखेर हामी आनन्दित हुन्थ्यौँ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.