शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
अँजुली - दुई उत्ताना हत्केला जोडी बनाइएको हातको मुद्रा
धमिलो - राम्रोसँग नदेखिने
ठेला - काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो
चक्र - गोलो घेरा
पृथ्वी - धर्ती
भकारो - गाई, भैंसी आदि पशुहरूको मल, मलमूत्र
पासपोर्ट - विदेश जानका निम्ति सरकारले दिने अनुमतिपत्र, राहदानी
पानीजहाज - ठुला नदी वा समुद्रमा सामान वा मान्छे ओसारपसार गर्ने साधन
२. दिइएका शब्दको विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् :
बिपना : सपना, सहज : कठिन, उकाली ओराली, : दुःख, माथि : तल, पाताल : आकाश
३. दिइएका पद तथा पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
जाँतो - आमाले जाँतोमा मकै पिन्नुभयो ।
पिठिउँ - आमाले आफ्नो सन्तानलाई काम गर्दा पनि पिठिउँमा बोक्छिन् ।
सात समुद्र - काम र मामकै लागि धेरै नेपालीहरू सात समुद्रपारि गएका छन् ।
बिमारी - हामीले बिमारी भएका समयमा स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्छ ।
भासिनु - विदेश जानु भनेको दलदलमा भासिनु जतिकै हो
पिआर - पिआरको चक्करमा धेरै नेपालीले नेपाली हुनुको गौरवसमेत बेचेका छन् ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.