पाठ ६ पर्यावरण सन्तुलन कक्षा ९

 


                                         शब्दभण्डार

१. संवादमा दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द              अर्थ

वायुमण्डल = पृथ्वीको चारैतिर रहेको हावाको आवरण
ओजन तह = सूर्यका पराबैजनी किरणहरूलाई छेकेर पृथ्वीसम्म आइपुग्न नदिने वायुमण्डलको तह 
अतिवृष्टि = चाहिनेभन्दा बढी पानी पर्नु
पराबैजनी किरण = सूर्यको प्रकाशमा रहेको हानिकारक विकिरण
क्लोरोफ्लोरोकार्बन = ओजन तह क्षयीकरण गर्ने एक किसिमको ग्याँस
नर्सरी = बिरुवा हुर्काउने ठाउँ

२. दिइएका पद पदावलीहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

पारिस्थितिक प्रणाली - पृथ्वीको पारिस्थितिक प्रणाली विग्रियो भने प्राणीहरूको जीवन सङ्कटमा पर्छ ।

अम्लीय वर्षा - धुलो, धुवाँ र विषादीका कारण अम्लीय वर्षा हुँदा बालीनाली प्रभावित हुन थालेको छ । 

हरितगृह प्रभाव - हरितगृह प्रभावका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ ।

ग्लोबल वार्मिङ - ग्लोबल वार्मिङका कारण हिमालको हिउँ बढी मात्रामा पग्लिएर हिमाल नाङ्गो हुने अवस्थामा पुगेका छन् ।


३. पाठमा प्रयोग भएका पर्यावरण, हरितकण आदि जस्ता पर्यावरणसँग सम्बन्धित कुनै पाँचओटा प्राविधिक र पारिभाषिक शब्द पहिचान गरी कक्षामा सुनाउनुहोस् ।

उत्तर : नर्सरी, आवरण, पारिस्थितिक, अतिवृष्टि, वायुमण्डल, अम्लीय वर्षा, परियोजना, रासायनिक मल, सौर्य ऊर्जा आदि।


४. पाठमा प्रयोग भएका इकोसिस्टम, नाइट्रिक एसिड जस्ता अङ्ग्रेजी भाषाबाट आएका अरू पाँचओटा शब्द टिप्नुहोस् ।

उत्तर : इन्टरनेट, प्लास्टिक, क्यान्सर, रफ्रिजिरेटर, नाइट्रिक एसिड, सल्फ्युरिक एसिड, भिडियो, कार्बन डाइअक्साइड, पेट्रोलियम आदि ।


५. तल दिइएका वाक्यमा रहेका कोश-कोस जस्ता शब्द खोजेर लेख्नुहोस् :

(क) म शब्दकोश किन्न एक कोस पर जान्छु ।
(ख) भाग्यशाली साली नानी कविता प्रतियोगितामा सर्वोत्कृष्ट भइन् ।
(ग) म राम्रा कृति लेखेर कीर्ति पनि राख्छु ।
(घ) म यस जन्ममा यश राख्ने काम मात्र गर्छु ।


                                     बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

वायुमण्डल : बायुमन्डल, अतिवृष्टि : अतिब्रिस्टि, अम्लीय : अम्लिय, प्राकृतिक : प्राक्रितिक, स्रोत : स्रोत, नवीकरणीय : नबिकरनिय, वनस्पति : बनस्पति ।

२. संवादमा प्रयोग भएका पात्रको भूमिका निर्वाह गर्दै हाउभाउ झल्किने गरी कक्षामा संवादात्मक शैलीमा वाचन गर्नुहोस् ।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) संवादमा उपस्थित पात्रको नाम उल्लेख गर्नुहोस् ।
उत्तर : संवादमा उपस्थित पात्रको नाम : शिक्षक, दीक्षा, सुवर्ण, निशान्त, श्रेया, निहारिका ।
(ख) संवादमा सबैभन्दा बढी पटक प्रश्न गर्ने विद्यार्थी को हो ?
उत्तर : संवादमा सबैभन्दा बढी पटक प्रश्न गर्ने विद्यार्थी दीक्षा हो ।
(ग) संवादमा प्रयोग भएका कुनै दुईओटा प्रश्नात्मक वाक्य भन्नुहोस् ।
उत्तर : संवादमा प्रयोग भएका कुर्न दुईओटा प्रश्नात्मक वाक्य : त्यसो भए पर्यावरण संरक्षणका लागि विकास निर्माणका काम नै रोक्नुुप¥यो नि होइन र ?, मैले कतै गलत त बुझिनँ नि गुरु ? ।
(घ) संवादको सबैभन्दा लामो अनुच्छेदमा कति वाक्य छन् ?
उत्तर : संवादको सबैभन्दा लामो अनुच्छेद (तिमीहरू आफ्ना....... स्रोत भनिन्छ हो र यस अनुुच्छेदमा आठओटा वाक्य छन् ।


४. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) हरितगृह कसरी निर्माण गरिन्छ ?
उत्तर : नर्सरीमा आवश्यक ताप व्यवस्थापनका लागि सिसा प्रयोग गरी हरितगृह निर्माण गरिन्छ ।
(ख) हरितगृहमा न्यानोपन कायम रहनुको कारण के हो ?
उत्तर : सूर्यबाट आएका किरण सजिलै बाहिर निस्किन नसक्ने भएकाले हरितगृहभित्र बाहिरको तापक्रमभन्दा न्यानोपन कायम रहन्छ । 
(ग) वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा के हुन्छ ? 
उत्तर : वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा यसले सिसाको जस्तै गुण देखाई तापक्रममा वृद्धि हुन्छ ।
(घ) ग्लोबल वार्मिङ भन्नाले के बुझिन्छ ?
उत्तर : ग्लोबल वार्मिङ भन्नाले हरितगृह प्रभावका कारण दिनानुदिन पृथ्वीको तापक्रम बढ्नु भन्ने बुझिन्छ ।


५. दिइएका भनाइका वक्ता को को हुन् ? पहिचान गर्नुहोस् :

(क) पर्यावरण र पारिस्थितिक प्रणाली उस्तै हुन् र गुरु : (दीक्षा)
(ख) मैले कतै गलत त बुझिनँ नि गुरु ? (सुवर्ण)
(ग) दिगो विकासको कुरा त मलाई साह्रै मन पयो । (श्रेया)
(घ) हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नु जरुरी छ । (शिक्षक)


६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उत्तर दिनुहोस् :

(अ) स्याटेलाइट जिपिएस कलर जडान गर्न कुन कुन निकायबाट आर्थिक सहयोग प्राप्त भएको छ ?
उत्तर : स्याटेलाइट जिपिएस कलर जडान गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
(आ) जिपिएस कलरले कति महिनासम्मको तथ्याङ्क दिन सक्छ ?
उत्तर : जिपिएस कलरले अठार महिनासम्मको तथ्याङ्क दिन सक्छ ।
(इ) हिउँ चितुवाको अनुगमन कुन कुन निकायले गरेका छन् ?
उत्तर : हिउँ चितुवाको अनुगमन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले गरेका छन् ।
(ई) हिउँ चितुवाको संरक्षण किन आवश्यक देखिन्छ ?
उत्तर : लोप हुन नदिई सङ्ख्यात्मक रुपमा वृद्धि गर्न र वातावरण संरक्षण गर्न हिउँ चितुवाको संरक्षण आवश्यक देखिन्छ । 

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

(अ) अनुच्छेदबाट दुई दुईओटा मौलिक र आगन्तुक शब्द खोजेर लेख्नुहोस् :
उत्तर : मौलिक शब्द : हिउँ, नेपाल र आगन्तुक शब्द : स्याटेलाइट, जिपिएस
(आ) अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी टिपोट गर्नुहोस् ।
उत्तर : समस्त शब्द : हिउँ चितुुवा
(इ) अनुच्छेदबाट एउटा द्वित्व शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर : द्वित्व शब्द : आनीबानी 
(ई) फरक फरक पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस् ।
उत्तर : पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द : निकुञ्ज, तथ्याङ्क


७. पाठको विषयवस्तुु बोध गरी दिइएका शीर्षकमा एक एक अनुुच्छेद लेख्नुहोस् :

(क) ग्लोबल वार्मिङ :
ग्लोबल वार्मिङ भनेको जलवायु परिवर्तन हो । जलवायुु परिवर्तन भनेको पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुन: अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् । यिनै कारणले ग्लोबल वार्मिङ बढिरहेको छ । 

(ख) ऊर्जाका स्रोत :
आधुनिक भौतिक विज्ञानमा प्रत्येक कार्यका लागि ऊर्जालाई आवश्यक बताइएको छ । दैनिक जीवनमा ऊर्जाको प्रयोग धेरै रूपहरूमा गरिन्छ । यान्त्रिक ऊर्जा , विद्युत ऊर्जा, ऊष्मीय ऊर्जा, प्रकाश ऊर्जा, रसायनिक ऊर्जा इत्यादि । मोटरमा विद्युत ऊर्जालाई यान्त्रिक ऊर्जामा बदलेर गर्न काम लिइन्छ । बैटरीमा रसायनिक ऊर्जालाई विद्युत ऊर्जामा बदलेर काम चलाइन्छ । विद्युत ऊर्जालाई प्रकाश तथा ऊष्मीय ऊर्जामा बदलेर काम चलाइन्छ । कार वा बसको इन्जिन पेट्रोलको रासायनिक ऊर्जालाई पहिला ऊष्मीय ऊर्जामा बदलिन्छ तथा त्यसलाई फेरि यान्त्रिक ऊर्जामा बदलेर काम चलाइन्छ । यी सबै कार्यहरूका लागि प्रयुक्त ऊर्जाका स्रोतहरुमा कोइला, पेट्रोलियम, प्राकृतिक ग्यास, पवन ऊर्जा, सौर्य ऊर्जा, लहर ऊर्जा (तरङ्ग ऊर्जा), नदी घाटी परियोजनाहरू पर्दछन् । 


८. दिइएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) ‘पर्यावरण सन्तुलन’ संवादमा पर्यावरण संरक्षणबारे कस्तो विचार व्यक्त छ ?
उत्तर : हावा, पानी, माटो, बोटबिरुवा, जीवजन्तु, सूर्यको प्रकाश जस्ता प्राकृतिक वस्तु मिलेर बनेको हाम्रो वरिपरिको आवरणलाई नै पर्यावरण भनिन्छ । पर्यावरण भनेको हाम्रो जीवनलाई प्रभावित गर्ने भौतिक र जैविक परिवेश हो । पर्यावरणलाई जोगाउन र बिगार्नमा मानवको मात्र हात रहेको छ । मानवीय क्रियाकलापका कारण पर्यावरणमा विभिन्न खाले सङ्कट देखापरेका छन् । पर्यावरण असन्तुलन भएकाले पर्यावरण संरक्षण गर्नु अत्यावश्यक रहेको कुुरा यस संवादमा व्यक्त भएको मुख्य विषय हो । 
पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोगबाट नै मानवको जीविका चलेको छ । पृथ्वीमा भएका प्राणीहरुमध्ये मानिस सर्वाेकृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा रहेका उपलब्ध स्रोतसाधनको उत्खन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ । दिगो विकासको अवधारणाअनुरूप खानेपानी योजना, जलविद्युत् परियोजना, सडक निर्माण जस्ता विकास योजना निर्माण गर्नुपर्छ । यस्ता विकास योजना सुरु गर्दा विज्ञ समूहद्वारा उक्त योजनाले पार्न सक्ने पर्यावरणीय प्रभावको अध्ययन गरी तयार गरिएको प्रतिवेदनका आधारमा कार्यान्वयनमा ल्याउने परिपाटी बसाल्नुपर्छ । त्यस्तै प्लास्टिकको बढ्दो प्रयोग, रासायनिक मल, कीटनाशक विषादी आदिले पनि वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसबारे जानकारीमूलक कार्यक्रम आयोजना गरी जनचेतना बढाउन सके पर्यावरणीय सन्तुलन कायम गर्न मदत पुग्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्न सकिन्छ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैक्िल्पक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई स्वच्छ वातावरण कायम हुुन्छ । नवीकरणीय र अनवीकरणीय स्रोतको प्रयोग गरी पर्यावरण सन्तुलित कायम गर्न सकिन्छ ।
पृथ्वीबाट प्राप्त स्रोतको उपयोगमा पनि ध्यान दिनुुपर्दछ । यस्ता उपयोग गरिने कुराहरु आवश्यकताभन्दा बढी प्रयोग गर्नुहुँदैन । दिगो विकासको अवधारणाअनुसार विकास निर्माणका कार्य गर्ने, जनचेतना अभिवृद्धि गरी वातावरणमा देखिएका नकारात्मक प्रभाव न्यूनीकरण गर्ने, दुवै किसिमका स्रोतको उचित प्रयोग गर्ने जस्ता विभिन्न कार्य गरेर वातावरणको संरक्षण गर्न सकिन्छ । वातावरण संरक्षण भएमा वन्यजन्तुु, वनस्पति र प्राणी सबैलाई फाइदा हुने भएकाले यसको संरक्षण गर्नुु मानव जातिको महत्त्वपूर्ण कार्य हो । 

(ख) हामीले वातावरणीय सन्तुलन कायम गर्न कसरी सहयोग पुयाउन सक्छौँ, उल्लेख गर्नुहोस्।

उत्तर : हाम्रो वरिपरिको परिवेश नै वातावरण हो । वातावरणीय सन्तुलन कायम गर्न पृथ्वीका सबै प्राणीहरुमध्ये मानवको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रा हरेक क्रियाकलापहरुबाट हामीले घरबाट नै वातावरण सन्तुलन कायम गर्न सहयोग पुर्‍याउन सक्छौँ ।

आजको परिवेशमा पर्यावरण असन्तुलित हुनमा मानव र उसका क्रियाकलाप नै प्रमुख कारक रहेका छन् । पर्यावरण सन्तुलन बिगार्ने खालका क्रियाकलापको गर्दा वातावरण असन्तुलित हुन जान्छ । वातावरण असन्तुुलित भएमा पृथ्वीमा रहेका प्राणी, वनस्पति र मानव सङ्कटको भुुमरीमा पर्छन् । त्यसैले वातावरण संरक्षण गर्नु मानव मात्रको मुुख्य कर्तव्य हो । वातावरण सन्तुलन कायम गर्न हामीले विकास निर्माणका कार्य गर्दा दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ । अनियन्त्रित जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, स्रोत साधनको अत्यधिक प्रयोग आदि पर्यावरण विनाशका कारण मानवीय गतिविधि हुन् । यसलाई हामीले समयमै सचेत भएर वातावरणमैत्री व्यवहार प्रदर्शन गर्नुपर्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नुपर्दछ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैकल्पिक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई हामी स्वच्छ वातावरण कायम गर्न सक्छौँ ।
प्रत्येक घरबाट निस्कने फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नाले मानवले घरबाटै वातावरणीय सन्तुलनमा सहयोग पुयाउन सक्छ । हाम्रो सानो प्रयासले समग्र पृथ्वीलाई र पृथ्वीमा भएका प्राणीलाई जोगाउन सक्छ, स्वस्थ बनाउन सक्छ । पृथ्वीबाट प्राप्त स्रोतको उचित उपयोग गरी पर्यावरण सन्तुुलित राख्ने कुरामा मानव जीवनको ठुुलो भूमिका हुने भएकाले मानवका हरेक क्रियाकलापहरु पर्यावरण सन्तुुलन राख्ने खालका भएमा हामीले वातावरणलाई सन्तुुलन राख्न सहयोग पुु¥याउन सक्छौँ । 


९. दिइएका चित्रको अध्ययन गर्नुहोस् । प्रदूषण न्यूनीकरणका उपायबारे आफ्नो प्रतिक्रिया दिनुहोस् :

उत्तर : चित्रअनुसार कलकारखाना, यातायातका साधनबाट निस्किने धुँवा, धुलोले गर्दा वातावरण नष्ट भएको छ । पानीको मुहानमा जथाभावी फोहोर गर्नाले पर्यावरण असन्तुलन हुन गई विभिन्नखाले प्राकृतिक प्रकोप बढ्छ । बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास र पर्यावरण सन्तुुलन कायम गर्ने चेतनाको कमी रहेको यस चित्रका क्रियाकलापमा देखिन्छ । यस्ता क्रियाकलापबाट पर्यावरण असन्तुलन हुन गई सम्पूर्ण प्राणी तथा वनस्पतिमा विभिन्नखाले सङ्कट देखापर्दछन् । यस्ता क्रियाकलापको अन्त्य गर्न मानवजाति नै अग्रसर हुनुपर्दछ । समाजमा पर्यावरण सन्तुलन कायम गर्ने खालका जनचेतना फैलाउने, विद्युुत यातायातको प्रयोग गर्ने र पानीका मुुहान सफा राख्नुुपर्छ । जथाभावी फोहोर गर्नुको सट्टा त्यसको नियन्त्रण गर्नुपर्दछ । मानव वस्तीभन्दा धेरै टाढा कलकारखाना, उद्योग खोल्नुपर्दछ । उद्योगबाट निस्कने धुवाको नियन्त्रण गर्नेतर्फ सोच्नुपर्दछ । 


१०. ‘खेलकुदको महत्त्व शीर्षकमा दुई जना साथीका बिचमा गरिएको संवाद रचना गर्नुहोस् :

उत्तर : खेलकुदको महत्त्व (संवाद)

(नवीन र जागृत विद्यालयको चौरमा खाजा खाँदै बसेका छन् । चौरमा केही विद्यार्थीहरु अनेक खालका खेल खेलिरहेका छन् । ती खेल देखेर दुुई जनाबिच खेलकुुदको महत्त्वका बारेमा कुुराकानी सुरु गर्छन् ।)
नवीन : हिजो फुुटबल खेल्दा कति आनन्द आयो । तिमी हिजो फुटबल खेल्न किन नआएको नि ?
जागृत : हो र ! कसले जित्यो नि ? मलाई त खेल खेल्न पनि आउँदैन अनि हेर्न पनि त्यति रमाइलो लाग्दैन । 
नवीन (आश्चर्य मान्दै) ए, किन खेलकुदबाट नै धेरै फाइदा पो हुन्छ । खेलकुदले शारीरिक विकासमा मदत गर्छ साथै स्वस्थ रहन पनि मदत गर्छ । तिमीले यी कुरा पढेर पन कस्तो नबुुझेको ? 
जागृत : म त मोबाइल गेम खेल्छुु नि त । 
नवीन : (छक्क पर्दै ?) मोबाइल गेमलाई खेलकुुद भनिँदैन नि । त्यसले त अझ हाम्रो शरीरलाई हानि गर्छ । एकोहोरो बनाउँछ । खेलकुुद त शारीरिक व्यायाम हुने खालको पो हुनुपर्दछ त । 
जागृत : ए, यो खेलकुुदबाट के फाइदा हुन्छ नि त ?
नवीन : खेलकुदलाई व्यावसायिक बनाउन पनि सकिन्छ । राम्रो खेल्न सकने यसबाट नाम र दाम दुवै कमाउन सकिन्छ । तिमी सन्दीप लामिछाने, पारस खड्का, बिमल घर्ती मगर जस्ता खेलाडीका नाम त सुनेकै छौ होला । यी खेलाडीहरुले नाम र दाम दुवै कमाएका पनि छन् अनि आफ्नो जीविका पनि चलाएका छन् । 
जागृत : (आश्चर्य मान्दै) हो र ! म त त्यत्तिकै रमाइलो गर्न मात्रै खेल खेलिन्छ भन्ने ठान्थे ।
नवीन : त्यति मात्र हो र ! खेलकुदबाट आफ्नो देशको नाम र गौरवसमेत बढ्छ । विभिन्न अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा त सरकारले सहयोग पनि गर्छ । शारीरिक र बौद्धिक विकासका लागि खेलकुुद त हामीलाई अझैँ आवश्यक छ । 
जागृत : त्यसो भए म पनि आजैदेखि तिमीसँगै खेलकुुदमा सहभागी हुुन्छु । 
नवीन : हुन्छ नि त । यसबारेमा आजै म साथीहरुलाई भनेर तिमीलाई पनि हाम्रो टिममा समावेश गर्छु । 
जागृत : हुन्छ । (घण्टी लाग्छ)
नवीन : घण्टी लाग्यो । अहिले कक्षातिर जाऔँ । (दुवै कक्षातिर लाग्छन्)

 

भाषिक संरचना र वर्णविन्यास

 

१. दिइएको अनुच्छेदमा रातो रङ लगाएका समस्त शब्दको विग्रह गर्नुहोस् :

आजभोलि : आज र भोलि, घरबाहिर : घरदेखि बाहिर, साँझबिहान : साँझ र बिहान, दिनभरि : दिन भरि, दुगुना : दुई गुना, चौगुना : चार गुना, खाद्यसामग्री खाद्यको सामग्री, थोकव्यापारी : थोक व्यापारी, विद्यालय : विद्या आलय, देवालय : देव आलय, सानिमा : सानी आमा, ठुलीआमा : ठुली आमा, ठुल्दाइ : ठुलो दाइ, सान्दाइ : सानो दाइ, दोबाटो : दुई बाटोको समूह, चौबाटो : चार बाटोको समूह


२. दिइएका विग्रहबाट समस्त शब्द बनाउनुहोस् :
मनलाई मोहक : मनमोहक, भान्छाका लागि घर : भान्छाघर, नाफा वा नोक्सान : नाफानोक्सान, पाँचओटा अमृतको समूह : पञ्चामृत, पीत छ अम्बर जसको : पीताम्बर, महान् कवि : महाकवि, गहुँझैँ गोरो : गहुँगोरो, विद्या नै धन : विद्याधन, हरेक बखत : हरबखत, सम्भव भएसम्म : यथासम्भव


३. दिइएका शब्दलाई समस्त भए विग्रह र विग्रह भए समस्त शब्द बनाउनुहोस् :
आशातीत : आशा अतीत, खाद्य अन्न : खाद्यान्न, वनमा भोज : वनभोज, न रुनु न हाँस्नु : रुनुनहाँस्नु, गाईको जात्रा : गाईजात्रा, त्रिवेणी : तीन नदीको सङ्गम, लामपुच्छ्रे : लामो पुच्छर भएको, हरेक : हर एक


४. संवादको ‘पर्यावरणमा भएका..... धातु आदि’ संवादको अंशमा प्रयोग भएका पाँचओटा समस्त शब्द टिपोट गर्नुहोस् :

उत्तर : स्रोतसाधन (स्रोत र साधन), सर्वाेत्कृष्ट ( सर्व उत्कृष्ट), वनजङ्गल (वन र जङ्गल), जडीबुुटी (जडी र बुटी), नदीनाला (नदी र नाला)


५. दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्दको बनोटबारे छलफल गर्नुहोस् :

ससाना (सानास+साना), मिलीजुली (मिली+मिली), सँगसँगै ( सँग+सँग), सरसापट (सापट+सापट), ऐँचोपैंचो (पैंचो+पैंचो), आआफ्नो (आफ्नो+आफ्नो), छरछिमेक (छिमेक+छिमेक ), घर घर (घर+घर ), झझल्को (झल्को+झल्को)


६. द्वित्व प्रक्रियाबाट बनेका पाँचओटा शब्द पर्ने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् ।

उत्तर : हामीले हाम्रो आनीबानी राम्रो बनाउनुपर्छ । बेलाबेलामा सरसहयोग गर्ने, छरछिमेकमा राम्रो सम्बन्ध गाँस्ने, एकआपसमा ऐँचोपैँचो गरेर व्यवहार चलाउने बानी गर्नुपर्दछ । गाउँका ससाना कुराहरु गाउँमै मिलाउने र घरघरमा पर्यावरण सन्तुुलन कायम गर्ने खालका कार्यहरु गर्‍यौँ भने वातावरण प्रदूषण हुँदैन । 


७. दिइएको अनुच्छेद पढ्नुहोस् अनि ड, ञ, ण, न, म प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :

पञ्चकृष्ण, धुरन्धर, पण्डित, गङ्गास्नान, शङ्खघण्ट, पञ्चामृत, सञ्जय, शान्ति, सम्बन्ध, सन्ध्या, सन्तान ।


८. दिइएको अनुच्छेद शुद्ध गरी लेख्नुहोस् :

पञ्चनाथ सन्त थिए । समाजसेवा गर्ने उनको सङ्कल्प थियो । उनी कण्ठमा माला लगाउँथे । समाजमा उनको सबैसँग राम्रो सम्बन्ध थियो । 

Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)