भविष्य निर्माण कथा , कक्षा - ९, नेपाली

 


शब्दभण्डार

१. दिइएका शब्द र अर्थविच जोडा मिलाउनुहोस् :

शब्द                 अर्थ

(क) स्वप्न    -        सपना

(ख) अखबार -     समाचार पत्र

(ग) अलग्गै -        भिन्न

(घ) गम्भीर -       सघन घना

(ङ) व्यर्थ -         निरर्थक

(च) कलकाँटा - यान्त्रिक उपकरण

(छ) अबोध -     केही नबुझ्ने

(ज) कण्ठ -      घाँटी


२. दिइएका टुक्काको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : 

झसङ्ग हुनु :  एक्कासि कुनै कुराले त्रास दिनु

- पढिरहेको ठाउँमा एक्कासी आमा आएर जोडले बोलाउँदा म त झसङ्ग भएँ ।

रङ उड्नु : अध्याँरो मुख हुनु ।

-साथी दुर्घटनामा परेको खबर सुनेर मेराे त अनुहारको रङ उड्यो ।

खिन्न हुनु - दुखी हुनु

छोरो 'कुलतमा 'लागेकाले बुबाआमा खिन्न हुनुभएको छ ।

कण्ठ भरिनु - भाव विह्वल हुनु

 विदेश गएको छोराले घर फर्किन्न भनेपछि आमाकाे कण्ठ  भरिएर आयाे ।

गला रुद्ध हुनु - गला थुनिनु, बाेल्न नसक्नु

 आफ्नो बालक छोरो अकालमै मरेपछि आमाको गला अबरुद्ध भयो ।




३. पाँचओटा अनुकरणात्मक शब्दको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

उत्तर : मैले फटाफट आफ्नो गृहकार्य गरेँ । गृहकार्य सकेर खुरुखुरु खाना पकाएँ अनि भाईलाई दिएँ । भाइले खाना कपाकप खायो त्यसपछि मैले थालहरू पखालपुखुल पारेँ र थपक्क राखेँ ।

बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)