गोर्खे कथा कक्षा - १२, नेपाली

 


पाठ ९ . गोर्खे कथा

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : 

शब्द                अर्थ

प्रविधिज्ञ      :    विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति

भाइरस      :    कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम, 

                    रोग सार्ने जीवाणु

नामोनिसान   :   नाम र त्यसलाई जनाउने लक्षण वा चिह्न

सङ्क्रमण     :   एक वस्तुबाट अर्को वस्तुमा फिंजिनु

अत्यधिक      :     एकदमै धेरै

सान्त्वना       :     आश्वासन

महाविकराल  :    अत्यन्त डरलाग्दो

दाह्रा            :    मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत

भावभङ्गी     :      मनका भाव ब्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा

परीक्षण        :    रोग लागेको छ कि छैन भनी जाँच गर्ने काम

विलक्षण       :    सामान्यभन्दा भिन्न खालको अचम्मको


२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) मन बहलाउन वा समय काट्नका निम्ति कुनै पनि मनोरञ्जक काम कुरा वा खेलमा तल्लीन भएको          क्रिडामग्न

(ख) कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अंगालिने खास विधि वा प्रक्रिया

परीक्षण,                   चेकजाँच

(ग) कम्प्युटरमा कृत्रिम फोल्डर बनाउने र सक्कली फोल्डरलाई लुकाइदिने भाइरस

                            ब्रोन्टक भाइरस

(घ) कम्प्युटर खुल्नेबित्तिकै याममा गएर बस्ने र विन्डोज खुल्न थालेपछि पछाडि फर्काइदिने भाइरस

                         बुट सेक्टर भाइरस

(ङ) मेमोरीमा रहेका एक्सटेन्सन फाइललाई बिगार्ने भाइरस मेमोरी भाइरस

                      मेमाेरी भाइरस

३. दिइएका टुक्काको अर्थ पहिल्याउनुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :

इन्तु न चिन्तु हुनु : पीडाले रन्थनिनु 

रामको मृत्युले उसको प्रेमिका इन्तु त चिन्तु भइन ।

दाँत गाड्नु : अति लोभ गर्नु

घनश्यामले अर्काको सम्पत्तिमा दाँत गाड्नु बाहेक अरू केही जानेको छैन ।

टाप कस्नु : भाग्नु

प्रहरीलाई देख्नासाथ चोरले टाप कस्यो ।

डङरङ्ङ लड्नु : ठुलो आवाजसहित पछारिनु 

घरमुनिको लप्सीको बुढो रूख आज दोबाटोमा डङरङ्ङ  लड्यो

टाउको खानु : दिक्क बनाउनु

मेरो भाइले आजभोलि कम्प्युटर किनिदिनुहोस् भनेर मेरो टाउको खानै लाग्यो ।

सुइँकुच्चा ठोक्नु : भाग्नु

कुकुर देख्ने बित्तिकै स्यालले सुइँकुच्चा ठोकेछ ।

बाटो हेर्नु : प्रतीक्षा गर्नु

चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ।

काँध हाल्नु : समर्थन गर्नु

खराब व्यक्तिहरुलाई काँध हाल्नु आफ्नै खुट्टामा बन्चरो हान्नु समान हो ।

तातो लाग्नु : उत्सुकता जाग्नु

हाम्रो सरकार कोरोनाको बहाड आएपछि मात्र तातो लाग्छ ।


४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै दशा लागि आर्थिक रूपमा टाट पल्टेका मानिसलाई सामान्य अवस्थाका मानिसले पनि हेप्ने गर्दछन् । कोरोनाका कारण यस्ता व्यक्तिको जीवनमा झन् दुःख कस्ट निम्तिएको छ । इन्टरनेट नभएकाहरूलाई अनलाइन कक्षा आकाशको फल, आँखा तरी मर भनेझैँ भैराखेको छ । नेपाली समाजमा आलु खाएर पेडाको धाक लगाउने ठालुहरू प्रशस्तै पाइन्छन् । अकबरी सुनलाई के लगाउनु र कसी भनेझै गरिबका छोराछोरी पनि अकबरी सुन झै हुन्छन् । बाल्यकाल देखि नै दुःख कस्ट सहेर हुर्कने उनीहरुले पछि गएर सफल जीवन जिउन सक्छन् ।


बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)