पाठ ४ योगमाया कक्षा ११
अभ्यास खण्ड
शब्दभण्डार
१. दिइएका शब्द र अर्थ बिच जोडा मिलाउनुहोस् :
क) जलसमाधि-पानीमा डुबेर गरिने प्राणत्याग
ख) बडाहाकिम -राना शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशाशक
ग) आर्य समाज -अनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय
घ) वैधव्य - विधवा हुनाको भाव
ङ) हठयोग -पतञ्जलिद्वारा प्रतिपदित योग ( यम, नियम आदि) द्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि
च) प्रताडना - पीडा
छ) विचारी - मुद्दामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
ज) पञ्चाग्नि - वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या
२. पाठपढी गाडा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस् :
क) सन्यासी
ख) परम्परागत
ग) शास्त्रार्थ
घ) अग्निसमाधी
३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :
स्वसिकाइ
योगमायाले स्वसिकाइ बाट नै आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन् ।
विद्रोह
योगमायाले अध्यात्म, मनावता र सामाजिक परिवर्टनका लागि विद्रोह गरिन् ।
सञ्जाल
योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो ।
धाराप्रवाह
योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन् ।
योगसाधना
योगमाया योगसाधना गर्ने महिला हुन् ।
निराहार
योगमायाले योगसाधना गर्दा निराहार विधिलाई समेत अपनाएकी थिइन् ।
वर्णाश्रम
योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन् ।
स्वेच्छिक
अग्निसमाधि लिन योगमायाका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए ।
यज्ञस्थल
यज्ञस्थललाई पवित्र स्थान मानिन्छ ।
स्मृति
आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन ।
४. दिइएका शब्दहरु प्रयोग गरि एउटा अनुच्छेद लेख्नुहोस् ।
सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीलाई सारोगारो हुँदा घरमा सासुससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरु मित्र साथी जस्तो व्यवहार हुन्छ । सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्। भदा भदैले पनि कहिलेकाही माइतीको तिर्सना मेट्छन् ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.